तामाङ युवा मन्च मलेशियाद्वारा मकवानपुरको दुई गुम्बालाई आर्थिक सहयोग
हेटौडा: नवगठित नेपाल प्रवासी तामाङ युवा मञ्च मलेसियाले मकवानपुरको दुइ गुम्बालाई आर्थिक सहयोग गरेको छ । तामाङ समुदायको सास्कृतिक पर्व २८५५ सोनाम ल्होछारको अबसर हेटौंडा वडा नम्बर १९ मा रहेको डोदोन गुम्बा द्वारा संचालित सृजनाशिल बौद्ध अनाथ आधारभूत बिद्यालयलाई १४ हजार ३ सय सतचालिस रुपैया आर्थिक सहयोग गरेको छ ।
त्यस्तै, मकवानपुरगढी गाउँपालिका वाड नम्बर २ बर्भन्ज्याङ स्थित टाशी देछेन छ्योइलिङ गुम्बाको लागी बिस हजार रुपैया आर्थिक सहयोग गरेको छ । तामाङ समुदायको भाषा, धर्म, संस्कृति जगेर्ना गर्ने, रोजगारीमा समस्या परेका नेपालीको उद्धार र सहयोग गर्ने उद्येश्यले तामाङ जातिको गुम्बा, म्हने, छ्योर्तेन पुनर्निर्माण कार्यमा आर्थिक सहयोग जुटाउने लगायत स्वास्थ्य, अनाथ बालबालिका र शिक्षा क्षेत्रमा छात्रवृत्ति दिने लगायतका उद्देश्य लिएर मञ्च गठन गरिएको अध्यक्ष प्रकाश वाइबाले बताउनु भयो ।
पहिलो सामाजिक कार्यको रुपमा गुम्बा निर्माण र अनाथ बालबालिकाको लागि ३४ हजार ६ सय २५ रुपैयाँ संकलन गरि पठाएको थियो ।
तामसालिङ खबरबाट