हेडलाईन

लकडाउन कसरी खोल्ने र खुला भएपछि कोरोनाबाट कसरी बच्ने ?         लकडाउन खोल्ने ६ चरणको योजना, जेठ २५ बाट खुकुलो हुने         अर्थमन्त्रीज्यू, जनतालाई घरभित्रै थुनेर मन्त्रीलाई तलब खुवाउन कर तिर भन्न सुहाउँछ ?         सरकारले जेठ २५ गतेभित्र कर तिर्न गर्‍यो ताकेता         भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास         बिदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने कार्ययोजना पारित (पूर्णपाठ)         इजरायली प्रधानमन्त्री नेतन्याहुको कार्यालयमा कोरोना         कसले मार्‍याे राजा वीरेन्द्रलाई ?         कृषि र स्वास्थ्य क्षेत्रमा इजरायली प्रविधि नेपाल भित्र्याइने         कोरोना बीमा के हो ? कसरी गर्ने ? कस्तो अवस्थामा बीमा सुविधा पाइदैन ?         अमेरिकाका ४० शहरमा ‘कर्फ्यू’, राष्ट्रपति ट्रम्पलाई सुरक्षित बंकरमा लगियो         ८२ जना तामाङ पत्रकारको ‘कोरोना बिमा’         सबैले नाम फेरौं, बाबुराम भट्टराई कामी लेख्दिउँ         आत्मबलले हराऔं भाइरसलाई         कोरोनाबाट १ सय २१ गैरआवासीय नेपालीको मृत्यु        

तामाङ जातीको साँस्कृतिक बाजा डम्फुको यस्तो रहेछ : कथा

तामाङ समुदायमा डम्फुको आविस्कारको बारे धेरै भनाई र कथाहरु छन् | यो तम्बाको(इतिहासविदको) एक किसिमको गहना जस्तै हो | तम्बाले(इतिहासबिदले) डम्फुको साथमा हाम्रो इतिहासको र रीतिको/विधिविधानको गीत गाउँछन् | तम्बाकोअनुसार कुनै समय पेंग दोर्जे नामको एक व्यक्ति जो सिकारी थिए उ जंगल गएर जनवारहरु मार्ने गर्थ्यो | सधै  झै उ एक राम्रो दिन पारेर दिन सिकारको लागि गए र मृग मारे |

मृगको लाश देखे पश्चात उनको पत्नी धेरै दूखी भईन किनकि मृग अति सुन्दर थिई | त्यस दिनदेखि उनी रोएको रोएई  गरी | पेंग दोर्जे आफ्नो पत्नीको उदासीमा धेरै चिन्तित थिए |उसले उनलाई धेरै खुशी बनाउन खोजे | उसले उनको मुहारमा खुशी ल्याउनको लागि धेरै चालहरु रचे तर उसले तेसो गर्न सकेन | उनको उदासीको कुनै सिमानै थिएन |

पेंग दोर्जे सदैव आफ्नो पत्नी खुशी भएको देख्न चाहन्थे | जहाँ इच्छा त्यहाँ उपाय भनेझै उ एक दिन जंगलमा गएर ४ फीट लामो अम्बु सिङ्(डम्फु बनाउदा प्रयोग गर्ने एक किसिमको बिशेष काठ) भन्ने काठ लिएर आए | त्यसपछि उसले त्यो काठलाई ४ इन्चको चौडा भएको गोलो चक्र बनाए | उसले बाँसको ३२ वटा स-साना लठ्ठी पनि बनाए |

त्यसपछि उसले ३२ वटा स-साना बाँसको लठ्ठीको मद्दतले गोलो चक्रको एकातर्फ मृगको सुकेको छाला टांगे | गोलो चक्रले सुमधुर आवाज सृष्टि गरे – “तक-धिन”  उसले त्यस भर्खरै आविष्कार गरेको साधनको तालसंग आफ्नो पुर्खाहरु र देवताहरूक सम्झेर गाउनथाले।

सुन्दरताका साथ सृष्टि गरिएको माधुर्य लय सुनेपछि सबै प्राणीहरू नाच्न थाले र आफ्नो पत्नी पनि नाच्न थाले | त्यसै बीच डाँफे नाम गरेको चरा पनि नाच्दै थिए | त्यसैले पेंग दोर्जेले उक्त चक्रलाई डम्फू भनेर नामकरण गरे |

त्यसपछि डम्फू तामाङ जातिहरुको संस्कृति र जीवन शैलीको एक अभिन्न अंग बने | तामाङ जातिहरु विभिन्न विवाह समारोह, अन्त्येष्टि समारोह, विशेष अवसरहरूमा, संस्कार र चाडहरूमा डम्फू प्रयोग गर्छन |

तामाङ जातिहरु डम्फूको साथमा आफ्नो सुख-दु:ख  ब्यक्त गर्छन् |  पुर्खाहरु सम्झेर गीतको माध्यमबाट आफ्नो इतिहास सुनाउछन् | डम्फू बुद्ध र बोधिसव्त्वको प्रतीक पनि हो |३२ वटा लठ्ठीले बुद्धको ३२ वटा प्रतिक झलकॉउछ |

साभार – जनजातीडटनेट






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

नेपाल तामाङ घेदुङले संस्कृत भाषाको पठनपाठन सम्बन्धि प्रेस बिग्यति जारी

याम्बु - नेपाल तामाङ घेदुङ संघीय सचिवालयले सामुदायिक बिधालयहरुमा संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका... बाँकी यता

tamang online / May 10, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2020: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution