हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

इजरायली कृषिमा पानीको उपयोग र प्रविधिको प्रयोग संसारकै नमुना

काठमाडौं : ‘इजरायल नेपालभन्दा सात गुणाले सानो छ तर कृषिमा महत्वपूर्ण भूमिका निर्वाहा गरेको छ’ दोस्रो साना किसान सम्मेलनको क्रममा नेपालका लागि इजरायलका राजदूत बेनी ओमरले भने। त्यस्तै इजरायली कृषि प्रविधि र नेपाली युवा विषयक शत्रमा इजरायली कृषि काउन्सिलरका दान अलुफले पनि सोही विषय दोहोर्‍याए ‘कृषिका विषयमा इजरायल संसारमै चिनिनुको पहिलो कारण ‘थोपा सिँचाइ मोडेल’, यो मोडेल इजरायलले सुरु गरेको हो’ आलुफले भने ‘पानीको भरपुर सदुपयोग हाम्रो सफलता हो।’

इजरायल देश जन्मिएको सात दशकको अवधिमा कृषिमा संसार नै चकित पर्नेगरी काम गरेको नेपालका विज्ञहरूको भनाइ छ। साना किसान विकास कार्यक्रम अन्तर्गत नेपालबाट अहिलेसम्म दुई हजार सात सय विद्यार्थी इजरायलमा कृषिसम्बन्धी अध्ययन गर्न गएका छन्।

इजरायल कृषि क्षेत्रका हिसाबले नेपालभन्दा १५ गुणा सानो भएको विज्ञहरूको भनाइ छ। इजरायलको ६० प्रतिशत जमिन मरुभूमिमा पर्छ। थोपा सिँचाइ, कृषि प्रविधि र समयको सदुपयोगबाट इजरायलले कृषिमा आश्‍चर्यजनक विकास गरेको इजरायलमा काम गरेर आएका युवाको बुझाइ छ।

कृषिको उल्लेख्य विकास गर्न कस्तो बाली लगाउने भन्ने विषय इजरायलले पहिले टुंगो लगाउछ। उत्पादनको आधारमा शित भण्डारदेखि अन्य विषयलाई पनि समयमै टुंगो लगाउछ। ‘इजरायलको सरकार धेरै समय कृषकका समस्या सुन्न केन्द्रित हुन्छ’ कृषि सम्मेलन आएर नेपाली कृषकका समस्या सुनेका आलुफले भने ‘कृषकका समस्या समाधान गर्न तत्काल नीतिगत निर्णय लिन्छ।’ उनले इजरायलमा सबैभन्दा बढी सम्मान कृषकको हुने गरेको बताए।

इजरायलका प्रतिनिधिहरूले कृषको सम्मान र कृषिका समस्या तत्काल समाधानका साथै निरन्तर योजना बनाएर अघि बढेको बताउँदा नेपालका जनप्रतिनिधहरूले किसानलाई दुःख दिने, कृषि क्षेत्रका लागि राखेको बजेटको दुरूपयोग गर्ने गरेको उनले गुनासो गरे।

प्रदेश ३ का सांसद पशुपति चौलागाईंले सरकारले बनाएको २० वर्षे कृषि रणनीति कृषिकको लागि नभएर सीमित रकम सकाउने काम मात्रै भएको बताए। ‘कृषि विकासको समस्या नै २० वर्षे कृषि रणनीति भयो, हामीले खै रणनीतिभन्दा मन्त्रालय नेपालीमा छैन भन्छ’ चौलागाइले भने ‘यसैको कारण नै नेपालमा कृषिको विकास हुन नसकेको देखिन्छ।‘

उनले अनुसन्धानमा नेपाली कमजोर रहेको कृषिका लागि छुट्टाउने बजेट दुरुपयोग भएको लगायतका कारणले कृषिमा परनिर्भरता बढ्दै गएको बताए। कृषिमा ठूलो जोखिम भए पनि जोखिम न्यूनीकरणमा अझै ध्यान नपुगेको उनको भनाइ छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले भने कृषिको विकासको लागि सरकारले प्रयाप्त ध्यान पुगेको दाबी गरेका छन्। उनले यो सरकार आएपछि कृषिलाई प्राथमकिता दिएको बताए। ‘कृषिमा जोखिम बढी छ भनेर नै सरकारले यो क्षेत्रलाई संरक्षण गरेको छ’ खितवडाले भने ‘अन्तर्राष्ट्रिय बजारमा प्रतिकिलो ४६ रुपैयाँसम्म पर्ने रसायनिक मल सरकारले दिएको छुटको कारण नेपाललमा १६ रुपैयाँमा पाइन्छ।’

खतिवडाले कृषि क्षेत्रमा गएको अनुदानको सदुपयोग विगतमा नभएको गुनासो आएको कारण अहिले स्थानीय तहलाई नै कृषि अनुदानको जिम्मा दिएको भन्दै अब सहयोग पुग्ने बताए। कृषिमा बीमाको दायार बढ्दै गएको अवस्थामा बैकले पनि कर्जा दिन समस्या नरहने खतिवडाको भनाई छ। थाह खबर ग्याम्से |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution