हेडलाईन

राष्ट्रवादको आवरणमा जातिवादको खेती – मोहन गोले तामाङ         गणतन्त्र, संघीयता र धर्म निरपेक्षता माथि अझै खतरा !         साफ महिला च्याम्पियनसिप फुटबल पहिलो हाफ, भारत १ – १ नेपाल         बैंक खाता नचलाए निष्कृय, प्राथमिकताप्राप्त क्षेत्रमा ऋण नदिए बैंकलाई कारवाही गर्ने         परी तामाङ पक्राउ पर्दा अरुलाई चाहिँ किन छुट ?         गोरखामा कुकुरसंगको भिडन्तमा चितुवाको ज्यान गयो         अश्लिल अन्तर्वार्ता दिने परि तामाङ प्रहरीको फन्दामा         दुबै मिर्गौला पीडित आशोक लामा तामाङको लागि सहयोग अभियान सञ्चालन         काभ्रेमा प्रहरी र बिप्लवका कार्यकर्ता बीच गोलि हानहान         डिम्याट खाता के हो ? कसरी सञ्चालन हुन्छ ?         प्रधानमन्त्रीले सेयर किन्नको लागि दुईवटा डिम्याट खाता खोले, कति किन्लान् ?         आदिवासी जनजातिको सूचि पुनरावलोकन गर्न सिफारिस         दाहालविरुद्ध अमेरिकामा उजुरी, पक्राउ गर्न माग (उजुरीपत्रसहित)         नेपाल तामाङ घेदुङ इजरायलको पाँचौ अधिवेशन मे महिनामा हुदै         इजरायलमा कट्टरपन्थी यहुदी नेता बेन आरी माथि प्रतिबन्ध        

इजरायल:यो हप्ता महामहिम राजदुत शाक्यको स्वागत देखि भ्रमण कार्यक्रम सम्म हुदै

तामाङअनलाइन – यो हप्ता तेलअविव इजरायलको लागि नेपाली राजदुत डा.अन्जान शाक्यको स्वागत तथा अन्तरक्रिया कार्यक्रम ,दुइ वटा संस्थाको अधिवेशन, लोसार , वनभोज र भ्रमण कार्यक्रम  हुने भएको छ | प्रत्तेक महिनाको १० तारिख पछि आउने शुक्रबार /शनिबार यसै गरी विभिन्न संघसंस्थाको कार्यक्रमहरु हुने गर्दछ |

   स्वागत तथा अन्तरक्रिया कार्यक्रम

 

इजरायलमा रहेका राजनीतिक, सामाजिक,आदिवासी जनजातिका संस्था , साहित्यिक , धार्मिक संघ सस्थाहरुले नवनियुक्त नेपाली राजदुत डा.अन्जान शाक्यको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सामुहिक रुपमा गर्ने भएको छ |

कार्यक्रम यहि आउँदो १५ मार्च २०१९ (शुक्रबार) सेन्ट्रल बसपार्क स्थित एभरेष्ट डिस्को हलमा बेलुका ठिक ५ बजे देखि हुने भएको छ |
स्वागत कार्यक्रम संगै इजरायलमा रहेका नेपालीहरुले भोग्नु परेको समस्याका समाधानका लागि अन्तरक्रिया हुने समेत आयोजकले बताएको छ |

कार्यक्रम प्रवासी नेपाली एकता मंच इजरायल,नेपाली संङघीय समाज इजरायल , नेपाल तामाङ घेदुङ इजरायल, नमस्ते नेपाल हातेमाले सामाजिक संस्था इजरायल ,सत्य साई सेन्टर इजरायल , नेवा ख:ल,इजरायल , किरात राई यायोख्या नेपाल इजरायल , नेपाली नारी आबाज इजरायल, बिश्व नेपालि साहित्य महासंघ इजरायल शाखा, मातृभूमिका लागि पर्बत सेवा समाज इजरायल,लुम्बिनी कपिलबस्तु अभियान इजरायल , हेल्पिंग हेन्ड्स सोसाइटी इजरायल , हिन्दु जागरण इजरायल र किरात याक्थुङ चुम्लुङ इजरायल गरी १४ वटा संस्था मिलेर आयोजन गर्ने भएको छ |

स्वागत तथा अन्तरक्रिया कार्यक्रममा इजरायलमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा सहभागिताको लागि आयोजकले आग्रह गरेको छ ।

झापाली समाज इजरायल – तेश्रो अधिवेशन


इजरायलमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज इजरायलले तेश्रो अधिवेशन गर्ने भएको छ ।गृह जिल्ला तथा नेपालका बिभिन्न ठाउमा सक्रियरुपमा दुखी पिडितलाई सहयोग र निरन्तर सामाजिक कार्य गर्दै आएको समाजले यहि मार्च १५ बाट २०१९/२० को नयाँ कार्यसमिति अधिवेशन मार्फत चयन गर्ने भएका छन् |

तत्कालिन भोला थापाको नेत्रित्वमा २०१५ मा इजरायलमा स्थापना भएको समाजले ललितचन्द्र बजगाई हुदै हाल गणेश गौतम सागरको नेत्रित्वमा सक्रियरुपमा बिभिन्न सामजिक कार्य गर्दै आईरहेको छ ।

समाजका अध्यक्ष गणेश गौतम सागरले अधिवेसनको सम्पूर्ण तयारी लगभग पुरा भएको र अब बन्ने समितिले अझ धेरै सामाजिक कार्यमा सकृय रहने भएको हुदा इजरायलमा रहेका धेरै भन्दा धेरै झापालीहरुलाई तथा गैर झापालीहरुलाई अधिवेशनमा उपस्थित भई कार्यक्रमलाई भब्य बनाउन अनुरोध गरेको कुरा ब्यक्त गरेका छन् ।

अधिवेशन मूल आयोजक समितिका संयोजक तथा समाजका संरक्षक जय ओडारीका अनुसार हुन गईरहेको उक्त अधिवेसन कार्यक्रममा भर्खरै इजरायलमा आउनु भएको नव नियुक्ति महामहिम नेपाली राजदुत डा. अन्जान शाक्यलाई समाजका तर्फबाट स्वागत गर्ने कार्यक्रमपनि तय गरिएको बताएका छन् ।

 शेर्पा संघ इजरायल – ग्याल्बो लोसार  

शेर्पा संघ इजरायलको आयोजकत्वमा बौद्द धर्मावलम्वीहरुको महान राष्ट्रीय चाड २१४६ औं सा मो फाग-ल्हो ( सुंगुर बर्ग ) ग्याल्पो लोसार साँझ कार्यक्रम याधरुचिम १५ स्थित ,इभ हल(EVE) मा भव्यताका साथ मनाउने कार्यक्रम रहेको छ|

बिश्वको सम्पुर्ण शेर्पाहरु एक हौं, कला, भाषा र संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गरौं भन्ने मुल नाराका साथ शेर्पा बौद्ध धर्मावलम्वीहरुको महान राष्ट्रिय चाड “२१४६ औं सा मो फाग-ल्हो ( सुंगुर बर्ग ) ग्याल्पो ल्होसार मनाउन लागेको हो |

यस अघि मार्च १६ तारिख (शनिबार)लोसार साँझ कार्यक्रम गर्ने भनेकोमा हाल एकदिन अघि सारेर शुक्रवार लोसार साँझ कार्यक्रम गर्न हुने भएको छ |

इजरायलवासी सम्पुर्ण शेर्पा दाजुभाइ दिदिबहिनी तथा सम्पुर्ण इजरायलमा कार्यरत नेपालीहरुमा उपस्थितीको लागि हार्दिक आमन्त्रण गरेको छ |

बृहत परिचयात्मक तथा रात्रीभोज कार्यक्रम

नेपाली काङ्ग्रेसको प्रबासी भातृ संगठन नेपाली जनसम्पर्क समिती इजरायलले दोस्रो एेतिहासिक अधिबेशन कार्यक्रम गत january 18th मा सम्पन्न पाश्चात् जनसम्पर्क समिती इजरायलको संगठनलाई चुस्तदुरुस्त , चलायमान , सशक्त र अझै बलियो बनाउने हेतुले आउदो १५ मार्च (शुक्रवार) बेलुका ६ बजे यारकोन पार्क तेलअविवमा “बृहत परिचयात्मक तथा रात्रीभोज कार्यक्रम”को आयोजन गर्ने भएको छ |
इजरायलमा छरिएर रहनु हुने विभिन्न पेशामा आबद्ध प्रजातान्त्रिक पद्धतिमा आस्थावान रहि राष्ट्रियता , लोकतन्त्र र समाजबादलाई आफ्नो राजनीतिक आदर्श ठानि नेपाली काङ्ग्रेसलाई माया गर्नु हुने सम्पुर्ण काङ्ग्रेसजनहरुलाई उपस्थितको लागि अनुरोध गरेको छ |

नेपाल आदिवासी जनजाती महासंघ इजरायल – सद्भाव भ्रमण

नेपाल आदिवासी जनजाती महासंघ इजरायलले आउँदो १६ मार्च २०१९ (शनिबार) सद्भाव भ्रमण कार्यक्रमको आयोजन गरेको छ | इज रायलवासी सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुलाई भ्रमण कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गरेको छ |

प्रवासी सृजनशील महिला समुह दमक (हाल इजरायल) – तेश्रो बार्षिकउत्सव

प्रवासी सृजनशील महिला समुह दमक (हाल इजरायल ) को तेश्रो बार्षिक उत्सव यहि आउदो १६ मार्च २०१९ (शनिबार)को दिन यसोदामाला ३८ तेलअविवमा रहेको हलमा बिहान १०:०० देखि हुने भएको छ |

केहि प्राबिधिक समस्याले गर्दा पुर्व जानकारी गराइएको स्थानमा कार्यक्रम नभएर सोहि मिति र समयमा यसोदामाला ३८ हुने भएको जानकारी दिदै प्रवासी सृजनशील महिला समुह दमक (हाल इजरायल)ले इजरायलमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुमा उपस्थितिको लागी हार्दिक निमन्त्रणा गरेको छ |

प्रकाशित १३ मार्च २०१९






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

ताप्लेजुङ हेलिकप्टर दुर्घटना: ‘मौसम खराबसँगै हतारो’

ताप्लेजुङ - करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा... बाँकी यता

tamang online / February 28, 2019

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution