तामाङ कलाकार संघको अध्यक्षतामा पुनः सञ्जिव वाइबा
याम्बु – नेपाल तामाङ कलाकार संघको १२ औं साधारणसभा एवं छैटौं अधिवेशन गत शनिबार काठमाडौंमा सम्पन्न भएको छ । अधिवेशनबाट संघको अध्यक्षतामा पुनः सञ्जिव वाईवा चयन भएको छ ।
वाइबाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा विश्व दोङ, उपाध्यक्ष शशिकला मोक्तान, महासचिव विशाल काल्तान, सचिव रोशन फ्युवा ,कोषाध्यक्ष सुवास मोक्तान, सदस्यहरुमा चाँदनी मोक्तान, फुलकुमार बम्जन, बुद्ध लामा, कुमार स्याङवा, कुमार तामाङ, निर्मला घिसिङ, जितु लोप्चान, मिङ्स लामा, प्रयास दोङ, बैरागी मोक्तान र योगेश लामा रहेका छन् ।
विभागीय सदस्यहरूमा खेम मोक्तान, आशमान लोप्चन, जोगलाल लामा र विजय थोकर चयन भएका छन् ।
प्रमुख अतिथि संघीय सांसद नविना लामाले कला संस्कृतिले राष्ट्रको पहिचान जोगाउने बताउँदै अहिलेको अवस्थामा तामाङ कला संस्कृति जोगाउन समेत ठूलो चुनौती रहेको औल्याइन् ।
कार्यक्रममा अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा, नेपाल तामाङ घेदुङका उपाध्यक्ष कुमार घिसिङ, वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तान, वरिष्ठ गायक एवं संगीतकार प्रदिप बम्जन, वरिष्ठ सेलो गायक चन्द्रकुमार मोक्तान, तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकर लगायतले नयाँ कार्यसमितिलाई कार्यकालको सफलताको शुभकामना दिएका थिए ।
नयाँ कार्यसमितिले आगामी मंसिरसम्ममा सेलो महोत्सव र तामाङ खाना महोत्सव गर्ने घोषणासमेत गरेका छन् ।