हेडलाईन

ट्याक्सी चढ्ने हो ? अब ५ मिनेटमा घरमै लिन आउँछ         इजरायलमा नेपाली दुतावासले २५६३ औं बुद्ध जयन्ती मनाउने,नेपाली समुदायको संघसंस्थालाई सहभागी हुन आव्हान         प्रधानमन्त्री ओली र इजरायली प्रधानमन्त्री नेतान्याहु बीच टेलिफोन वार्ता         श्रीलंका बम विस्फोटमा परी ५० को मृत्यु ,दुई सयभन्दा बढी मानिसहरु घाइते         भारतीय दूतावासद्वारा तामाङ वस्तिमा रहेको छ्योइफेल गुम्बाको पुनर्निर्माण         ह्योल्मो समाज इजरायलले बार्षिक उत्सव तथा साधारण सभाको साथमा २५६३ औं बुद्ध जयन्ति मनाउने तयारी         कुलमान घिसिङको निर्देशन ‘ट्रेड युनियनको चुनावमा गाडी नदिनु’         स्वयम्भू र हनुमानढोका जोड्ने गुरुयोजना सार्वजनिक         महिलालाई चरित्रहीन भनेपछि बुद्धले मुखियाको एक हात समातेर बजाउन लगाए ताली         विप्लव समूहलाई नेपाल बन्द फिर्ता गर्न तामाङ घेदुङको माग         दोलखाको शैलुङमा हजारौं पर्यटक         इजरायलको टिकट काटेकी सुनिताको घरमा ‘अवैध प्रेमी’को लास         नेपाली युवतीलाई केन्याको डान्स बार पुर्याउने मानव तस्करी पक्राउ         अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलले नयाँ बर्ष २०७६ भव्यताको साथ मनायो         नेपाल, भारत र चीनकी चेलीले एकसाथ सगरमाथा चढ्ने        

राष्ट्रवादको आवरणमा जातिवादको खेती – मोहन गोले तामाङ

मोहन गोले तामाङ

जुनबेला मधेशी र आदिवासी जनजातिहरु पहिचान र अधिकारको लागि आन्दोलनमा मर्दै थिए, पहाडमा बस्ने एकाथरी मनुष्यजनले मरिरहेका मान्छेप्रति सहानुभूति देखाएनन् । उल्टै दमनकारी खड्गप्रसादको जय जयकार गरे । किनकि उनले स्वायत्तताको माग राख्ने मधेशीलाई बिहारी भनेका थिए । पहिचान माग्ने आदिवासी जनजातिलाई बाँदर हुन भनेका थिए । प्रहरीको गोली खाने मधेशी युवाहरुलाई जेठको हुरीमा झरेको कलकत्ते आँपसँग तुलना गरेका थिए । मधेशीलाई यसअघि धोती सम्म भनेको सुनिन्थ्यो तर आफ्नै देशका नागरिकलाई कुनै पनि शासकले बिहारी नै भन्ने हिम्मत गरेका थिएनन् । जनजातिलाई तिघ्रे र खर्पने सम्म भनेको राममणि आदिको लेखोटमा देख्छु तर बाँदर नै भनेर जनावरसँग तुलना गर्न सकेका थिएनन् । उनले सके । कसैले बोल्न नसकेको कुरा उनले आफ्नै मुखबाट बोलेर सुनाईदिए । उनको यो बाणबर्षामा एकाथरी अहंकारवादी दुनियाँले मज्जा मान्दै भने– खड्गप्रसाद क्या राष्ट्रवादी नेता ।

अहिलेपनि उनै शक्तिवाला मनुवाले फैलाएको भ्रम दुनियाँमा बिक्दो छ । खड्गप्रसादलाई राष्ट्रवादी देख्ने यही नजर हो, जसले पञ्चायतमा महेन्द्रलाई ठूलो राष्ट्रवादी भन्थे । महेन्द्रको गीतमा लठ्ठ पर्थे । हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ भनेर नारा लाउने अनि राणादेखि राजासम्मलाई बर्षौसम्म काँध थाप्ने पनि यही जमात हो भनेर चिन्दा कति फरक नपर्ला । उनका बाजे पुस्ताले जंगे राणालाई राष्ट्रवादी भनेको म सहजै अन्दाज गर्छु । यो राष्ट्रवादमा ओत लाग्न नपाएकाहरु नयाँ नयाँ अवतारमा नयाँ नयाँ भाङका लड्डु लिएर बेलाबेला प्रकट हुन्छन् । क्रान्तिको नाममा जनताको छोराछोरी मराउँछन् र सत्तामा पुगेर ब्रम्हलुट मच्चाउने लाइसेन्स प्राप्त गर्छन् । २००७ सालमा प्रजातन्त्र नामको लड्डुले राणा आउट र राजालाई इन गरायो । २०४६ सालमा बहुदलीय ब्यवस्था नामको लड्डु बिक्रि गरेर निर्दलीय पञ्चायतको अन्त गरे । २०६२÷६३ मा समावेशी लोकतन्त्र नामको लड्डु बेचेर राजतन्त्र फ्याँके । पछिल्लो २०७४ को निर्बाचनमा पनि विकास र समृद्धिको लागि दुई तिहाई बहुमतको सरकार चाहियो भन्ने लड्डु राम्रै बिक्यो । यसरी प्रत्येक १० देशि ३० बर्षको बीचमा एउटा कुनै न कुनै नामको भाङको लड्डु बेच्ने ब्यापारीहरु नेपालमा सक्रिय भएको म पाउँछु । अहिलेपनि बिप्लव कामरेड दलाल सत्ता अन्त्यको नाममा अर्को लड्डु पेल्दैछन् । यसलाई जनताले किन्ने दिन उनी पनि सत्तामा पुग्छन् र अर्को पीके वा केपी बन्छन् । मैले यो ठोकुवा किन गरे भन्दा अहिलेसम्मको अभ्यासमा भएको यही नै छ । उनी पनि कुनै भिन्न धातुको रसायनबाट बनेको मान्छे होइनन् । यही लोभीपापी नेपाली समाजमा हुर्किएको एउटा बिद्रोही चेतका राजनीतिक पात्र हुन् । फेरि अहिलेसम्मका यी सबै नामधारी भाङ ब्यापारीको जरा खोतल्दा एउटै बंश जोडिन्छ । अब यो बंशप्रति नै विश्वास गर्ने कि नगर्ने ? आदिवासी नेतृत्वमा बहसको एउटा विषय बनेको छ । किनकि धेरैवटा आन्दोलनबाट उत्पीडित समुदायले पाएको धोकाको निष्कर्ष हो यो ।
लाग्दो हो, खड्गप्रसादले अलि नयाँ खालको राष्ट्रवाद ल्याए, तर होइन । उनले ल्याएको राष्ट्रवादी फसलको बीउ त राजा महेन्द्रले २०१७ सालमै रोपेका थिए । जुन राष्ट्रवादले ढाका टोपी नलाउनेलाई नेपाली नागरिकताको प्रमाणपत्र दिदैनथ्यो । तामाङ भाषा बोलेको सुन्दा तिब्बती र मैथिली भाषा बोल्दा बिहारीको ट्याग लाउथ्यो । उनले त्यही बीउको फसल काटेर खादैछन् । त्यसैले सारमा ओली राष्ट्रवादले महेन्द्रीय राष्ट्रवादको सीमा तोड्न सक्दैन । उसको आधार यही हो । यो राष्ट्रवादप्रति बिमति राख्नेलाई अरिंगाल झैं जाइलाग्न ऊ कार्यकर्तालाई खुलेआम निर्देशन दिन्छ । सारमा यसले मुलुकको विविधतालाई सम्पतिको रुपमा ग्रहण गर्दैन । बाधा र बोझको रुपमा लिन्छ । राज्यको साधन, स्रोत सबैमा वितरण गर्दा मुलुक बिखण्डन हुने देख्छ । गोरुको पर्वलाई बिदा दिन्छ तर आदिवासी जनजातिको पर्वलाई दिएको १ दिन बिदा पनि समृद्धिको बहानावाजीमा कटौती गर्छ । आदिवासीले पवित्र वस्तुको रुपमा प्रयोग गर्दै ल्याएको खादालाई विस्थापित गर्न ढाकाको टालो प्रयोग गर्नु भन्दै सार्वजनिक रुपमा उर्दी जारी गर्छ । जनजातिलाई विकास गर्न गठित आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई खारेज गर्न उद्यत हुन्छ । किनकि प्रतिष्ठान खारेज गरिए त्यहाँ उसले प्रतिष्ठान ऐन अनुसार सूचिकृत ५९ आदिवासी जनजातिको मान्यता प्राप्त सूचिकरण भताभुंग हुने देखेको छ । संविधानले ब्यवस्था गरेको समानुपातिक प्रतिनिधित्वमा जन्म र बिबाहको दोहोरो मापदण्ड कायम गर्छ र आफ्नै श्रीमति, नातागोता, भाई, भतिजा, साली, ज्वाँईलाई नियुक्त गर्ने माध्यम बनाउँछ । आफैले हस्ताक्षर र अनुमोदन गरेको आइ. एल. ओ. १६९ र आदिवासी सम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणापत्र जस्ता अन्तर्राष्ट्रिय मानवअधिकारका दस्तावेजहरुलाई निष्क्रिय बनाईदिन्छ । आदिवासीमा सुचिकृत थुप्रै कम जनसंख्या भएका समुदायलाई अल्पसंख्यकमा सूचिकरण गर्छ र मासिक २ हजार भत्ताको मन्द बिष खुवाएर बोल्न नसक्ने बनाईदिन्छ । आपूmभन्दा भिन्न अस्तित्व भएकालाई सिध्याउने, तिनलाई निषेध गर्ने यस्ता थुप्रै उपद्रो कर्महरु यो राष्ट्रवादको नियमित कार्यक्रम हो । जसलाई सत्ताको भजन गाउने मण्डली समूहको आँखाले देख्दैन । यसलाई देख्न उनको डबलीबाट स्वतन्त्र भएको घोषणा गर्ने हिम्मत गर्नुपर्छ ।

आखिर के हो त यो राष्ट्रवाद ? धेरैलाई अन्यौल छ । राष्ट्रवादलाई अंग्रेजीमा Nationalism भनिन्छ । राष्ट्र भनेको Nation हो र Nation भनेको जाति हो । यसर्थ, Nationalism (राष्ट्रवाद) भनेको जातिवाद हो । जातिवाद अन्तत फासिवादमा पुगेर बिसर्जित हुन्छ । मानव विकासको विभिन्न चरणमा देखिने यो एउटा प्रक्रिया हो । आदिम साम्यवादी युगको अन्त्य र दास युगको प्रारम्भिक चरणमा मानिसहरु लामो समय गोत्र (Clan) को रुपमा रक्त सम्बन्धको आधारमा जोडिने परिवारको रुपमा विभिन्न झुण्डमा बाँधिएर एकठाउँमा बसे । यसपछि दासयुगको अन्त्य र सामन्ती युगको प्रारम्भिक चरणमा यस्ता धेरैवटा रहनसहन, परिवेश, मनोविज्ञान मिल्ने परिवार, गणहरु मिलेर भिन्नाभिन्नै जाति बन्यो । जसलाई जनजाति (Nationalities) समुदाय भनियो । यसैगरी सामन्ती युगको अन्त र पुँजिवादी युगको प्रारम्भिक चरणमा विभिन्न उद्योगधन्दा खुलेसँगै कामको सिलसिलामा भिन्नाभिन्नै समुदायका मानिसहरु एकठाउँमा बस्नु पर्ने अवस्था सिर्जना भयो । यसक्रममा घुलमिलको कारण धेरैवटा जातिहरुको भाषा, संस्कृति, पहिचान लोप भएर नयाँ भाषा, संस्कृतिको रुपमा जन्म हुने, कतिपय बिलिन हुने र नयाँ जाति (Nation) को रुपमा विकास हुने क्रम बढ्यो । यसरी जनजाति (Nationalities) बाट राष्ट्र (Nation) को रुपमा विकास भएर जब राष्ट्र (Nation) ले लामो समय आधिपत्य जमायो, यसले बलियो र शासकको मनोविज्ञानले निर्धारण गरेको भाष्यमा सबैलाई हिडाउने प्रयास गर्दा यो विस्तारै बादको रुपमा विकास भयो । यही प्रभुत्वशालीहरुको बलमा स्थापित जातिवादलाई नै राष्ट्रवाद (Nationalities) भनियो । सबैलाई यही बाद स्वीकार गर्ने परिस्थिति निर्माण गरियो । नेपालमा हेर्दा दौरा, सुरुवाल र ढाकाटोपी राष्ट्रिय पोशाक बन्यो । बख्खु र धोती जातीय पोशाक भए । दशैं र तिहारलाई राष्ट्रिय पर्व मानियो । उद्यौली, उभौली र ल्होछारलाई जातीय पर्व भनियो । उनले बोल्ने खस भाषा नेपाली भाषाको पगरी गुथेर राष्ट्र भाषा बन्यो तर तामाङ भाषा जो खसभाषीहरुको प्रवेश हुनुभन्दा शताब्दीऔ अघिदेखि बोलीचालीमा थिए, त्यसलाई गाईखाने भाषा भनेर अपहेलित गरियो । त्यसैले यस किसिमको विभाजनको रेखा कोर्ने ओली राष्ट्रवाद सारमा खस, आर्यन जातिवाद हो । यो राष्ट्रवादले उसैको भाषा, संस्कृति, भेषलाई प्राथमिकतामा राखेर काम गर्छ ।

फेरि यो नेपालमा मात्रै होइन, संसारकै डरलाग्दो रोग हो । माओवादीका तत्कालीन सुप्रिमो क. प्रचण्डले जनयुद्धभरि खस अहंकारवादको विरुद्ध लड्न जनजातिलाई उक्साए तर सत्तामा पुगेपछि त्यसलाई जातिवाद देखेनन्, राष्ट्रवाद देखे । नेपालका केपीभन्दा जर्मनका नाजी तानाशाह हिटलर राष्ट्रवादको उग्र नारा लाउँथे । बहुसंख्यक हान जातिकै नेता माओत्सेतुङले चीनमा हान अहंकारवाद ब्याप्त छ, त्यसको डटेर सामाना गर्न निर्देशन दिएका थिए । सोभियत रुस महासंघ सम्भवत रुसी जातिहरु हरेक ठाउँमा हावी हुन नखोजेको भए अहिले पनि हामी लेनिनले जोडेको रुसी महासंघलाई विश्व मानचित्रमा देख्न पाउथ्यौ होला । सर्वियामा सर्व जातिहरु र रुवाण्डामा हुतु जातिहरुको जातिवादले त्यहाँका अल्पसंख्यकहरुमाथि समान ब्यबहार गरेको भए त्यहाँ नरसंहारकारी हिंसा भड्किने थिएन । यसलाई हेर्दा के देखिन्छ भने संसारभरि नै युद्ध, हिंसाको मुख्य स्रोत बहिष्करणलाई निरन्तरता दिने जातिवाद हो । जसलाई शासकहरु राष्ट्रवादको आवरणले छोप्छन् ।
त्यसैले यतिबेला नेपालमा खड्गप्रसाद प्रवृति राष्ट्रवादको आवरणमा जातिवादको खेती गरिरहेका छन् । यो जातिवादको खेती त्यो बेलासम्म फस्टाउनेछ, जुन समयसम्म यसमा लपेटिएको राष्ट्रवादको गुलियोमा न्यायप्रेमी जनता भुल्लिरहन्छन् । यो उदाङ्गो हुने दिन कसैले अनुमान गर्न नसक्ने दुर्घटनामा मुलुक फस्नेछ । यसप्रति बेलैमा सचेत होऔ । धन्यवाद ।।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

ताप्लेजुङ हेलिकप्टर दुर्घटना: ‘मौसम खराबसँगै हतारो’

ताप्लेजुङ - करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा... बाँकी यता

tamang online / February 28, 2019

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution