पोखरामा कोकोम्हेन्दो साहित्य समाजको नियमित रचना वाचनको १२ औं श्रृंखला सम्पन्न
पोखरा – अध्ययन , सिर्जना , वाचन र प्रकाशनको उद्देश्य सहित स्थापना भएको कोकोम्हेन्दो साहित्य समाज पोखराले आफ्नो मासिक रुपमा गरिने रचना वाचनको १२ औं श्रृंखला श्री तामाङ बौद्ध सेवा समिति संगमटोल पोखरामा सम्पन्न गरेको छ ।
कार्यक्रममा मनसुवा तामाङ, पवित्र तामाङ,अन्जना तामाङ, मिनमाया तामाङ , धनप्रसाद डुम्जन र दिपक वाईबा तामाङले आ-आफ्नो रचना वाचन गरेका थिए । सो अवसरमा संरक्षक धनप्रसाद डुम्जनले कवितामा लोक छन्दको विषयमा आफ्नो विचार समेत पोख्नुभएको थियो । तामाङ लोक कथा ,लोकोक्ति , मिथक लगायतका विषयहरु जोडेर तामाङ मातृभाषामा मौलिक साहित्यको प्रयोग गर्नुपर्ने बताउनु भयो ।
कोकोम्हेन्दो साहित्य समाजका संयोजक दिपक वाईबाको अध्यक्षतामा भएको कार्यक्रम सदस्य सचिव मिनमाया तामाङले सन्चालन गर्नुभएको थियो ।