हेडलाईन

ट्याक्सी चढ्ने हो ? अब ५ मिनेटमा घरमै लिन आउँछ         इजरायलमा नेपाली दुतावासले २५६३ औं बुद्ध जयन्ती मनाउने,नेपाली समुदायको संघसंस्थालाई सहभागी हुन आव्हान         प्रधानमन्त्री ओली र इजरायली प्रधानमन्त्री नेतान्याहु बीच टेलिफोन वार्ता         श्रीलंका बम विस्फोटमा परी ५० को मृत्यु ,दुई सयभन्दा बढी मानिसहरु घाइते         भारतीय दूतावासद्वारा तामाङ वस्तिमा रहेको छ्योइफेल गुम्बाको पुनर्निर्माण         ह्योल्मो समाज इजरायलले बार्षिक उत्सव तथा साधारण सभाको साथमा २५६३ औं बुद्ध जयन्ति मनाउने तयारी         कुलमान घिसिङको निर्देशन ‘ट्रेड युनियनको चुनावमा गाडी नदिनु’         स्वयम्भू र हनुमानढोका जोड्ने गुरुयोजना सार्वजनिक         महिलालाई चरित्रहीन भनेपछि बुद्धले मुखियाको एक हात समातेर बजाउन लगाए ताली         विप्लव समूहलाई नेपाल बन्द फिर्ता गर्न तामाङ घेदुङको माग         दोलखाको शैलुङमा हजारौं पर्यटक         इजरायलको टिकट काटेकी सुनिताको घरमा ‘अवैध प्रेमी’को लास         नेपाली युवतीलाई केन्याको डान्स बार पुर्याउने मानव तस्करी पक्राउ         अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलले नयाँ बर्ष २०७६ भव्यताको साथ मनायो         नेपाल, भारत र चीनकी चेलीले एकसाथ सगरमाथा चढ्ने        

युनियन हाइड्रोपावरको चैत १३ गतेदेखि आइपीओ खुल्ने

काठमाडौं : युनियन हाइड्रोपावरले चैत १३  गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३४ लाख ६३ हजार ६५४ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

न्युनतम ५० कित्ता देखि ३५ हजार कित्ता सम्म आवेदन दिन सकिनेछ । यसमा आवदेन दिने म्याद चैत गतेसम्म १७ हुनेछ । सो अवधिमा सबै बिक्री नभएमा बैशाख १२ गतेसम्म भर्न पाइनेछ ।

युनियनलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा ३५ लाख ३४ हजार ३४० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको थियो । यसअघि कम्पनीले सर्वसाधारणको लागि २९ करोड १२ लाख ५५ हजार रुपैयाँको २९ लाख १२ हजार ५५० कित्ता आइपीओ निष्कासन गर्ने जनाएको थियो ।

युनियनले लमजुङ जिल्लाका आयोजना प्रभावितलाई ७ लाख ५० हजार कित्ता आइपीओ खुलेकोमा १ लाख २८ हजार २१९ कित्ताको लागिमात्र आवेदन परेको थियो । उक्त समयमा नबिकेको ६ लाख २१ हजार ७९० कित्ता समेतलाई जोडर ३४ लाख ६३ हजार ६५४ कित्ता सेयर आइपीओ बिक्री गर्न लागेको हो ।

यसमा कर्मचारीहरुई २% अर्थात ७० हजार ६८६ कित्ता सुरक्षित गरिएको छ । यस आइपीओमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ । युनियनको जारी पुँजी ७५ करोड रुपैयाँ छ । इक्रा नेपालले यो आइपीओलाई कमजोर आधार जनाउने ग्रेड ५ रेटिङ दिएको छ ।

यस हाइड्रोपावरको प्रतिमेगावट लागत २६ करोड ५० लाख ९२५ रुपैयाँ रहेको छ । आयोजनाको कुल लागत ७९ करोड ५० लाख ७७ हजार ७४५ रुपैयाँ रहेको छ । कम्पनीले ३ मेगावटको परियोजना निर्माण गरिरहेको छ ।

यस परियोजनाको विद्युत उत्पादन अनुमति पत्र बाँकी अवधि २९ वर्ष रहेको छ । लगानी फिर्ता हुन १०.६१ वर्ष लाग्नेछ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

ताप्लेजुङ हेलिकप्टर दुर्घटना: ‘मौसम खराबसँगै हतारो’

ताप्लेजुङ - करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा... बाँकी यता

tamang online / February 28, 2019

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution