हेडलाईन

ट्याक्सी चढ्ने हो ? अब ५ मिनेटमा घरमै लिन आउँछ         इजरायलमा नेपाली दुतावासले २५६३ औं बुद्ध जयन्ती मनाउने,नेपाली समुदायको संघसंस्थालाई सहभागी हुन आव्हान         प्रधानमन्त्री ओली र इजरायली प्रधानमन्त्री नेतान्याहु बीच टेलिफोन वार्ता         श्रीलंका बम विस्फोटमा परी ५० को मृत्यु ,दुई सयभन्दा बढी मानिसहरु घाइते         भारतीय दूतावासद्वारा तामाङ वस्तिमा रहेको छ्योइफेल गुम्बाको पुनर्निर्माण         ह्योल्मो समाज इजरायलले बार्षिक उत्सव तथा साधारण सभाको साथमा २५६३ औं बुद्ध जयन्ति मनाउने तयारी         कुलमान घिसिङको निर्देशन ‘ट्रेड युनियनको चुनावमा गाडी नदिनु’         स्वयम्भू र हनुमानढोका जोड्ने गुरुयोजना सार्वजनिक         महिलालाई चरित्रहीन भनेपछि बुद्धले मुखियाको एक हात समातेर बजाउन लगाए ताली         विप्लव समूहलाई नेपाल बन्द फिर्ता गर्न तामाङ घेदुङको माग         दोलखाको शैलुङमा हजारौं पर्यटक         इजरायलको टिकट काटेकी सुनिताको घरमा ‘अवैध प्रेमी’को लास         नेपाली युवतीलाई केन्याको डान्स बार पुर्याउने मानव तस्करी पक्राउ         अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलले नयाँ बर्ष २०७६ भव्यताको साथ मनायो         नेपाल, भारत र चीनकी चेलीले एकसाथ सगरमाथा चढ्ने        

गोरखामा कुकुरसंगको भिडन्तमा चितुवाको ज्यान गयो

गोरखामा कुकुरहरू मिलेर चितुवा मारेका छन्। पालुङटार नगरपालिका- ९ भोर्लेमा कुकुरहरूको आक्रमणबाट एउटा चितुवाको मरेको हो।

बिहीबार बिहान ५ बजेदेखि डेढ घन्टा चितुवा र कुकुर भीडन्त भएको थियो।

स्थानीय फुचुङ लामाको बाख्रा फार्मभित्र चितुवा पसेपछि फार्मकै सुरक्षाका लागि पालिएका कुकुर प्रतिकारमा उत्रिएका थिए। कुकुरले आक्रमणबाट चितुवाको घाँटीमा घाउ लागेको छ।

‘बाख्रा फार्ममा पुगेको चितुवालाई कुकुर जाइलागेछन्। छ वटा कुकुर मिलेर चितुवा मारेछन्,’ गोरखाका जिल्ला वन अधिकृत इमनाथ पौडेलले  भने, ‘भीडन्तमा एउटा कुकुर पनि मरेको छ। दुइटा कुकुर घाइते छन्।’

बाख्रा फार्मदेखि सालघारी बन हुँदै चिसापानीसम्म कुकुर र चितुवा भीडन्त गर्दै पुगेको बाख्रा फार्म सञ्चालक लामाले देखेका थिए।

कुकुरसँगको भीडन्तमा मारिएको चितुवा ‘कमन लियोपार्ड’ हो। पुच्छरसमेत गरी चितुवाको लम्बाइ पाँच फिट छ भने २ फिट अग्लो छ।

‘करिव डेढ/दुई बर्ष उमेरको चितुवा हो। बच्चा होइन,’ पौडेलले भने, ‘कुकुर पनि उन्नत जातका सिकारी खालका रहेछन्।’

मरेको चितुवालाई अहिले सदरमुकामस्थित जिल्ला वन कार्यालयमा ल्याइएको सेतोपाटीमा समाचार छ |

‘अब मुचुल्का गरेर चितुवालाई सुरक्षित ठाउँमा गाड्छौं,’ उनले भने, ‘तस्करहरूले उधिन्लान् भन्ने डरले सुरक्षित ठाउँमा गाड्नुपर्छ।’

कुकुरले चितुवा मार्ने घटना बिरलै हुने उनले बताए।

‘चितुवाले कुकुर मार्नु अनौठो होइन। तर कुकुरले चितुवा मारिदियो ठ्याक्कै उल्टो भयो,’ पौडेलले भने।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

ताप्लेजुङ हेलिकप्टर दुर्घटना: ‘मौसम खराबसँगै हतारो’

ताप्लेजुङ - करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा... बाँकी यता

tamang online / February 28, 2019

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution