हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नेपाल सम्बत ११४० कार्यक्रमको लागि गायिका सरिता साही इजरायल आईपुगिन्

तेलअविव – राष्ट्रिय नेवा:खल इजरायलको आयोजनामा नेपालको राष्ट्रिय सम्बत म्ह:पूजा नेपाल सम्बत ११४० आउँदो नोभेनम्बर १ तारिख शुक्रबार एभरेस्ट डिस्को हल तेलअविवमा भव्य रुपमा मनाउने भएको छ ।

कार्यक्रमको लागि नेपालबाट सुप्रसिद्ध राष्ट्रिय गायिका सरिता साही इजरायल आई पुग्नु भएको छ । वहाँलाई  स्वागतको लागि  राष्ट्रिय नेवा:खल इजरायलकी अध्यक्ष मनु श्रेष्ठ लगायत संस्थाका पदाधिकारीहरु बेन गुरियन एयरपोर्ट तेलअविव पुग्नु भएको थियो ।

 

म्ह:पूजा नेपाल सम्बत ११४० को पावन अवसरमा नेवा: भोज, भाग्यशाली चिट्ठीको साथमा सांगेतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान गर्ने कार्यक्रम रहेको छ । नयाँ बर्षको पहिलो दिन कछला १ म्ह: पुजा भए पनि इजरायलवासी नेपालीहरुको छुटी अनुसार आउँदो शुक्रबार कार्यक्रम गर्न लागेको संस्थाले जनाएको छ ।

म्ह:पूजा नेपाल सम्बत अनुसारको नयाँ वर्षको सुरुवात कार्तिक शुक्लपक्ष प्रतिवदाको दिन नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा हिन्दु तथा बाैद्ध दुवै समुदायका नेवारहरूले  आफूले आफैलाई पूजा गरी सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्ने गरिन्छ । यसका लागि परिवारका सबै सदस्यहरू अनिवार्य रुपमा एकै ठाउँमा बसी आफैलाई मण्डलमा प्रतिविम्वित गरी आफैले आफ्नाे पूजा गरिन्छ । म्हःपूजा हिन्दु तथा बाैद्ध दुवैले श्रद्धापूर्वक मनाउने भएकोले पर्वलाई धार्मिक समन्वयको कडीको रूपमा पनि लिइएको छ । म्हःपूजाका लागि परिवारको सबै भन्दा जेठी आमाले पूजा अघि सारी आफ्नो आफै पूजा गर्न लगाइन्छ । आफ्नाे प्रतिविम्व सार मण्डलमा चित्रित गरी आफुलाई चिन्ने ज्ञानदर्शन प्राप्त गरी जीवन सुख आनन्दमय बनाउने र सुस्वास्थ्य दिर्घायुको कामना गर्ने गरिन्छ । विदेशमा वसेका नेपालीहरूले पनि यस म्हःपूजालाई आफ्नो माैलिक पहिचानका रूपमा मनाउने गरिन्छ ।

यस पूजा शुरू गर्न सर्वप्रथम घरको बुइगलमा वा अन्य खुला कोठाको भुईमा ढुंगाको धुलो प्रयोग गरी परिवारका प्रत्येक सदस्यको लागि एक एकवटा मण्डल वनाइन्छ । यस वाहेक सबै भन्दा माथि एक र सवैभन्दा मुनि एक गरी दुईवटा थप मण्डल देवताका लागि वनाइन्छ । यस वाहेक पानीले भरिएको गाग्री, नाङ्लो र कूचाेको लागि पनि मण्डल वनाइन्छ । मण्डललाई रँगहरू प्रयाेग गरी सिंगारिन्छ र फलफूल, धूप, फूल, जजंका (यज्ञोपवित) आदि सामग्रीहरूले सजाइन्छ ।

परिवारका सवै सदस्यहरू लहरै पलेटी कसेर मण्डल सामुन्ने परी वस्दछ । परिवारकाे सवैभन्दा जेठी आ माले शुरूमा सूर्य रूपी सुकुण्डालाई  पूजा गरी सवै मण्डलहरू पूजा गर्दछ । तत् पश्चात् सबैलाई  ‘धाै सगँ’ दहिको सगुन दिइन्छ । त्यसपछि सवैले लामो कपडाको वत्ती (खेलु इताः) मण्डल माथि बालिन्छ । बालिएको खेलु इताःले दिप्तमान् भइरहेको मण्डलको पूजा गरी जेठी  आमाले सजाइएको विमिरा, अन्य फलफूल, जजंका, गोदावरी फूल र वत्ती सवैको हातहातमा दिइन्छ र सवै सदस्यले ती सामग्रीहरू निधारले ढोगी ग्रहण गरिन्छ ।

यस पश्चात् खेँ सगँ (उसिनेको अण्डा र तेलमा तारेको माछाको सगुन) दिइन्छ । सगुन दिई  भातको जाँड तिन पटक सम्म थपी थपी खुवाइन्छ । यसरी जाँड थप्दा कचाैरा भुईमा राख्नु हुँदैन । सगुन ग्रहण गर्दा सगुन दिने आमालाई यथाश्रद्धा दक्षिणा दिइन्छ ।

म्हःपूजा विधि स्थान, क्षेत्र, समुदाय अनुसार विविध स्वरूपमा पाइन्छ ।

कार्यक्रममा भाग्यशाली चिट्ठा समेतको मनोरंजनात्मक कार्यक्रम हुन गईरहेको हुँदा इजरायलवासी सम्पूर्ण नेपालीहरूमा उपस्थितको लागि राष्ट्रिय नेवा:खल इजरायलले हार्दिक निमन्त्रणा  गरेको छ ।

साथै राष्ट्रिय नेवा: खल: इजरायलले नोभेम्बर २ तारिख शनिबार धार्मिक स्थल बेतलेखेम र डेढ सि भ्रमणकाे आयाेजना गरिएकाे हुँदा भ्रमणमा जान इच्छुक महानुभावले मेसेज वा ,फाेन मार्फत सम्पर्क गर्न समेत हार्दिक अनुरोध गरेको छ ।भ्रमण जाने समय बिहान ६ बजे र फर्कने समय अपरान्ह ५ बजे । बसमा खाना लगायत पेय पदार्थ उपलब्ध रहेको जनाएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution