सिड्नीमा सोनाम ल्होछार २८५५ भव्यताका साथ सम्पन्न
सिड्नी । तामाङ समाज सिड्नी, न्यु साउथ वेल्सले सोनाम ल्होछार २८५५ सांस्कृतिक कार्यक्रम गत शनिबार साँझ आसफिल्ड सिविक सेन्टरमा भव्यताको साथ सम्पन्न गरेको छ |
नेपाल ताम्बा संघका अध्यक्ष धावा वाङगेल मोक्तान प्रमुख अतिथि रहेको थियो । कार्यक्रममा उनले विगत २५० वर्ष देखि निरन्तर रुपमा तामाङको पहिचानलाई समाप्त पार्न चालेको हरेक कदमहरूलाई विफल पार्दै बचेका र बचाइएको हाम्रो पहिचान अबको पुस्ताले राज्यसँग लडाइँ लड्दै जोगाउन पर्छ भनी जोड दिए ।
त्यसैगरी विशेष अथिति एवं सल्लाहकार गणेश तामाङले ल्होछारको शुभकामना दिने क्रममा तामाङको शक्ति बाट हार मान्दै नेपाल सरकारले सोनाम ल्होछारको दिन साँझ बाध्य भएर बिदा घोषणा गरे। सांस्कृतिक रुपमा तामाङहरु जागिसकेकाले अब राजनीतिक जागरणमा एकता हुनुको विकल्प नरहेको उनले बताए ।
विशेष अतिथि पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार आदिवासी जनजाति मन्च अष्ट्रेलियाका वर्तमान अध्यक्ष अरुण तामाङले हामी ल्होछार मनाउँदै गर्दा यस भूमिको आदिवासीलाई सम्मान र सम्झना गरौँ र विश्वका आदिवासीहरूको समस्यामा आवाज उठाउनु पर्नेमा जोड दिए ।
उनले शुभकामना दिने क्रममा तामाङको पहिचानलाई स्थापित गर्न, विशेष गरी सिड्नीमा धेरै परिश्रम गरेको र अब हामी बृहत् र सक्षम भएको महसुस भएको दावी गरे ।
समाजको अध्यक्ष सुनधोर्जे तामाङले सबैलाई शुभकामना दिएका थिए भने प्रायोजकहरूलाई विशेष धन्यवाद दिएका थिए।
साँस्कृतिक कार्यक्रम हेर्दा यस्तो लाग्थ्यो कि हामी कतै तामाङसालिङ अर्थात् तामाङ ह्युल्सा मा नै थियो।
ताम्बाको विशेष प्रस्तुति नै कार्यक्रम मुख्य आकर्षण थियो । तथापि तामाङ सेलो नयाँ पुस्ताको, पप, र्याप, र विभिन्न विधाका नृत्यहरुले दशर्कलाइ मन्त्र मुग्ध बनाएर साँझ अबेरसम्म भुलाएका थियो ।