ज्योती ग्रुपका मालिक रुपज्योति पक्राउ
याम्बु । ज्योती गु्रपका मालिक प्रतिष्ठित व्यापारिक घराना ज्योति ग्रुपका उपाध्यक्ष डा. रुपज्योति पक्राउ परेका छन् । अपार्टमेन्ट ठगी सम्बन्धी मुद्दामा उनी पक्राउ परेका हुन् । रुपज्योतिलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार राति साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ ।
स्रोतका अनुसार सिंगापुरबाट सिल्क एयरमा आएका रुपज्योतिलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो । उनलाई विमानस्थलबाट महानगरीय प्रहरी काठमाडौं लगिएको छ । उनलाई जग्गा कारोबारमा ठगी गरेको आरोपमा पक्राउ गरिएको भनिए पनि प्रहरीले स्पष्ट खुलाएको भने छैन ।