हेडलाईन

लकडाउन कसरी खोल्ने र खुला भएपछि कोरोनाबाट कसरी बच्ने ?         लकडाउन खोल्ने ६ चरणको योजना, जेठ २५ बाट खुकुलो हुने         अर्थमन्त्रीज्यू, जनतालाई घरभित्रै थुनेर मन्त्रीलाई तलब खुवाउन कर तिर भन्न सुहाउँछ ?         सरकारले जेठ २५ गतेभित्र कर तिर्न गर्‍यो ताकेता         भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास         बिदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने कार्ययोजना पारित (पूर्णपाठ)         इजरायली प्रधानमन्त्री नेतन्याहुको कार्यालयमा कोरोना         कसले मार्‍याे राजा वीरेन्द्रलाई ?         कृषि र स्वास्थ्य क्षेत्रमा इजरायली प्रविधि नेपाल भित्र्याइने         कोरोना बीमा के हो ? कसरी गर्ने ? कस्तो अवस्थामा बीमा सुविधा पाइदैन ?         अमेरिकाका ४० शहरमा ‘कर्फ्यू’, राष्ट्रपति ट्रम्पलाई सुरक्षित बंकरमा लगियो         ८२ जना तामाङ पत्रकारको ‘कोरोना बिमा’         सबैले नाम फेरौं, बाबुराम भट्टराई कामी लेख्दिउँ         आत्मबलले हराऔं भाइरसलाई         कोरोनाबाट १ सय २१ गैरआवासीय नेपालीको मृत्यु        

कोरोना, प्रकृति र पुँजिवाद : मोहन गोले

चैत्र २२- यतिबेला कोरोना भाइरसदेखि बिश्व मानव समुदाय डर र त्रासको बीचमा घरघरमा लुकिरहेको छ । हामी सबैलाई लागेको छ, कति दिन हामी घरभित्र लुकेर बस्नु पर्ने हो ? यसको अन्त्य कहिले होला ? कसैले भन्छन्, यो भाइरस अप्रिल महिनासम्म सक्रिय रहनेछ । त्यसपछि यो बिस्तारै कम हुँदै जान्छ । कोरोना भाइरस ३० डिग्रीभन्दा बढी गर्मीमा बाँच्न नसक्ने चिकत्सकीय तथ्यको कोणबाट यसखालको अनुमान हामी गरिरहेका छौ । तर मलाई यो त्यति सजिलै हराइहाल्छ भन्ने लाग्दैन । संसारमा कुनैपनि जीव अस्तित्वमा आउनुको पछाडि एउटा कारण हुन्छ । अकारण कुनै चिजको उत्पति र मृत्यु पनि हुँदैन ।

उत्पति र मृत्यु संसारको इको सिस्टमलाई निरन्तरता दिनको लागि भएका हुन्छन् । प्रकृतिको एउटा सिस्टमले जन्माउँछ र सिस्टमबाट नै यसको अन्त्य पनि हुन्छ । जुन प्रक्रिया चल्न सकेन भने संसार रोकिन्छ । उत्पति र मृत्यु दुःख र सुखको क्षण हो । तर यहाँनेर बुझ्नुपर्ने कुरा के हो भने सबै मृत्युले सबै र सधैंलाई दुःखी मात्र बनाउँदैन, खुशी पनि बनाउँछ । त्यस्तै सबै उत्पतिले सबै र सधैंलाई सुखी मात्र बनाउँदैन, दुःखी पनि बनाउँछ । जसरी हामीलाई आज कोरोनाको उत्पतिले दुःखी बनाइरहेको छ । यो हामीलाई दुःखी बनाउने प्राणी उत्पति गराउने कारक हामी मान्छे नै हौ । आज मान्छे भन्ने प्राणीको कारण पृथ्वीका दशौं लाख प्राणीको अस्तित्व संकटमा छ । कति त कहिल्यै यो दुनियाँमा नफर्किने गरी हराइसके । कति हराउँदै छन् । हराउन बाँकी भएका पनि ढिलोचाँडो हराउने निश्चित छ । जब कि मान्छे भन्ने प्राणीलाई शारीरिक रुपमा सबैभन्दा कमजोर प्राणी मानिन्छ । बाघले मान्छेको मासु खान सिक्यो भने त्यसले सधैं मान्छेको नै शिकार गर्छ किनकि मान्छेलाई मार्न सजिलो हुन्छ । जस्तो अरु जनावरसँग कोहीसँग तिखो सिङ हुन्छ, कोहीसँग नङ्ग्रा, कोहीसँग तिखो दाँत जसले शिकार गर्न उसलाई सहज हुँदैन । तर मान्छेसँग कुनै कुरा हुँदैन । तर मान्छेसँग अरु कुनै जीवसँग नभएको एउटा चिज हुन्छ, त्यो हो चेतना ।

आज यही चेतनाको कारण मान्छे संसारको प्राणीहरुमध्ये सर्वश्रेष्ठ प्राणी बन्यो । केही शताब्दीदेखि यही मान्छेको चेतना संसारको जीवजन्तु र प्रकृतिलाई भयंकर चुनौती बनिरहेको छ । प्रकृतिले जतिसम्म सक्यो, त्यति त थेग्यो तर अब थेग्न नसक्ने भएपछि कोरोना जस्तो भाइरसहरु उत्पन्न भइरहेको छ । मान्छेले प्रकृतिमाथि बिजय प्राप्त गर्यो  भनेर रमाउने केही मुर्ख विद्वान मान्छेहरु पनि छन् । तर बुझ्नुपर्छ प्रकृतिमाथि मान्छेले कहिल्यै बिजय प्राप्त गर्न सक्दैन । स्काभेटरले एउटा डाँडो खनेर सम्याउनु जित्नु होइन । मान्छेलाई कति सम्म गर्नु दिने भन्ने प्रकृतिको एउटा निश्चित सीमा हुन्छ । जब सीमा नाघेर मान्छेले गतिविधि गर्न थाल्छ । त्यसलाई रोक्न, सन्तुलनमा राख्नको लागि यस्ता भाइरसहरुको उत्पति हुन्छन् । जैविक पर्यावरणमाथि मानिसको अत्यधिक दोहन र अप्राकृतिक प्रयोगबाट यसको जन्म हुन्छ । हामीले प्रकृतिको संरक्षण गरेको भए यसबाट वातावरण उपयुक्त हुँदा अझ राम्रो कुरा जन्मिन्थ्यो होला तर नराम्रो ग¥यौ । नराम्रो कामबाट नराम्रै चिजको जन्म हुन्छ । यो नियम हो । यहि सन्दर्भमा मैले लकडाउनको अवधिमा केही स्टाटसहरु लेखेको थिए । कतिले बुझ्नु भयो, कतिले बुझ्नु भएन होला । तर मेरो बुझाईमा अब प्रकृतिमाथि मानवीय ध्वंसात्मक क्रियाकलाप बढी भइसक्यो । ध्वंशले सधै अर्कालाई मात्रै क्षति गराउँदैन, आफूलाई पनि क्षय गराउँछ । किनकि हामी सबै प्रकृतिको सन्तान हौ । आमालाई मार्ने सन्तानहरु बाँचेको इतिहास छैन । फेरि बुझ्नुपर्छ, यो आफ्नै आमा (प्रकृति) लाई मार्ने ज्ञान भूमण्डलीकृत पुँजिवादको उत्पति थलो पश्चिमाको स्कूलबाट आएको हो ।

यो हाम्रो परम्परागत ज्ञानमा आधारित होइन । युरोप, अमेरिकामा सोह्रौ, सत्रौ शताब्दीतिर विकसित पुँजिवादले ४ सय बर्ष पार गरिसक्यो । हामी भर्खर प्रवेश गर्दैछौ । यसले बजार खोजिहिड्ने क्रममा ठूलाठूला विश्वयुद्धहरु गराएर करोडौ मान्छे मार्दै संसारमा मानवीय संसर्ग अत्यधिक बढायो । नत्र आज तीन महिनाको बीचमा कोरोना बोकेर २ सयभन्दा बढी मुलुकमा मान्छेहरु पुग्न सक्दैनथे । चीनमै यसको उत्पति र अन्त्यष्टि पनि हुन्थ्यो होला । यो अर्काको स्वतन्त्र बजार चहारेर बाँच्ने पुँजिवाद उहिल्यै मर्नुपथ्र्यो तर मरेन । यो अनेक रुप र स्वरुपमा बाँचिरहेको छ । ब्यापारिक पुँजिवाद, औधौगिक पुँजिवाद, एकाधिकार पुँजिवाद हुँदै आज साम्राज्यवादी भूमण्डीकृत पुँजिवादको चरणमा छ । यो ब्यवस्था नमान्ने उत्तर कोरिया र केही मुलुक बाहेक कोरोनाको कहरले सबै देशलाई नराम्रोसँग गाँजेको छ । यसको परिणाम आधा दर्जन धनी मान्छेसँग संसारको आधा मान्छेको पुँजि तुलना गर्दा बराबर हुने स्थितिमा पुगिसक्यो । संसार चाहारेर नाफाको लागि निर्दोष मान्छेहरुलाई खानामा मन्द विष खुवाउनु यसको गम्भीर मानवता विरोधी अपराध हो । तर हाम्रा मानवअधिकारवादीहरु यस्तो अक्षम्य अपराधको बिरुद्धमा बोल्दैनन् किनकि तिनलाई पश्चिमाहरुले विकासे दाना खुवाएर इसाई धर्म प्रचार गर्ने पास्टर जस्तो बनाइसकेका छन् । तसर्थ, यो भाइरसले आफ्नो मिसन पुरा नगरी त्यति छिट्टै भाग्नेवाला छैन । यसलाई पाल्ने हामी नै सहरिया दुःखी आत्माहरु छौ ।

त्यसैले अहिले यसले त्यही बजारे र सहरियाहरुलाई नराम्रोसँग लखेटिरहेको छ । जसले यसअघि निर्दोष गाउँका मान्छे मार्न विष उत्पादन र विक्री वितरण गरिरहेका थिए । यो भाइरसले गाउँको दुरदराजको सुन फल्ने जग्गा बाँझो छाडेर कृतिमता भोग गर्न सहर पसेको मान्छेहरुलाई बढी च्यालेन्ज गर्दैछ । होस गर्नुस्, जन्म दिने आमालाई गाउँमा छाडेर सहरको कोठामा बुहारी पाल्ने छोराहरु यसको निशानामा छ । यसले अहिले काठमाडौंबाट भाग्नेहरुलाई लकडाउनको नाममा गाउँघरको आमा, दाजु, दिदीसँग बिर्सेको माया जोड्ने समय दिँदैछ । फर्केर नआउने कसम खान्छौ कि खादैनौ भनेर प्रश्न गर्दैछ । हाम्रा सहरेहरु उत्तर दिँदैनन् किनकि तिनलाई गाउँमा भन्दा सहरमै बढी नाफा हुन्छ । लुट्न, ठग्न र भ्रष्टाचार गर्न सहरमै पाइन्छ । हाम्रो दिल, दिमाग र मनोविज्ञान सबै पश्चिमाहरुले किनेपछि यस्तै लाग्दो रहेछ । त्यसैले मलाई लाग्छ, साम्राज्यवादी पुँजिवादले निम्त्याएको बिकृत पाटोलाई सिध्याएर मात्रै दुनियाँबाट यो भाइरस अलग हुन्छ । आज अमेरिकामाथि नै किन यो भाइरस बढी खनियो ? किनकि उ नै यो मरणासन्न पुँजिवादको साढे मुलुक हो । उसलाई भाइरसले जनता मार्छ भन्दापनि पुँजिवादी ब्यवस्था पो कतै तलमाथि होला कि भन्ने बढी चिन्ता थियो । यो अर्थब्यवस्थालाई गडबड हुन नदिन अमेरिकाले लामो समय बजार खुल्ला राखेर नाफा कमाइरह्यो ।

worldometer का अनुसार यो आलेख तयार पार्दासम्म त्यहाँ तीन लाख ११ हजार ६३५ जना संक्रमित र आठ हजार ४५४ जनाको मृत्यु भइसकेको छ । संसारभर संक्रमितमध्ये २० देखि ३० प्रतिशत मान्छे मरिरहेका छन् । त्यसैले यो भाइरस विश्व साम्राज्यवादी भूमण्डलीकृत पुँजिवादको लागि ठूलो हाँक हो । नेपालको दलाल पुँजिवादको लागि समेत यो भयंकर चेतावनी हो । कुनैपनि नयाँ समस्यालाई बहु आयामबाट हेरिनुपर्छ भन्ने मान्यताका साथ समाजशास्त्र र प्राकृतिक सिद्धान्तलाई जोडेर हेर्दा कोरोनाको संक्रमणमा मैले यही पाएँ । तसर्थ, मेरो अनुरोध छ, एकले अर्काको खानामाथि हस्तक्षेप गर्ने पुँजिवाद अस्वीकार गरौ । प्रकृति हाम्रो आमा हो । आमा जस्तो अवस्थामा छ, त्यस्तै अवस्थामा रहन दिउँ । यसले मात्रै हाम्रो इको सिस्टम पूर्ववत् अवस्थामा फर्किनेछ र हामी युगौयुगसम्म स्वस्थ मानवको रुपमा बाँच्नेछौ ।

लेखक :मोहन गोले तामाङ (अध्यक्ष नेपाल तामाङ घेदुङ संघीय कार्यसमिति काठमाडौ )






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

नेपाल तामाङ घेदुङले संस्कृत भाषाको पठनपाठन सम्बन्धि प्रेस बिग्यति जारी

याम्बु - नेपाल तामाङ घेदुङ संघीय सचिवालयले सामुदायिक बिधालयहरुमा संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका... बाँकी यता

tamang online / May 10, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2020: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution