हेडलाईन

ट्याक्सी चढ्ने हो ? अब ५ मिनेटमा घरमै लिन आउँछ         इजरायलमा नेपाली दुतावासले २५६३ औं बुद्ध जयन्ती मनाउने,नेपाली समुदायको संघसंस्थालाई सहभागी हुन आव्हान         प्रधानमन्त्री ओली र इजरायली प्रधानमन्त्री नेतान्याहु बीच टेलिफोन वार्ता         श्रीलंका बम विस्फोटमा परी ५० को मृत्यु ,दुई सयभन्दा बढी मानिसहरु घाइते         भारतीय दूतावासद्वारा तामाङ वस्तिमा रहेको छ्योइफेल गुम्बाको पुनर्निर्माण         ह्योल्मो समाज इजरायलले बार्षिक उत्सव तथा साधारण सभाको साथमा २५६३ औं बुद्ध जयन्ति मनाउने तयारी         कुलमान घिसिङको निर्देशन ‘ट्रेड युनियनको चुनावमा गाडी नदिनु’         स्वयम्भू र हनुमानढोका जोड्ने गुरुयोजना सार्वजनिक         महिलालाई चरित्रहीन भनेपछि बुद्धले मुखियाको एक हात समातेर बजाउन लगाए ताली         विप्लव समूहलाई नेपाल बन्द फिर्ता गर्न तामाङ घेदुङको माग         दोलखाको शैलुङमा हजारौं पर्यटक         इजरायलको टिकट काटेकी सुनिताको घरमा ‘अवैध प्रेमी’को लास         नेपाली युवतीलाई केन्याको डान्स बार पुर्याउने मानव तस्करी पक्राउ         अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलले नयाँ बर्ष २०७६ भव्यताको साथ मनायो         नेपाल, भारत र चीनकी चेलीले एकसाथ सगरमाथा चढ्ने        

डसेपछि मौरी किन मर्छ ?

⊗मौरीले डसेपछि त्यसको खील हाम्रो शरीरमा गाडिन्छ र हामीलाई अति पीडा हुन्छ । अर्कोतिर, हामीलाई डस्ने मौरी पनि बाँच्दैन । अर्थात्, डसेपछि मौरी पनि मर्छ । त्यसरी, कसैलाई डसेपछि मौरी किन मरेको होला ? के त्यस्को ज्यान नै त्यसको खीलमा हुन्छ ? हाम्रो मनमा यस्तो जिज्ञासा उठ्नु स्वभाविकै हो ।

आउनुहोस् यहाँ मौरी र त्यसको डसाई तथा डसेपछि मौरी किन मर्छ ? भन्ने बारे सामान्य चर्चा गरौं ।

यस संसारमा सयौं किसिमका मौरीहरु पाइन्छन् । तर सबै मौरीले टोक्दैनन् । हामीले देखिरहेको भोगिरहेको टोक्ने मौरी भनेको मह बनाउने मौरी (Honey Bee)  नै हो ।

मौरीको पेटको पुछारमा खील र त्यसलाई ढाकेका अन्य अंगहरु हुन्छन् । 

मौरीको त्ये खील अत्यन्तै जटील चीज हो । किनभने मौरीले त्यही खीलले शत्रुलाई आक्रमर्ण गर्छ । अर्कोतिर त्यो खीलले मौरीलाई अण्डा पार्न पनि मद्दत गर्छ । उपयोगिता हेर्ने हो भने, मौरीको उक्त खीलको काम नै अण्डा पार्नु हो ।

मौरीको खील काँडा जस्तो हुन्छ । तीनवटा टुक्रा मिलेर बनेको खीलको बीचमा नली जस्तो हुन्छ र यो खील दुईवटा अति संवेदनशील, औंला जस्तो अंग (Projection) हुन्छ । त्यसै अंगको मद्दतले नै मौरीले आफुले डस्न चाहेको ठाउँमा आफ्नो खील भएको अंग परे–नपरेको थाहा पाउँछ 

मौरीले डस्दा, यसको तीखो खील बाहिरतिर धकेलिन्छ । त्यसैबेला, मौरीको विष ग्रन्थीबाट खील गाडिएकै घाउमा विष पनि पर्छ । फलस्वरुप, डसेको दुखाइ र विषको पोलाइ दुवैले डसिएको मान्छेलाई  अति पीडा हुन्छ । मौरीको खीलले भन्दा पनि त्यसको विषले बढी पीडा दिन्छ ।

मौरीले डसेको खील गाडिएपछि त्यो सजिलै निस्कँदैन । फलतः जसै मौरी टोकेर उड्न खोज्छ, त्यसको खील र त्यो जोडिएको अंग मौरीको जीउबाट चुडिनु पुग्छ र मौरी तत्कालै मर्छ ।

मौरीको खील हातले निकाल्न खोज्नु हुँदैन । किनभने, हातले निकाल्न खोज्दा त्यहाँ चुँडिएर रहेको मौरीको विष ग्रन्थी निचोरिएर झनै बढी विष घाउमा जान सक्छ । त्यसैले, नंग काट्ने औजार वा अन्य त्यस्तै कुनै औजारहरुको मद्दतले मात्र त्यसलाई हटाउनु पर्छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

ताप्लेजुङ हेलिकप्टर दुर्घटना: ‘मौसम खराबसँगै हतारो’

ताप्लेजुङ - करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा... बाँकी यता

tamang online / February 28, 2019

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution