हेडलाईन

राष्ट्रवादको आवरणमा जातिवादको खेती – मोहन गोले तामाङ         गणतन्त्र, संघीयता र धर्म निरपेक्षता माथि अझै खतरा !         साफ महिला च्याम्पियनसिप फुटबल पहिलो हाफ, भारत १ – १ नेपाल         बैंक खाता नचलाए निष्कृय, प्राथमिकताप्राप्त क्षेत्रमा ऋण नदिए बैंकलाई कारवाही गर्ने         परी तामाङ पक्राउ पर्दा अरुलाई चाहिँ किन छुट ?         गोरखामा कुकुरसंगको भिडन्तमा चितुवाको ज्यान गयो         अश्लिल अन्तर्वार्ता दिने परि तामाङ प्रहरीको फन्दामा         दुबै मिर्गौला पीडित आशोक लामा तामाङको लागि सहयोग अभियान सञ्चालन         काभ्रेमा प्रहरी र बिप्लवका कार्यकर्ता बीच गोलि हानहान         डिम्याट खाता के हो ? कसरी सञ्चालन हुन्छ ?         प्रधानमन्त्रीले सेयर किन्नको लागि दुईवटा डिम्याट खाता खोले, कति किन्लान् ?         आदिवासी जनजातिको सूचि पुनरावलोकन गर्न सिफारिस         दाहालविरुद्ध अमेरिकामा उजुरी, पक्राउ गर्न माग (उजुरीपत्रसहित)         नेपाल तामाङ घेदुङ इजरायलको पाँचौ अधिवेशन मे महिनामा हुदै         इजरायलमा कट्टरपन्थी यहुदी नेता बेन आरी माथि प्रतिबन्ध        

बोइङ: सफलताको आकाशमा उड्दै थियो, धर्तिमा बजारियो !

काठमाण्डौ । इथोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स विमान क्र्यास भएपछि यस्तै मोडलका अन्य विमानको सुरक्षामा समेत विश्वभर गम्भीर प्रश्न उठेको छ । लगभग विश्वका सबै सरकारहरुले बोइङको उडानमा प्रतिबन्ध लगाइसकेका छन् ।

त्यतिमात्र होइन, विश्वभरका कैयन एयरलाइन्स कम्पनीहरुले बोइङ खरीदका लागि दिएको अर्डर समेत रद्ध गर्न थालेका समाचारहरु प्राप्त भएका छन् । कतिपय कम्पनीले त बोइङ किन्ने पूर्व निर्णय रद्ध नै भएको घोषणा समेत गरिसकेका छन् ।

एजेन्सीहरुका अनुसार बोइङ–७३७ म्याक्स विमान लगातार क्र्यास हुन थालेपछि विश्वभरका कैयौ एयरलाइन्स कम्पनीहरुले यस्ता विमान खरीदका लागि बोइङलाई दिएको अर्डरमा पुनर्विचार गर्न थालेका छन्, जसका कारण कम्पनीले प्राप्त गरेको ६७ लाख करोड रुपैयाँ बराबरको अर्डरमा संकटको बादल मडारिन थालेको छ ।

पछिल्लोपटक इथोपियन एयरलाइन्सको बोइङ दुर्घटना भएको थियो, त्यसअघि अक्टूबरमा अर्को बोइङ समेत क्र्यास भएको थियो ।

गत महिना बोइङ–७३७ म्याक्सको मागलाई दुईगुणा गरेको(करिब २५ अर्ब डलरको अर्डर दिएको) विमान कम्पनी भियतजेट एभिएसन जेएससीले भनेको छ कि दुर्घटनाका खास कारण बाहिर आएपछि मात्र उसले विमान खरीदको विषयमा निर्णय लिनेछ ।

केन्या एयरवेज पिएलसीले म्याक्स खरीदको विषयमा गरिएको निर्णयमाथि पुनर्विचारमा रहेको बताएको छ भने उसले बोइङको प्रतिस्पर्धी कम्पनी एयरबस एसईबाट ए–३२० बिमान खरीद गर्न सक्नेछ ।

यस्तै, रुसको अर्को एयरवेज उतेयर एभिएसन पीजेएससीले ३० वटा विमानको डेलिभरी लिनुअघि बोइङबाट विमान सुरक्षाको ग्यारेण्टी खोजिरहेको समाचारमा उल्लेख छ ।

ब्लुमबर्गमा छापिएको एक रिपोर्टअनुसार दुर्घटनाका कारण इण्डोनेशियाको लाइन एयर फम्र्सले विमानका लागि गरेको २२ अर्ब डलरको अर्डर बोइङको ठाउँमा एयरबस जेटलाई दिइसकेको छ । विभिन्न स्रोतहरुलाई उद्धृत गर्दै समाचारमा यस्तो दाबी गरिएको छ ।

यस्तै, गरुड इण्डोनेशियाले विमानको अर्डर बोइङलाई नदिने पक्षमा उभिइसकेको छ भने साउदी अरब एयरलाइन्सले समेत बोइङलाई दिइएको ५.९ अर्ब डलर बराबरको अर्डर रद्ध गरिदिइसकेको छ ।

बोइङ–७३७ विश्वभरकै एभिएसन उद्योगमा सबैभन्दा बढी बिक्ने बिमानको मोडल हो । बोइङले सर्वाधिक कमाई पनि यो मोडलबाट गर्ने गर्छ । यो विमान पहिलोपटक १९६० को अन्तदेखि सेवामा आएको थियो ।

यसरी इथोपियन एयरलाइन्सको बोइङ विमान दुर्घटनापछि सफलताको आकाश चुमिरहेको बोइङ धर्तिमा बजारिने अवस्थामा पुगेको छ ।बिज्शालाबाट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

ताप्लेजुङ हेलिकप्टर दुर्घटना: ‘मौसम खराबसँगै हतारो’

ताप्लेजुङ - करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा... बाँकी यता

tamang online / February 28, 2019

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution