नयाँ बर्ष सांगितिक धमका २०७६ – राजेश पायल राई र गायक कुशल थलङ लिम्बु इजरायलमा
तेलअविव – नयाँ बर्ष २०७६ को पावन अवसरमा अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखा द्वारा आयोजित सांगितिक धमाका २०७६ को लागि नेपालबाट आमन्त्रित चर्चित कलाकार गायक राजेश पायल राई र गायक कुशल थालङ इजरायल आई पुग्नु भएको छ |
वहाँहरुको स्वागतको लागि अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखाकी अध्यक्ष पेमा लामा पाख्रिन तामाङ लगायतका पदाधिकारीहरु बेन्गुरिएन एयरपोर्ट पुग्नु भएको थियो |
भोलि अर्थात् १२ अप्रिल २०१९ (शुक्रबार) साँझ ७ बजे देखि तेलअविव स्थित हगना – १३५ बेतबारबर हलमा नयाँ बर्ष २०७६ सांगितिक कार्यक्रम संगै शुभकामना आदानप्रदान हुन गईरहेको छ |
कार्यक्रमबाट भएको मुनाफा सतप्रतिशत डाक्टर महाविर पुन द्वारा संचालित “राष्ट्रिय आविष्कार केन्द्र” लाई सहयोग गर्ने भएको छ |
सहयोगार्थ कार्यक्रमलाई भब्यताको साथ सफल पार्नको निमित्त इजरायलमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा गरिमामय उपस्थितीको लागि अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखा द्वारा हार्दिक अनुरोध गरेको छ |
लेबेन्सकी पार्क देखि साँझ ०६:३० बजेबाट कार्यक्रम स्थल सम्म निशुल्क बसको सुविधा रहेको छ | टिकट शुल्क १०० सेकेल रहेको छ |