हेडलाईन

लकडाउन कसरी खोल्ने र खुला भएपछि कोरोनाबाट कसरी बच्ने ?         लकडाउन खोल्ने ६ चरणको योजना, जेठ २५ बाट खुकुलो हुने         अर्थमन्त्रीज्यू, जनतालाई घरभित्रै थुनेर मन्त्रीलाई तलब खुवाउन कर तिर भन्न सुहाउँछ ?         सरकारले जेठ २५ गतेभित्र कर तिर्न गर्‍यो ताकेता         भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास         बिदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने कार्ययोजना पारित (पूर्णपाठ)         इजरायली प्रधानमन्त्री नेतन्याहुको कार्यालयमा कोरोना         कसले मार्‍याे राजा वीरेन्द्रलाई ?         कृषि र स्वास्थ्य क्षेत्रमा इजरायली प्रविधि नेपाल भित्र्याइने         कोरोना बीमा के हो ? कसरी गर्ने ? कस्तो अवस्थामा बीमा सुविधा पाइदैन ?         अमेरिकाका ४० शहरमा ‘कर्फ्यू’, राष्ट्रपति ट्रम्पलाई सुरक्षित बंकरमा लगियो         ८२ जना तामाङ पत्रकारको ‘कोरोना बिमा’         सबैले नाम फेरौं, बाबुराम भट्टराई कामी लेख्दिउँ         आत्मबलले हराऔं भाइरसलाई         कोरोनाबाट १ सय २१ गैरआवासीय नेपालीको मृत्यु        

लकडाउनको सदुपयोग यसरी गर्न सकिन्छ – एनी तामाङ

 – एनी तामाङ

हरेक रातपछि बिहानी आउँछ । हरेक समस्यामा समाधान लुकेको हुन्छ । आशा गरौं अहिले विश्व महामारीको रुपमा रहेको कोरोना भाइरसको अन्त्य पनि चाँडै हुनेछ ।

सरकारले घोषणा गरेको लकडाउनको पालना गरौं । अहिलेको लागि शारीरिक रुपमा सामाजिक दुरी कायम राख्नु नै कोरोनाको संक्रमण फैलिनबाट रोक्ने उपाय ठहरिएको छ । तर यो लकडाउनको समय पट्यार लाग्दो छ । तनावपूर्ण छ । के गरेर समय बिताउने ?

हामी मध्ये धेरैको लागि यो समस्या साझा हो । त्यसको मुख्य कारण भनेको हामीले समयलाई ब्यवस्थापन गर्न नसक्नु हो । यदि सामान्य रुपमा दिनभरी गरिने क्रियाकलापको तालिका बनाई त्यस अनुसार चल्ने हो भने तपाईंको हरेक दिन उत्पादनमुलक बन्नेछ । यो मेरो अनुभव हो । तर यसरी आफ्नै तालिकामा चल्न तपाईं दृण रहन सक्नु पर्छ ।

यदि त्यसो गर्न सक्नुहुन्न भने पनि प्रत्येक दिन एउटा यस्तो काम गर्नुस् ,जसले तपाईंलाई आनन्दित र उत्पादनमुलक बनाउँछ । त्यसका लागि यहाँ म तपाईंसंग केही टिप्स शेयर गर्न चाहन्छु । आशा छ, तपाईंको लागि कुनै न कुनै त पक्कै पनि उपयोगी हुनेछ ।

बगैंचाको काम 

तपाईंलाई बगैंचाको काम गर्न सामान्य लाग्न सक्छ । तर आज तपाईंले रोपेको घिउकुमारी, तुलसी, पिपल तथा निमका बिरुवाले भोलिको दिन प्रशस्त अक्सिजन उत्पादन गरी वातावरण जोगाउन मद्दत पु¥याउनेछ । त्यस्तै मौसमी तरकारी लगाई आफ्नै उत्पादन उपभोग गर्नुको आनन्द अतुलनिय छ । यसबाट बिषादियुक्त तरकारीबाट मुक्ति पाउनको साथै बजारमा तरकारी किन्दा हुने खर्च बचाउन सकिन्छ ।

यदि करेसाबारीको लागि जमिन उपलब्ध नभए , छतलाई करेसाबारी बनाउन सकिन्छ । गमलामा धनिया, पुदिना, लसुन, प्याज, मेथी आदि उत्पादन गरी करेसाबारीको बिकल्प रोज्न सकिन्छ ।

योगा/व्यायाम

योगा तथा व्यायामले हाम्रो शरीरमा लचकता, गतिशीलता बढाउनुका साथै रोग प्रतिरोधक क्षमताको विकाश गर्दछ । हरेकले अपनाउनै पर्ने यो क्रियाकलाप हालको अवस्थामा एकदमै महत्वपूर्ण छ । त्यसैले तपाईंले हरेक दिन कम्तिमा १५ मिनेटखि २० मिनेटको समय योगा÷व्यायामको लागि छुट्यानुहोस् । आज सिकेको योगाले तपाईंलाई स्वस्थ राख्नुको अलवा यसको संसारमा बढ्दो लोकप्रियताको कारण भोलि तपाईंको पार्ट टाइम वा फुल टाइम पेशा नहोला भन्न सकिन्न ।

योगाको साथमा प्राणायम तथा ध्यान गर्न सकिन्छ । यसो गरे हामीलाई तनावबाट मुक्ति मिल्नुको साथै भावनात्मक तथा आध्यात्मिक स्वास्थ्यलाई बढावा मिल्छ । त्यति मात्र होइन, यसबाट हाम्रो आत्म जागरुकता बढ्छ र अर्को महत्वपूर्ण फाइदा भनेको स्मरण शक्ति र ध्यान दिने अवधि बढाउँछ ।

फिल्म हेर्नु

धेरैलाई यो उपाय अनावश्यक लाग्न सक्छ । तर फिल्म हेरेर समय काट्ने मात्र होइन, यसबाट धेरै उत्पादनशील काम लिन सकिन्छ । जस्तै, प्रेरणा (मोटिभेसन), इतिहास अध्ययनदेखि लिएर ब्यापारीक कला इत्यादि सिक्न सकिन्छ । त्यसका लागि त्यही वर्गका फिल्न चयन गर्न जरुरी छ ।
यहाँ मलाई मन परेका केही फिल्महरु तपाईंहरु सामु राख्न चाहेकीछु :

अंग्रेजी- (Pursuit of Happyness, Carve Your Destiny, Steve Jobs (Biography)

हिन्दी : Rocket Singh: Salesman of the Year, Guru, Majhi

नेपाली : बलिदान, झोला, कालो पोथी

धेरैले एकै दिनमा एक भन्दा बढी फिल्म हेरेर दिक्क भएको कुरा पनि बुझेकीछु । त्यसमा म पनि एक हुँ । त्यसैले तपाईंहरुलाई एक दिनमा एउटा मात्र फिल्म हेर्ने सल्लाह दिन उचित ठान्दछु ।

पुस्तक पढ्नु 

हाम्रो शरीरको अन्य मांपेशीलाई व्यायामको आवश्यकता परे झैं मस्तिष्कलाई स्वस्थ र बलियो बनाउन व्यायाम आवश्यक छ । त्यसको लागि पुस्तक पढ्नु सही निर्णय हो । बिभिन्न कथा, उपन्यास, जीवनी सम्बधित पुस्तकहरुले हामीलाई आनन्दित तुल्याउनुको साथै कल्पनशील र सिर्जनशील बनाउँदछ । त्यस्तै पुस्तक पढ्नाले स्मरण शक्ति बढाउने, नयाँ शब्दसंग परिचित गराउने आदि फाइदाहरु त छँदैछन् । त्यस मध्येको एक महत्वपूर्ण फाइदा यो पनि राख्न चाहेकीछु र्ः सोसियल साइन्स एण्ड मेडिसिन’ नामक जर्नलमा प्रकाशित भएको सन् २०१६ को एक अध्ययनले पुस्तक पढ्ने ब्यक्ति अन्य ब्यक्तिको तुलनामा लामो समयसम्म बाँचेको उल्लेख गरेकोछ ।

यस आधारमा पुस्तक पढ्नु अति आवश्यक देखिन्छ । यहाँ मलाई मन परेका केही अँग्रेजी पुस्तकहरु शेयर गर्न चाहे ः पाउलो कोएल्होको The Alchemist, जोसेफ मर्फीको The Power of Subconscious Mind, रोबर्ट कियोसाकीको Rich Dad Poor Dad, नेपोलियन हिलको Think and Grow Rich,  नोर्मेन भिन्सेन्ट पिलको The Power of Positive Thinking .

नयाँ भाषा सिक्नु 

नयाँ भाषा सिकेर पनि अहिलेको समय उचित रुपले सदुपयोग गर्न सकिन्छ । विज्ञान र प्रविधिको विकासले संसार एक गाउँको रुपमा मान्न थालिएकोछ । भविश्यमा तपाईंको गन्तब्य कुनै देश सोंच्नु भएकोछ भने घरबाटै निशुल्क त्यहाँको भाषा सिक्न सक्नुहुन्छ । यदि तपाईंको गन्तब्य विदेशी मुलुक नभए पनि आफुलाई मन पर्ने भाषा सिकेर रम्न सक्नुहुन्छ र भविश्यमा यो सिकाई काम आउन सक्ने कुरालाई नकार्न सकिन्न ।

विभिन्न भाषा सिक्नका लागि तपाईंले यी एप्स प्रयोग गर्न सक्नुहुन्छ : Duolingo, MEM RISE, Babble, Busuu, Hello Talk .

रुची पूरा गर्नु 

यो बढो आनन्दको शीर्षक लाग्छ म आफैलाई । आफ्नो रुची पूरा गरेर समयको सदुपयोग गर्नु त दुबै हातमा लड्डु हुनु हो । तपाईंको रुची संगीत, नृत्य, कुकिङ, पेन्टिङ, फोटोग्राफी, फोटो/भिडियो एडिटिङ, फेशन, डिजाइन, लेखन अथवा गार्डेनिङ केही पनि छ भने युट्युब तथा अनलाइन कोर्ष माध्यमको प्रयोग गरी निशुल्क सिक्न सक्नु हुनेछ । माथि चर्चा गरीएको योगा तथा ध्यान पनि यसै माध्यमबाट सिक्न सकिन्छ । आफ्नै रुचीको सिकाइले थाहै नपाई तपाईंको सीप विकास गर्दछ । के थाहा, यहीं सिकाईंलाई भविश्यमा तपाईंले ब्यवसायिक पो बनाउन सक्नु हुन्छ की ?

यहाँ मैले जानेका केही अनलाइन कोर्षका प्लेटफार्महरु राख्न चाहे : Coursera, Udemy, Skillshare, Alison ।

माथि चर्चा गरीएका सबै उपायहरु अपनाइ रहनुभएकोछ भने, तपाईं स्मार्ट भएको मान्दछु । यदि अपनाउनु भएको छैन भने , आजैबाट यी उपायहरुको माध्यमले यो लकडाउन समयको सही सदुपयोग गरौं र उत्पादनमुलक बनौं । त्यसका साथै यी उपायहरु हाम्रो भविश्यमा पनि काम लाग्न सक्छन् । यदि अहिले नै बानी बसायौं भने अनुशाषित जीवन ब्यतित हुने कुरामा दुइ मत छैन ।






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

नेपाल तामाङ घेदुङले संस्कृत भाषाको पठनपाठन सम्बन्धि प्रेस बिग्यति जारी

याम्बु - नेपाल तामाङ घेदुङ संघीय सचिवालयले सामुदायिक बिधालयहरुमा संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका... बाँकी यता

tamang online / May 10, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2020: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution