हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

इजरायलमा म्हेन्दो माया गायक रोशन फ्युबा तामाङको बबाल प्रस्तुति (भिडियो)

तेलअविव – नेपाल तामाङ घेदुङ इजरायल द्वारा आयोजित मन्जुश्री संवत् २८५५ फाग ड्वा ल्हो/संगुर वर्ग सोनाम ल्होछार सास्कृतिक साँझ २०१९ कार्यक्रम गत शुक्रबार (८ फेब्रुअरी २०१९) तेलअविव इजरायलमा भव्यताको साथ सम्पन्न भएको छ |

ल्होछार सांस्कृतिक कार्यक्रमको लागि नेपालबाट आमन्त्रित म्हेन्दो माया गायक रोशन फ्युबा तामाङले भर्पुक मनोरन्जन प्रदान गरेको थिए |

रोशन फ्युबा तामाङ (भिडियो)

****

नेपाल तामाङ घेदुङ इजरायलका अध्यक्ष एवम् कार्यक्रमका सभापति अनिता तामाङले राख्नु भएको मन्तव्यको केहि अंश :

आदरणीय महानुभावहरु, नेपाल बहुसांस्कृतिक, बहुभाषिक, र बहुधार्मिक समुदायहरु बसोबास गर्दै आएको मूलूक हो । यहाँ विभिन्न जातजातिहरुको मौलिक संस्कृति परम्परा र भाषा धर्म जिवन शैली रहेको छ । वर्षमा सयौ चाडपर्वहरु नेपालमा मनाईछन् । यी चाडपर्वहरुले नेपालको विभिन्न जातिय समुदायको जवनशैली र सभ्यताहरुलाई डोर्याइरहेको पाईन्छ । विशेष गरेर चाडपर्वहरु नागपञ्चमी देखि शुरु भएर वसन्त पञ्चमीसम्म करिव करिव समापन हुने गर्दछ । किसानहरु आफ्नो सवै कामहरु सकाएर चाडपर्वलाई उत्सवका रुपमा मनाउदै आउने गर्दछन् ।नेपालमा नेपाल तामाङ घेदुङ र विभिन्न तामाङ संघसंथाहरुको सयुक्त आयोजनामा सोनाम ल्होछार २०७५ माघ २२ गते का दिन टुडिखेलमा भव्यताका सम्पन्न भैसकेको छ | यसै गरि नेपाल तामाङ घेदुङ इजरायाल द्वारा इजरायलमा बसोबास गर्दै आएका हामि प्रवासीहरुको समयलाई मध्यनजर गर्दै आज खी ल्हो (कुकुर बर्ष ) लाइ बिदाई गर्दै फाग /ड्वा ल्हो (सुंगुर वर्ष) लाई हर्षोल्लासका साथ भब्य स्वागत गर्दै मनाउन गइरहेका छौ । यसै शुभ अवसरमा देश बिदेशमा रहनु हुने साथै याहा उपस्थित हुनुहुने प्रमुख अतिथि ,बिसेष अतिथि र अतिथि ज्युहरु लगायत उपस्थित हुनुभएका तमाम दाजुभाई तथा दिदीबहिनीहरुमा नेपाल तामाङ घेदुङ इजरायलको तर्फबाट र मेरो ब्यक्तिगत तर्फाबाट सोनाम ल्होछार मन्जुश्री संवत २८५५ फाग/ड्वा ल्हो सुंगुर वर्गको पावन अवसरमा सुख शान्ति, सु स्वास्थ्य, समृद्दी उन्नति एवं उत्तरोउत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु |

आदरणीय महानुभावहरु आज म तपाईहरुको विचमा तपाई हामीले मनाउदै आएको ऐतिहासिक,ल्होछारको बिसेषता सम्बन्धि केहि कुराहरु प्रस्ट्याउन गईरहेको छु ।

तामाङ भाषामा ”ल्हो” को अर्थ साल, सम्वत, वर्ष वा वर्ग हो भने “छार”को अर्थ नयाँ, अर्थात ल्होछारको अर्थ नयाँ वर्ष हो । तामाङहरु ल्हो लाई वर्ग पनि भन्दछ विभिन्न पशुपंक्षीहरुको नामबाट “ल्हो” राखिएको हुन्छ । यहि १२ ल्हो मध्ये प्रत्येक ल्हो एक–एक बर्षमा परिवर्तन हुन्छ । यहि ल्हो फेरिने दिनलाई तामाङ भाषामा ल्होछार वा नयाँ वर्ष भनिन्छ । यस पर्वलाई तामाङहरुले सांस्कृतिक परम्परा अनुसार लगातार १५ दिन सम्म मनाउदै आएको थियो तर यसरी मनाउदा खर्चिला र भड्किला हुने भएकोले नेपाल तामाङ घेदुङले यसलाई घटाएर ५ दिन मात्र मनाउन आग्रह समेत गरेको थियो ।

आदरणीय महानुभावहरु, नेपालको पहाडी हिमिाली क्षेत्रमा बढि केन्द्रीत भएर फैलिएको मंगोल समुदायको मात्र नभएर ल्होछार एसियाका समग्र मङगोल समुदायकै साझा सांस्कृतिक पर्वको रुपमा समेत रहेको छ । संसार भर खास गरेर मंगोल मूलका देशहरु यसै दिन माघ शुक्ल प्रतिपदा देखि ”ल्होछार” बडा हर्षोल्लासका साथ धुमधामले मनाउने गर्दछन् । तिव्वतीहरु यसलाई ल्होसार भन्दछन्, चिनीयाहरुले वसन्त उत्सव(SPRING FESTIVAL) का रुपमा सात दिन राष्ट्रिय विदा सहित धुमधाम का साथ मनाउदछन् । यहि दिन र समयमा चिन, कोरिया, जापान, मलेशीया, हङकङ, सिंगापुर, भियतनाम, लाओस, थाईल्यान्ड, बर्मा लगाएतका देशहरुमा यो पर्व आ–आफ्नो भाषागत नाम र सांस्कृतिक विश्वासअनुसार मनाइन्छ ।

आदरणीय महानुभावहरु, प्राचिन किम्बदन्ती र चिनीयाँ सभ्यताअनुासार ल्होछार परम्परा पाँचहजार वर्षभन्दा पूरानो परम्परा रहेको पाइन्छ । त्यसैगरि दिपङ्कर बुद्धको पालादेखि नै ल्होछार परमपराको विकास भएको मानिन्छ । यसैले ल्होछार परम्परा हजारौ वर्ष कल्पकल्प अघिको कुरा मानिन्छ । भनिन्छ महानिर्वाणको अन्तिम समय तिर बुद्धले पनि विभिन्न जिवजन्तुलाई आफ्नो दर्शनको लागि बोलाउनु भयो त्यसबेला सवैभन्दा पहिलो मुसा गोरु गर्दै १२ ओटा जनावरहरु भगवान बुद्धको दर्शनमा पुगेछन् । भगवान बुद्धले यहि १२ जनावरलाई आधार बनाएर हरेक वर्ष १÷१ जीवले काल(समय) माथि शासन गर्नु र पर्व मनाउनु भन्नु भएको थियो । यो कुरा नेपालमा मात्र होइन भगवान बुद्ध संग सम्बन्धित यो कथा चिनमा पनि उतिकै प्रचलनमा रहेको पाईन्छ ।

दाजुभाई तथा दिदीबहिनीहरु हामीले ल्होछारलाई धेरै पहिले देखि राष्ट्रिय पर्वको मान्यता पाउनु पर्छ भन्ने माग राख्दै आएका थियौ । ल्होछार मान्ने पहाडी हिमाली समुदायहरु ल्होछारलाई साझा पर्वको रुमा मनाउनको लागि ल्होछार मनाउने समुदायहरु विच भएको लामो छलफल र अन्तरक्रिया पश्चात ल्होछारलाई राष्ट्रिय चाडका रुपमा मान्यता, माघ शुक्ल प्रतिपदा देखि ३ दिनसम्म सार्वजनिक विदा घोषणा गरियोस भन्ने माग सहित नेपाल तामाङ घेदुङ लगाएत ल्होछार मान्ने समुदाय सहितले संयुक्त रुपमा हस्ताक्षर गरि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीलाई २०५१ साल पुस १६ गते स्मृति पत्र बुझाएको थियो । सो माग अनुसारको जन्दवाब पछी २०५१ साल माघ १३ गते ल्होछारलाई पहिलो पटक नेपाल सरकारले राजकीय मान्यता दिएको थियो र मनमोन सरकारले ल्होछार मान्ने समुदायलाई १ दिने औपचारिक सरकारी विदा दिने निर्णयले सारा ल्होछार मान्ने समुदायहरुमा खुसीको लहर छाएको थियो ।

आदरणिय महानुभावहरु ल्होछार मान्ने समुदायहरुको २३ बर्ष पछि नेपाल सरकारले सरकारी कामकाजको लागि छुट्टी कटौती गर्र्ने नाममा फेरी एक पटक १ दिन पाएको सरकारी विदा यो वर्ष काटियो र पुनः ल्होछार मान्ने समुदाय माथि नेपाल सरकारले कुठाराघात पुर्याउने काम गर्यो । तर यस्तो विषम परिस्थिति प्रति नेपाल तामाङ घेदुङ लगाएत ल्होछार मान्ने समुदायहरुको ब्यापक जनदवाव रहेको छ | यो हाम्रो राष्ट्रिय पर्वलाई राष्ट्रिय सम्मानका साथ राष्ट्रिय पर्वकै रुपमा छुट्टी मनाउन नेपाल सरकारले पुर्णालोकन गर्नको लागि कार्यदल गठन गरेको जानकारी आएको छ । हामीले हाम्रो चाडलाई पनि स–गौरवका साथ मान्न पाईरहने सुनिश्चितता नेपाल सरकारले गर्नु पर्यो यो विदा कटौतीको नममा हामी ल्होछार मान्ने समुदाय विच ठेस पुर्याउने काम नगरियोस पनि भन्न चाहान्छौं ।

अन्त्यमा यस राष्ट्रिय पर्वमा हाम्रो निमन्त्रणालाई स्वीकार गरि आउनु भएका प्रमुख अतिथि, विषेश अतिथी र अतिथी ज्युहरु लगायत आफ्नो कार्य व्यस्ततालाई पनि थाती राख्दै हाम्रो धर्म संस्कृति र परम्परालाई निरन्तरता दिन आउनु भएका तमाम दाजु भाई तथा दिदी बहिनीहरुमा हार्दिक नमन गर्न चाहान्छु । साथै आजको यस कार्यक्रमलाई भव्यताका साथ सफल पार्नको निमित्त कार्य ब्यबस्थापन गर्नु हुने संस्थाकी वरिस्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक ज्यु साथै औपचारिक कार्यक्रमलाई निरन्तरताको साथ संचालन गरिदिनुहुने संस्थाकी महासचिव तथा कार्यक्रम संचालिका ज्यु लाई पनि हार्दिक धन्यबाद ब्यक्त गर्दछु | यसै गरि कार्यक्रम ब्यबस्थापनमा खटिनु भएका सम्पूर्ण साथीहरु, साथै यस कार्यक्रमको निमित्त भनेर आर्थिक नैतिक भौतिक साथ सहयोग पुर्याउनु हुने संस्थाका पदाधिकारी ज्यु हरु तथा संस्था बाहिर रहेर पनि साथ सहयोग दिनुहुने पुर्व पदाधिकारी ज्युहरु साथै प्रतक्ष ,अप्रतक्ष्य रुपमा साथ सहयोग पुर्याउनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद ब्यक्त गर्दछु |

 



« (Previous News)



शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution