हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

तामाङ जातिको मृत्यु संस्कार

नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार तामाङ जातिको जनसंख्या महिला ७ लाख ९४ हजार ९ सय २२ र पुरुष ७ लाख ४४ हजार ८ सय ६८ जना गरी जम्मा १५ लाख ३९ हजार ८ सय ३० जना रहेका छन् ।

गुरुङ रामप्रकाश समथिङ

तामाङ जाति बौद्ध धर्म मान्ने भएकोले तामाङ जातिको जन्मदेखि मृत्युसम्मको संस्कारहरु लामा विधिबाट गर्ने गर्दछ । मानिसको मृत्यु भइसकेपछि साइत हेरेर मात्र गाड्न वा जलाउन लाने चलन छ ।

तामाङ जातिमा मान्छेको मृत्युपश्चात् घरमा सफा ठाउँमा मृतकलाई राख्ने गर्दछ । त्यसपछि लामाले मृत्यु संस्कारको विधि गरेपछि मृतकको लासलाई घुँडा खुम्च्याई पद्यासनमा राखी हातलाई दुई खुट्टा बीचमा छिराएर ठाडै बसाएर राख्दछन् । अनि लासको छेउमा थालमा चामल र चामलमाथि बलेको बत्ती राख्ने गर्दछ । पुरुष भए साथमा खुकुरी समेत राखीदिन्छ । विवाहित महिलाको मृत्यु भएको छ भने उसको माइतीलाई खबर गरिन्छ । अनि माइती पक्षको कोही आफन्त नआएसम्म केही पनि गरिन्न । माइती पक्षबाट आइसकेपछि लामालाई मृत्यु संस्कारको प्रक्रिया अगाडि बढाउन अनुरोध हुन्छ । मृत्यु संस्कारको घरमा गर्ने जति विधि लामाले सकेपछि लासलाई जंगलतिर लाने प्रक्रिया अगाडि बढाउँछ ।

लासलाई जंगलमा लानु अगाडि कपडा फेरिदिन्छ । नयाँ कपडा फेरिदिएपछि लासलाई सेतो कपडाले बेर्दछ । लासको कुम र टाउकोमा अबिर तथा कुममा खादा लगाई टाउकोमा पञ्चबुद्ध अंकित चित्र भएको लाइदिन्छ । त्यसपछि लामाहरु आफ्ना विभिन्न सामाग्रीहरु बजाउँदै अघि–अघि र लास बोक्ने छोरा, ज्वाइँ, आफन्त र मलामीहरु पछि–पछि चिहानघारीतिर लाग्दछ । चिहानघारीमा पु¥याइसकेर लासलाई भुइँमा राखी मृतकको आत्मा शान्तिको लागि भनेर घरकोले र आफन्तहरुले १०८ देखि १००० वटासम्म बत्ति बाल्दछ ।

तामाङ जातिमा बाल बच्चा, धामी झाँक्री र औतारी लामाहरुको मृत्यु भएको हो भने जलाउने काम कहिल्यै पनि गर्दैनन् । ती मृतकका लासलाई चिहानघारीमा लगेर खाल्डो खनेर माटोले पुर्ने गर्दछ । तर अन्य उमेरका मरेको खण्डमा जलाउँछ । तामाङ जातिले जहिले पनि सिधैं ठाडो चिता बनाउने गर्दछ । लोग्ने मानिसको मृत्यु भएको हो भने नौ खाप र महिलाको मृत्यु भएको हो भने सात खाप दाउराको चिता बनाउँछ । तामाङ जातिले चिता बनाउँदा जंगलको रुखहरु अंगेरी र चिलाउनेको दाउरा कहिल्यै पनि प्रयोग गर्दैनन् । लासको अन्तिम संस्कार गरी सकेपछि मलामीहरुलाई त्यही खाजा खुवाउँछ । मलामीहरु घर फर्केर आउँदा चिहानघारीतिर फर्काएर काँडा र बलेको आगोको अगुल्टो बाटोमा राखिएको हुन्छ । जुन काँडा र अगुल्टोलाई नाघ्दै मलामीहरु आउनु पर्ने हुन्छ । मलामीहरु घरमा पुगेपछि पानीले नुहाएर मात्र घरभित्र पस्नु पर्ने हुन्छ । घरभित्र पस्दा तितेपातीको पानीले छर्कन्छ । अनि मलामीहरुलाई भुटेको खाजा र जाँड ख्वाई लामाले चोख्याउँछन् ।

तामाङ जातिमा किरिया बार्दाखेरी हिमाली जनजातिको प्रभाव परेको ठाउँमा बसोबास गर्ने तामाङहरुले खासै किरिया बार्ने गर्दैनन् । तर, हिन्दु धर्मको प्रभाव रहेको ठाउँमा बसोबास गर्नेहरुले तेह्र दिनसम्म किरिया बार्ने गर्दछ । अनि तीन दिनमै घेवा (सुद्घाइँ) गर्दछ । घेवा ४९ दिन या ०६ महिनासम्ममा पनि गरिन्छ । तामाङ जातिको मानिसको मृत्यु भएपछि पितृहरुको उद्धार र सम्झनाको लागि ठाउँ–ठाउँमा माने (चैत्य) बनाइदिने गर्दछ । प्रायःजसो माने बनाउँदा मानिसहरु हिँड्ने बाटोलाई ध्यान दिई बनाउने गर्दछ । बटुवाहरुले मानेलाई दायाँ पारेर हिँडेमा धर्म मिल्छ भन्ने तामाङ जातिमा विश्वास छ । माने बनाइसकेपछि गाउँले तथा आफन्तहरुलाई भोज ख्वाउने गर्दछ ।

सन्दर्भ सामाग्री

१ लेखक रामप्रकाश समथिङ, जिल्ला विकास समितिको कार्यालय फिदिम, पाँचथर र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् पाँचथरद्वारा प्रकाशित– पाँचथरका आदिवासी जनजातिहरु जेष्ठ–२०६६
२ लेखक प्राज्ञ इन्द्रबहादुर गुरुङ, काशीपरी गुरुङद्वारा प्रकाशित तमु (गुरुङ) सांस्कृतिक दिग्दर्शन–असोज २०६८
३ लेखकद्वय ताम्ला उक्याव र श्याम अधिकारी, श्री ५ को सरकार (हाल नेपाल सरकार) स्थानीय विकास मन्त्रालय राष्ट्रिय जनजाति विकास समिति काठमाडौंद्वारा प्रकाशित नेपालका जनजातिहरु बैशाख–२०५७
४ लेखक मधुसुदन पाण्डेय, पैरबी प्रकाशनद्वारा प्रकाशित नेपालका जनजातिहरु– २०६१
५ सम्पादक पवन चामलिङ ‘किरण’ निर्माण प्रकाशन गुम्पा घुर्पिसे, नाम्ची, दक्षिण सिक्किमद्वारा प्रकाशित वर्ष १९, अंक ३४—निर्माण संस्कृति विशेषाङ्क, अप्रिल– सन् १९९९
६ लेखक डा.हर्क गुरुङद्वारा लिखित नेपाल आदिवासी जनजाति महासंघद्वारा प्रकाशित–जनजाति सेरोफेरो मे—२००६
(अर्को अंकमा भुजेल जातिबारे लेख प्रकाशन गरिनेछ ।)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution