हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

बहराइनमा सोनाम ल्होछार २८५५ भव्यताको साथ सम्पन्न

बहराइन तामाङ सेवा समाजको आयोजनमा २८५५ फाग(ड्वा) ल्हो सोनाम ल्होछार सांस्कृतिक साँझ-२०१९ गत शुक्रबार ८ फेब्रुअरी का दिन राजधानि मानमा स्थित डेलमुन होटलको प्रांगणमा भब्य रुपमा सम्पन्न भएको छ।

नेपाली राजदुतावास बहराइनको उपनियोक प्रमुख श्री खगराज पाण्डे ज्यु को प्रमुख अतिथ्य रहेको ल्होछार कार्यक्रममा नेपाल तामाङ घेदुङका संघिय अध्यक्ष श्री मोहन गोले ज्यु,नेपाली क्लब बहराइनका अध्यक्ष श्री कमल श्रेष्ठ ज्यु ,एन.आर.ए.एन.बहराइनका अध्यक्ष श्री लाल पुन मगर ज्यु,जनजाती महासंघ बहराइनका अध्यक्ष श्री ज्ञानेन्द्र तमु ज्यु,वरिष्ठ समाजसेवी श्री गम बहादुर गुरुङ ज्यु र समाजसेवी श्री दुर्गा गिरि ज्यु को विशेष आतिथ्य रहेको थियो।

समाजका अध्यक्ष श्री सोनम दोङ तामाङ ज्यु को सभापतित्वमा सुरु भएको सो ल्होछार कार्यक्रममा बहराइन स्थित कृयासिल जातिय,क्षेत्रीय,सामाजिक,बैचारिक,कलाकार लगायत सबै संघ संगठनहरुको प्रमुख तथा प्रतिनिधिहरुको अतिथी रहेको थियो भने बहराइनलाइ कर्मथलो बनाउदै आइरहनु भएका तामाङ तथा गैर तामाङ नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो।

समाजका महासचिव च्याङ्बा लामा योन्जनले संचलान गरेका सो औपचारिक कार्यक्रममा उपस्थित पाहुना गनलाइ समाजका उपाध्यक्ष तथा ल्होछार संयोजक पेमा तितुङ तामाङ ज्यु ले स्वागत मन्तब्य बाट स्वागत गरिएको थियो।

छ्युमिमा दिप प्रज्वलन सहित राष्ट्रिय गान बाट सुरु भएको कार्यक्रममा उपस्थित विशेष अतिथिहरुले शुभकामना मन्तब्य राखेका थिए।मन्तब्यकै क्रममा भाषा,कला,संस्कार संस्कृति जस्ता तामाङ जीवन संग गाजिएका बिषय हरु संरक्षण सम्बर्द्धनमा राज्यको भुमिका रहनु पर्ने जोड ने.ता.घे संघिय अध्यक्ष मोहन गोले ज्यु ले दिनु भयो।

त्यस्तै गरि प्रमुख अतिथी नेपाली दूतावासका उपनियोग प्रमुख श्री खगराज पान्डे ज्यु ले बहराइन तामाङ सेवा समाजले बराइनको समाजमा खेल्दै आइरहेको भुमिकाको तारिफ गर्दै अझै शसक्त रुपमा अगि बढन सल्लाह सुझाव सहित ल्होछारको शुभकामना ब्यक्त गरेका थिए।

अन्तमा कार्यक्रमका सभापती समाजका अध्यक्ष सोनम दोङ तामाङ ज्यु ले कार्यक्रमलाई सहयोग गर्नु भएका सम्पुर्ण बहराइनबासी लाई धन्यवादका साथै ल्होछरको शुभकामना दिदै औपचारिक कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए।

नेपाल बाट आमन्त्रित कार्यक्रम प्रस्तोता स्मारिका थिङ तामाङको उत्कृष्ट उद्घोषण बाट सुरु भएको सांस्कृतिक कार्यक्रममा बिशाल काल्तानको प्रस्तुतिले दर्शक दिर्घलाइ उत्तेजित बनाउदै स्वयंसेवक हरुलाइ सम्हाल्न हम्मे हम्मे पारेको थियो।लगभग १ दर्जन प्रस्तुति पस्केका विशाल काल्तानले दर्शक दिर्घलाइ भरपुर मनोरंजन दिइरहेको थियो भने अर्कि अतिथि कलाकार म्हेन्दोमाया नायिका रुपा एस घले ले आफ्नो जादुमय कला पस्केको थियो।

बिच बिचमा उद्घोषिका स्मारिका थिङ तामाङको टुक्का हरुले दर्शक हरुलाइ त्यतिनै मनोरंजन दिरहेको थियो भने स्थानिय उत्कृष्ट कलाकारहरु बुद्ध मोक्तान र अनु रानाको युगल नृत्यले सबैको मन जितेको थियो।त्यस्तै सांस्कृतिक सचिव कबिन ब्लोन र आमन्त्रित कार्यक्रम संचालिका स्मारिका थिङ को युगल नृत्य पनि दर्शकले रुचाएका थिए।

सुनिता पाख्रीन प्रकृति तामाङ सकुन सुब्बा समिक तामाङ गुन राज मगर सुस्मिता गुरुङ लगायतका स्थानिय उत्कृष्ट कलाकारहरुको प्रस्तुतिले झनै कार्यक्रममा रौनक्ता थपिएको थियो।

कार्यक्रममा कियाचु बहराइन,मगर संघ बहराइन,कलाकार समाज,लगायत संघ संस्थाहरुले पनि प्रस्तुति पस्केका थिए।

निर्धारित समय भन्दा केही ढिला सुरु भएको ल्होछार कार्यक्रम सभ्य तथा भब्य रुपमा सम्पन्न भएको छ।

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution