बौद्धनाथमा यात्रा गर्दै कला साहित्य सिर्जना
काठमाडौं। यात्रासँगै कला, साहित्य सिर्जनामा केन्द्र्रित जेसुम यात्राको पाचौं शृंखला पनि कला, साहित्य सिर्जनामा केन्द्र्र्रित रह्यो । यसपटक राजधानीको बौद्ध महाचैत्यको एक घण्टा कोरा (परिक्रमा) गरेर शनिबार थकाइ मार्दै शनिबार कलासाहित्य सिर्जना गरे । सोनाम ल्होछारको सन्दर्भसमेत पारेर बौद्धमा आयोजित यसपटकको यात्रा सिर्जना बौद्धनाथ सम्पदा र त्यहाँको संस्कृतिमाथि केन्द्रित रहेको यो अभियान संयोजक एवं कवि अनिता लामाले बताइन् ।
बौद्ध तामाङ कल्याण गुठीको सहकार्य स्रष्टाहरूले स्थलगत सिर्जनापछि चित्र प्रदर्शनीसँगै कविता वाचन गरे । कार्यक्रममा स्थानीय जनप्रतिनिधिदेखि सांसद कृष्ण राईसमेत सहभागी भए । बौद्धनाथको इतिहास र रोचक सन्दर्भहरूबारे बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वअध्यक्ष सम्पूर्णकुमार लामा र बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजित लामाले कवि तथा चित्रकारहरूलाई प्रकाश पारेका थिए ।
त्यसपछि कविहरू अनिता लामा, शशी लुमुम्बू, फूलमान वल, विना थिङ, रमेश कँडेल, शुक्र राई, विनु पोखरेल, गायत्री धिताल, वीरवल तामाङ, धर्मनन्द भट्ट, जगत तामाङलगायतले विश्व सम्पदा सूचीमा परेको बौद्धनाथको सौन्दर्य, यसको सांस्कृतिक, धार्मिक महŒव, उत्पति कथादेखि पछिल्लो सन्दर्भसमेत समेटेर कविता लेखे । कार्यक्रममा उनीहरूले आफ्ना कविता वाचन गरे । चित्रकारहरू एनबी गुरुङ, डिराम पाल्पाली, डिबी राई, विनोदकुमार गुप्ता र दीपेन्द्रमान बनेपालीले पनि बौद्धनाथमाथि केन्द्रित रहेर चित्र बनाउँदै त्यहाँ प्रदर्शनी गरे ।
सो प्रदर्शनीकै क्रममा चित्रकार डिराम पाल्पालीको बौद्ध ल्यान्डस्केप चित्रलाई एक ताइवानी नागरिकले १५ हजार रुपैयाँमा खरिद गरेका थिए ।
कवि गोष्ठीमा सांसदद्वय कृष्ण राई, छिरिङदोर्जे लामा, बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वअध्यक्ष सम्पूर्णकुमार लामा, वर्तमान अध्यक्ष चन्द्रमान लामा, लेखक एवं पूर्ववडाध्यक्ष नेपालजित लामा, वडाध्यक्ष दीपेन्द्र लामालगायतले कार्यक्रममा सो यात्रा र कला सिर्जनाबारे आफ्ना भनाइ राखे । राजधानि दैनिक