हेडलाईन

लकडाउन कसरी खोल्ने र खुला भएपछि कोरोनाबाट कसरी बच्ने ?         लकडाउन खोल्ने ६ चरणको योजना, जेठ २५ बाट खुकुलो हुने         अर्थमन्त्रीज्यू, जनतालाई घरभित्रै थुनेर मन्त्रीलाई तलब खुवाउन कर तिर भन्न सुहाउँछ ?         सरकारले जेठ २५ गतेभित्र कर तिर्न गर्‍यो ताकेता         भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास         बिदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने कार्ययोजना पारित (पूर्णपाठ)         इजरायली प्रधानमन्त्री नेतन्याहुको कार्यालयमा कोरोना         कसले मार्‍याे राजा वीरेन्द्रलाई ?         कृषि र स्वास्थ्य क्षेत्रमा इजरायली प्रविधि नेपाल भित्र्याइने         कोरोना बीमा के हो ? कसरी गर्ने ? कस्तो अवस्थामा बीमा सुविधा पाइदैन ?         अमेरिकाका ४० शहरमा ‘कर्फ्यू’, राष्ट्रपति ट्रम्पलाई सुरक्षित बंकरमा लगियो         ८२ जना तामाङ पत्रकारको ‘कोरोना बिमा’         सबैले नाम फेरौं, बाबुराम भट्टराई कामी लेख्दिउँ         आत्मबलले हराऔं भाइरसलाई         कोरोनाबाट १ सय २१ गैरआवासीय नेपालीको मृत्यु        

अन्तर्राष्ट्रिय तामाङ परिषद क्षेत्रीय समितिको कोरोना विरुद्ध उद्दारमा साझा प्रयास र कुटनीतिक पहल गर्न माग

याम्बु । अन्तर्राष्ट्रिय तामाङ परिषद् खाडी तथा गल्फ क्षेत्रीय समन्वय समितिले विदेशमा रहेको नेपालीहरुलाई उद्धारको लागि कुटनीतकि पहल गर्न माग गरेको छ ।

अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा तामाङको विशेष सहभागीतामा आज बिहिवार बिहान क्षेत्रिय अध्यक्ष सोनाम दोङ तामाङको अध्यक्षतामा बसेको अनलाइन भर्च्युल बैठकले उक्त माग गरेको हो ।

बैठकमा कोरोना भाइरसको विरुद्ध कसरी काम गर्ने विषयमा समेत छलफल गरिएको छ ।

बैठकले नेपाली युवाहरुको ठूलो संख्या रोजगारीको सिलसिलामा खाडी तथा गल्फ क्षेत्रमा रहेको र आउने दिनमा ती देशहरुमा कोरोन महामारी अझै बढ्दै गएमा स् अहिले देखि नै नेपाल सरकारले समय मै उद्दार, स्वास्थ्य सुरक्षा र उचित ब्यवस्थापनको निम्ति कुटनीतिक पहल र प्राबिधिक तयारी थाल्नको निम्ति परिषद्ले माग गरेको छ ।

बैठकपछि परिषद्ले एक प्रेस विज्ञप्ति जारी गरी गर्दै परिषद्ले खाडी मुलुकका विभिन्न देशस्थित नेपाली कुटनीतिक नियोगहरुको पहलमा गैर आवसीय नेपाली संघ लगायत राजनीतिक र सामुदायिक संघसंस्थाहरु सम्मिलित साझा संयन्त्रहरु निर्माण गर्न माग गरेको छ ।

‘महामारी बिरुद्धको साझा पहलमा हाम्रा सदस्य संस्थाहरुले समेत सक्रिय भूमिका निर्बाह गर्दै आएको उल्लेख गर्दै जुन देशमा त्यसखालको संयन्त्रहरु बनेका छैनन् ती देशहरुमा तत्काल सबै संघरसंस्थाहरु सम्मिलित साझा संयन्त्र निर्माण गरी बृहत्तर र एकीकृत सहकार्यको वातावरण निर्माण गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गरिएकोछ ।’ सचिव सुरन्द्र थिङ तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

प्रेस बक्तब्यको पुर्ण अंश

विश्वब्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोगको महामारीले यतिबेला विभिन्न देशका लाखौ नागरिकहरुलाई संक्रमित गर्दै छोटो समयमा हजारौको ज्यान लिइसकेको छ । यस्तो भयावह स्थितिमा विशेषगरी बैदेशिक रोजगारीको सिलसिलामा खाडी तथा मध्यपूर्वी देशहरुमा रहेका नेपाली युवाहरुको सम्भावित जटिल अवस्थाप्रति हामी चिन्तित भएका छौं ।

यस सम्बन्धमा खाडी तथा मध्यपूर्वका विभिन्न देशस्थित नेपाली कुटनीतिक नियोगहरुको पहलमा गैर आवासीय नेपाली संघ लगायत राजनीतिक र सामुदायिक संघ÷संस्थाहरु सम्मिलित साझा संयन्त्रहरु निर्माण गरि यो महामारी बिरुद्धको साझा पहलमा हाम्रा सदस्य संस्थाहरुले समेत सक्रिय भूमिका निर्बाह गर्दै आएको छ । जुन देशमा त्यसखालको संयन्त्रहरु बनेका छैनन् ती देशहरुमा तत्काल सबै संघ÷संस्थाहरु सम्मिलित साझा संयन्त्र निर्माण गरी बृहत्तर र एकीकृत सहकार्यको वातावरण निर्माण गर्न सम्बन्धित निकायको हामी गम्भीर ध्यानाकर्षण गराउँदछौं ।

नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन महत्वपूर्ण टेवा पु¥याउने नेपाली युवाहरुको ठूलो संख्या रोजगारीको सिलसिलामा खाडी क्षेत्रमा नै रहेको र आउने दिनमा ती देशहरुमा कोरोना महामारी झनै बढ्दै जाने स्थिति देखा पर्दै गएकोले नेपाल सरकारले ती युवाहरुको समयमा उद्दार, स्वास्थ्य सुरक्षा र उचित ब्यवस्थापनको निम्ति कुटनीतिक पहल र प्राविधिक तयारी थाल्नको निम्ति पनि हामी विशेष आग्रह गर्दछौं ।

साथै यो विश्वब्यापी महामारीले निम्त्याएको आपतकालीन अवस्थामा आवश्यक सहयोग तथा सहकार्यको निम्ति तामाङ समुदायको तर्फबाट अन्तर्रािष्ट्रय तामाङ परिषद ९क्ष्त्ऋ० को खाडी तथा मध्यपूर्वी क्षेत्र स्थिति निम्न सदस्य संस्थाहरुसँग सम्पर्क र समन्वय गर्नहुन समेत अनुरोध गर्दछौं ।

सम्पर्कको लागिः

१. जितेन्द्र गोले तामाङ, का.वा. अध्यक्ष, तामाङ समाज युएइ ००९७१५६४०९२७२१
२. धिरेन तामाङ, अध्यक्ष, नेपाल प्रवासी तामाङ समाज कतार ००९७४६६०६५१००
३. सुरेश ग्याबा, अध्यक्ष, नेपाल तामाङ घेदुङ कुवेत ००९६५६६२३८०७७
४. दिल बहादुर थिङ, अध्यक्ष, नेपाल तामाङ घेदुङ साउदी अरेयिबा ०९६६५८३०८०४१९
५. प्रेम बम्जन तामाङ, अध्यक्ष, नेपाल तामाङ समाज ओमान, ०९६८९६४०६३०७
६. प्रेम स्याङतान, अध्यक्ष, नेपाल तामाङ घेदुङ बहराइन ००९७३६६९०५५१६
७. च्याङबा दोङ, अध्यक्ष, नेपाल तामाङ घेदुङ कुर्दिस्तान ईराक, ००९६४७८२९६३५७६१
८. सोनम दोङ , संयोजक आइटीसी खाडी तथा मध्यपूर्व समिति, ००९७३३६१३८२२९

……………………………….
सुरेन्द्र थिङ तामाङ
सचिव
अन्तर्राष्ट्रिय तामाङ परिषद्
खाडी तथा मध्यपूर्वी क्षेत्रीय समन्वय समिति ।






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

नेपाल तामाङ घेदुङले संस्कृत भाषाको पठनपाठन सम्बन्धि प्रेस बिग्यति जारी

याम्बु - नेपाल तामाङ घेदुङ संघीय सचिवालयले सामुदायिक बिधालयहरुमा संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका... बाँकी यता

tamang online / May 10, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2020: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution