बागमती प्रदेशमा सोनाम ल्होछारको सार्वजनिक बिदा, उपत्यकाका जिल्लामा लागु नहुने
याम्बु – प्रदेश सरकारले बागमती प्रदेशभर शुक्रबार सार्वजनिक बिदा हुने भएको छ। तर, उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा यो बिदा लागु नहुने भएको छ ।
उपत्यकाभित्रका तीन जिल्लामा भने केन्द्र सरकारले बिदा दिएका बेला मात्रै बिदा हुनेछ। तामाङ समुदायको सोनाम ल्होसारको अवसरमा बागमती प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माले काठमाडौं, भक्तपुर र ललितपुरबाहेक बागमती प्रदेशका अरू जिल्लामा प्रदेश सरकारले दिएको बिदा लागू हुने बताए।
गत वर्ष चैतमा बसेको केन्द्र सरकारको मन्त्रिपरिषद बैठकले उपत्यकाबाहेक अन्य जिल्लाको हकमा प्रदेश सरकारले दिएको बिदा लागू हुने निर्णय गरेको थियो।
९ माघ २०७६