हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

के कोरोना भाइरसको संक्रमण दोहोरिएर हुनसक्छ ? अनुसन्धानले देखाए यस्तो रिपोर्ट

याम्बु ,चैत्र २३ : गत डिसेम्बर महिनाको अन्तिम साता छिमेकी मुलुक चीनको वुहानबाट फैलिएको संक्रामक भाइरस कोभिड १९ का कारण आज विश्वका अधिकांश देश ग्रस्त छन् । यस भाइरसविरुद्धको भ्याक्सिन तथा औषधी हालसम्म पनि बनेको छैन ।

गत फेब्रुअरीको अन्त्यतिर जापानको ओसाकामा ४० वर्षीया महिलामा कोरोनाभाइरसको संक्रमण दोहोरिएर देखापरेपछि कोरोनाभाइरसको संक्रमण एकपटकभन्दा बढी हुन हुनसक्ने अनुमान गर्दै यसबारे अनुसन्धान भइरहेकोमा चीनियाँ वैज्ञानिकले नयाँ दाबी प्रस्तुत गरेका छन् ।

हुन त यो महामारीबाट बच्न विश्व यसबारेमा निश्चित गर्नका लागि अध्ययन र अनुसन्धानहरु भइरहेका छन् । कोरोना भाइरसले जसरी फरक फरक मानिसहरुलाई आफ्नो शिकार बनाईरहेको छ, त्यसरी नै संक्रमितहरुमा आफ्नो असर पनि बदलिरहेको पाईएको तथ्यहरु पनि पत्ता लागेका छन् । अहिलेसम्म यसबारेमा यसै भन्न सकिने स्थिति नभएतापनि यो भाईरसबारे दुई तथ्य भने बाहिरिएको छ ।

१. यो भाइरसले संक्रमितहरुमा आफ्नो असर बदलिरहन्छ ।
२. कोरोना भाइरसको लक्षण देख्न छोडेको ८ दिन बितेपछि पनि संक्रमित भएर निको भईसकेका व्यक्तिलाई पुनः कोरोना भाइरसको लक्षण देखा पर्ने संभावना रहन्छ ।

पहिलो रिसर्चमा वैज्ञानिकहरुले कोरोना भाइरसको प्रभावबाट बोल्ने तथा सुँघ्ने क्षमता कम हुने गरेको तथ्य पत्ता लगाएका थिए । तर भर्खरै मात्र भएको एक शोधमा वैज्ञानिकहरुले कोरोना भाइरसका कारण स्मरण शक्ति गुमाउन सक्ने खतरा रहेको पत्ता लगाएका छन् । किनभने कोरोना भाइरसले दिमागका केहि भागहरुलाई प्रभावित गर्ने गर्दछ । यस कुराको पुष्टि पिट्सवर्ग युनिभर्सिटी सहित संसारका न्युरोलजिस्टहरुले गरिरहेका छन् ।

डाक्टरका अनुसार कोरोना भाइरस संक्रमितहरुको घाँटी र फोक्सोलाई धेरै प्रभावित गर्दछ । साथै कोरोना भाइरसले दिमागलाई पनि असर गर्ने गरेको नयाँ शोधबाट वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

शोधमा कोरोनाबाट पीडित केहि रोगीहरुमा यसको असर देखिएको हो । एक्सपर्ट्सले यसलाई ब्रेन डिसफंक्सनको नाम दिएको छ । शोधका अनुसार कोरोना पीडितको स्मरण शक्ति बिस्तारै कम हुँदै गएको र शिरमा दुख्ने गरेको र बिस्तारै बिस्तारै मेमोरी पनि लस हुँदै गएको कुरा पत्ता लागेको छ ।

कोरोनाले संक्रमितको दिमागलाई कसरी प्रभावित गरिरहेको छ भन्ने कुराको उदाहरण मिशिगनको डेट्रायटमा साम्ने आएका घटनाहरुबाट देख्न सकिन्छ ।

त्यहाँ लगभग ५० वर्षकी एक महिला एयरलाइन्सकर्मीलाई कोरोना संक्रमण भएको थियो । उनले टाउको दुखेको बताएकी थिइन् । जब ति महिलाको ब्रेन स्क्यानिङ गरियो तब दिमागका केहि भागहरु भिन्ना भिन्नै प्रकारको बनेको शोधले आफ्नो रिपोर्टमा बताएको छ ।

साथै दिमागको एक भागको केहि कोशिकाहरु ड्यामेज भएका थिए । डाक्टरहरुले उनलाई दिमागको स्थिती गम्भीर रहेको भन्दै अस्पताल भर्ना गरेको थियो । र उक्त रोगलाई एक्युट नेक्रोटाइजिङ एनसेफेलोप्याथी नाम दिएको थियो । त्यस्तै एक हेनरी फोर्ड हेल्थ सिस्टमका न्युरोलजिस्ट डाक्टर एजिसा फोरेले कोरोना संक्रमण पछिको केहि दिनमै दिमागमा टचर हुने र बढ्दै जाने गरेको बताएकी छन् ।

यसैबीच चीनको पीएलए जनरल अस्पताल र येल युनिभर्सिटी स्कूल अफ मेडिसिनको संयुक्त रिसर्चले कोरोना भाइरसको लक्षण देख्न छोडेको ८ दिन बितेपछि पनि संक्रमित भएर निको भईसकेका व्यक्तिलाई पुनः कोरोना भाइरसको लक्षण देखा पर्ने कुरा पत्ता लगाएको हो । अर्थात् संक्रमण भएर निको भएको ८ दिनपछि पुनः उक्त व्यक्तिमा कोरोनाको लक्षण देखा पर्ने वैज्ञानिकहरुले नयाँ रिसर्चबाट पत्ता लगाएका हुन् ।

शोधकर्ताहरुका अनुसार, रिसर्च बेला चीनमा १६ रोगीहरुमाथि रिसर्च गरिएको थियो । त्यसमध्ये आधा रोगीहरुमा लक्षण नदेखिएको ८ दिनमा फेरी कोरोनाको लक्षण देखिएको थियो । चीनमा उक्त शोध २८ जनावरी देखि ९ फेब्रुअरीसम्म गरिएको थियो ।

आइसोलेसनको समय १४ दिन सम्म राख्न आवश्यक

कोरोना भाइरस संक्रमितहरुका लागि १४ दिनसम्म आइसोलेशनमा राख्न आवश्यक रहेको शोधकर्ताहरुको दाबी छ । शोधकर्ताहरुका अनुसार आइसोलेशनमा संक्रमित राख्ने समयलाई अहिलेकोबाट बढाएर १४ दिन राख्नुपर्ने आवश्यक रहेको शोधकर्ताहरुको निस्कर्ष रहेको छ ।नभने अन्यमा फेरी संक्रमण नफैलिओस् । येल स्कूल अफ मेडिसिनका इन्स्ट्रक्टर डा। लोकश शर्माका अनुसार, शोधबाट सबैभन्दा अहम कुरा संक्रमित व्यक्तिलाई ठिक भएको ८ दिनपछि पनि फेरी संक्रमणका लक्षण पत्ता लागेको कुरा शोधले पत्ता लगाएको छ । त्यसैले संक्रमणले झनै गम्भीर रुपमा अन्य मानिसमा पनि आफ्नो प्रकोपको घर बनाउन सक्ने शोधबाट पत्ता लागेको छ । साधारणतया कोरोना भाइरसको लक्षण देखिन कसैको शरीरमा पनि ५ दिनको समय लाग्दछ ।

तर कसैको भने कोरोना पोजेटिभ पाइएपनि तत्काल लक्षण देखिँदैन र त्यसको ८ दिन पछि शरीरमा लक्षण देखा पर्ने गरेको शोधबाट पत्ता लागेको छ । अमेरिकाको डिसीज कन्ट्रोल एण्ड प्रिभेन्सन कन्ट्रोलका अनुसार, केहि संक्रमितहरु भने बिना औषधि नै ठीक भएका छन् ।
तर उनीहरुमा पुनः कोरोना भाइरसका लक्षणहरु देखा परेमा उसलाई थोरैमा पनि ३ दिन आइसोलेट गर्नुपर्ने शोधले बताएको छ । कोरोनाबाट बच्न आफूलाई नै गर्नुहोस् लामो समयसम्म आइसोलेट शोधकर्ता डा जीजिन शीको सल्लाह मान्ने हो भने, आफ्नो सुरक्षा आफै लिन आवश्यक छ ।
यो घडीमा कसैको भरमा परेर नबस्न उनले अनुरोध गरेका छन् । कुनै क्षेत्रको मात्र रोग तथा प्रकोप नभएको र यो महामारी सारा विश्वमा जहाँ जुनबेला पनि फैलिन र संक्रमण देखा पर्ने भएकोले आफ्नो सुरक्षाको खातिर पनि आफूले आफूलाई नै आइसोलेट गर्न अति आवश्यक रहेको उनी बताउँछन्। उनी भन्छन्, यदि तपाईलाई कोरोनासँग सम्बन्धित लक्षण देखिए र महशुस गर्नु भयो भने,घरमै आफूलाइ एकबाट टाढा राख्दै आइसोलेट बस्ने गरौँ ।

किनभने आफूले आइसोलेट गरेपछि यदि तपाईमा कोरोना भाइरसको कुनै संक्रमण देखा परेको छ भनेपनि अर्को व्यक्तिमा सर्ने सम्भावना कमै रहन्छ । संक्रमणका लक्षण देखिए दुई हप्तासम्म आफूक्वारेन्टाइनमा बस्नुपर्ने उनी सल्लाह दिन्छन् । कोरोनाको संक्रमण नदेखिएको हप्तादिन वा त्यो समयभन्दा पछि पनि कोरोनाको संक्रमण देखा पर्न सक्दछ । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै फैलिइरहेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड १९’ का कारण यो समाचार तयार पार्दासम्म ६४ हजार ७ सय ४७ जनाको मृत्यु भएको छ भने २ लाख ४६ हजार ७ सय ६० जना उपचारपछि ठिक भएका छन् । यसैगरी यो समाचार तयार पार्दा विश्वभर कोरोना संक्रमितको संख्या १२ लाख ३ हजार नाघिसकेको छ । जसमा ८ लाख ९० हजारभन्दा बढी अहिलेपनि कोरोनाको उपचार गराइरहेका अर्थात् एक्टिभ केसहरु छन् । विश्वभर ४२ हजार भन्दा बढी कोरोना संक्रमितको अवस्था गम्भीर रहेको छ ।

यसैबीच शनिवारसम्मको डाटा अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ भने एक जना उपचारपछि घर गइसकेका छन् ।

कोरोनाले सबैभन्दा बढी प्रभाव युरोपियन देश ईटलीमा १५ हजार ३ सय ६२ को मृत्यु भएको छ भने एक लाख २४ हजार ६ सय ३२ जनामा कोरोनाको संक्रमण देखिएको छ । जसमा झण्डै २१ हजार मानिस उपचारपछि घर गइसकेका छन् भने ३ हजार ९ सय ९४ जनाको अवस्था गम्भिर छ ।

त्यस्तै अत्याधिक प्रभवित देशको दोस्रो नम्बरमा रहेको स्पेनमा ६ हजार ५ सय ३२ को अवस्था गम्भीर रहेको छ भने १ लाख २६ हजार १ सय ३६ जना संक्रमित छन् ।

स्पेनमा ११ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ भने ३४ हजारभन्दा बढी व्यक्ति उपचारपछि घर फर्किएका छन् । ।

त्यस्तै शक्तिशाली देश अमेरिकामा कोरोना संक्रमित संख्या ३ लाख ११ हजार नाघेको छ । अमेरिकामा अहिलेसम्म ८ हजार ४ सय ५० जनाको ज्यान गएको छ भने ३ लाख ११ हजार जनाभन्दा बढीको कोरोना संक्रमण देखिएको छ ।

सन् २००२ मा दक्षिणी चीनबाटै सुरु भएको सार्स ३० मुलुकमा फैलिएर करिब ९ हजार मानिसलाई संक्रमित गराई ८ सय १३ जनाको ज्यान लिएको थियो।

सन् २०१२ मा साउदी अरबबाट सुरु भएको मर्स २७ मुलुकमा फैलिएर २५ सय व्यक्तिलाई संक्रमित पार्दै ८ सय ५८ जनाको ज्यान लिएको थियो।

एकै वर्गको मानिने कोभिड ९१९ विषाणुलाई वर्तमान विश्वले सार्स र मर्सभन्दा गम्भीर क्षति पुर्याएको छ । सानाठूला सबै मुलुक थला पार्दै नरसंहार गरिरहेको यो भाइरसले अझै कति क्षत पुर्याउने हो, त्यसको आँकलन कसैले गर्नसक्ने अवस्था छैन । अहिले विश्वले यस विरुद्धको औषधी खोजीरहेको छ । हामीले यो भाइरसका विरुद्धमा कि त भ्याक्सिन पत्ता लगाउनुपर्नेछ कि भने रोग प्रतिरोधात्मक क्षमता बढाएर परास्त गर्नुपर्नेछ ।

उता चीनमा गरिएको एक अध्ययनमा कोरानाभाइरसबाट संक्रमित तथा त्यसका विरुद्धमा एन्टीबडी विकसित भएका बाँदरहरुमाथि दोहोर्याएर कोरोनाभाइरसले संक्रमित गर्छ कि गर्दैन भनेर अध्ययन गरिएको थियो ।

त्यसमा आश्वस्त तुल्याउने गरी, ती बाँदरहरुमा दोस्रो पटक त्यसका विरुद्धमा संक्रमण गराउन नसक्ने गरी प्रतिरोधी क्षमता विकसित भएको पाइएको थियो @ एजेन्सी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution