हेडलाईन

इजरायलमा नेपाली दुतावासले २५६३ औं बुद्ध जयन्ती मनाउने,नेपाली समुदायको संघसंस्थालाई सहभागी हुन आव्हान         प्रधानमन्त्री ओली र इजरायली प्रधानमन्त्री नेतान्याहु बीच टेलिफोन वार्ता         श्रीलंका बम विस्फोटमा परी ५० को मृत्यु ,दुई सयभन्दा बढी मानिसहरु घाइते         भारतीय दूतावासद्वारा तामाङ वस्तिमा रहेको छ्योइफेल गुम्बाको पुनर्निर्माण         ह्योल्मो समाज इजरायलले बार्षिक उत्सव तथा साधारण सभाको साथमा २५६३ औं बुद्ध जयन्ति मनाउने तयारी         कुलमान घिसिङको निर्देशन ‘ट्रेड युनियनको चुनावमा गाडी नदिनु’         स्वयम्भू र हनुमानढोका जोड्ने गुरुयोजना सार्वजनिक         महिलालाई चरित्रहीन भनेपछि बुद्धले मुखियाको एक हात समातेर बजाउन लगाए ताली         विप्लव समूहलाई नेपाल बन्द फिर्ता गर्न तामाङ घेदुङको माग         दोलखाको शैलुङमा हजारौं पर्यटक         इजरायलको टिकट काटेकी सुनिताको घरमा ‘अवैध प्रेमी’को लास         नेपाली युवतीलाई केन्याको डान्स बार पुर्याउने मानव तस्करी पक्राउ         अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलले नयाँ बर्ष २०७६ भव्यताको साथ मनायो         नेपाल, भारत र चीनकी चेलीले एकसाथ सगरमाथा चढ्ने         थाङ्का पेन्टिङबाट गाउँमैं रोजगारी        

पुरुषले भाँडा माझ्दा आयु घट्दैन

रीता लम्साल

काठमाडौँ — पछिल्लो समय महिला हिंसा सम्बन्धी घटनाका समाचार बाक्लै आइरहेका छन् । यस सन्दर्भमा सामाजिक अपराध अर्थात महिला हिंसा र बलात्कारको जरो हाम्रो संस्कार, परम्परा एवं पितृसत्तात्मक सोच हो कि शिक्षा प्रणाली भन्ने सम्बन्धमा बहस गर्न जरुरी छ ।

नेपाली समाज पितृसत्तात्मक छ अर्थात परिवारमा पुरुषको श्रेष्ठता छ । घर भित्रको काम महिलाको र बाहिरको पुरुषको भनी छुट्याइन्छ । परिवार जति शिक्षित र आधुनिक भए पनि घरभित्रको चुलोचौका र सरसफाइको काममा महिला संलग्न भएको देख्छौं । पछिल्लो चरणमा शिक्षाको बढ्दो प्रभाव, गाउँघरमा गैरसरकारी संस्थाहरूको सक्रियता र पश्चिमा संस्कृति भित्रिएसँगै धेरैजसो महिला घर बाहिरको काममा संलग्न हँुदै आइरहेका छन् । महिला समूहको निर्माण, किशोरी शिक्षा, आत्मनिर्भरता सम्बन्धी तालिम र अन्य विभिन्न माध्यमबाट नारीहरूले आफ्नो आवाज बुलन्द पार्न थालेका छन् ।

एउटै घरमा जन्मेका दिदीभाइले आमालाई भान्सामा र बाबुलाई पत्रिका पढेर बसेको देख्छन् । उनीहरूको कलिलो बालमस्तिष्कले महिला भान्साको कामका लागि हो भन्ने बुझ्छ । तसर्थ विद्यालयमा महिला र पुरुष बराबरीको रट लगाएर मात्र हुँदैन । घरको दैनिक कामकाजमा बाबुआमाले सँगै मिलेर गरेको देखाउन सक्नुपर्छ ।

संस्कार वा परम्परा परिवर्तन सामान्य कुरा होइन । निरन्तर प्रयासका बाबजुद पनि लामो समय लाग्छ । सरकारी नीति नियमका अलावा व्यक्तिगत प्रयास अत्यावश्यक हुन्छ । हरेक परिवारमा प्रत्येक सदस्यबाट यस सम्बन्धमा शिक्षा, संस्कार र व्यवहार विकास गर्न जरुरी हुन्छ । विद्यालयका पुस्तकका कतिपय विषय परम्परा केन्द्रित देखिन्छन् । उदाहरणका लागि, काठमाडौंको एउटा निजी विद्यालयको २ कक्षाको पाठ्य–पुस्तकमा आमालाई फूल टिपेर र तरकारी केलाएर तथा बाबालाई अफिसबाट घर आउँदा ढोका खोलेर सहयोग गर्न सकिन्छ भनी लेखिएको छ । यसबाट बच्चाले आमा पनि अफिस जान्छिन् र बाबुले पनि भान्साको काम गर्छन् भन्ने सिकाउँदैन ।

गाउँघरमा केटामान्छेले भाँडा माझ्यो, कुचो लगायो भने आयु घट्छ भनिन्छ । कुनै पुरुषले यसो गरे गाली गर्ने, केटीजस्तो मान्छे भनी होच्याउने प्रवृत्ति छ । यस्तो परम्परा र प्रवृत्तिमा हुर्केका हामीलाई नारी–पुरुष बराबरी हुन्, एकअर्काको काममा सघाउनुपर्छ र कुनै पनि काम एउटाले गर्न हुने र अर्कोले गर्न नहुने भन्ने हुँदैन भन्ने शिक्षा दिँदा तत्काल प्रभाव पर्दैन । तर निरन्तर प्रयास गरे विस्तारै समाज, सामाजिक सोच र परम्परा परिवर्तन हुन्छ ।

यौन हिंसाका सम्बन्धमा प्रत्येक नारीलाई आवाज उठाउन सक्ने बनाउनुपर्छ । बच्चैदेखि अन्यायको विरोध गर्न सिकाए, चित्त नबुझेको कुरा व्यक्त गर्नुपर्छ भन्ने शिक्षा दिए कमसेकम कुनै नारीको पीडा लुक्दैनथ्यो र पीडक बेफिक्री भएर समाजमा हिँड्न सक्दैनथ्यो । पुरुषलाई पनि सानैदेखि नारीको सम्मान गर्न सिकाउनुपर्छ । घरमै छोरीलाई तल्लो दर्जाका रूपमा फरक व्यवहार गरेको देख्ने पुरुषले ठूलो भएपछि त्यही व्यवहार दोहोर्‍याउँछ । घरमै एकअर्काको सहयोग र सम्मान गरेको देखेको पुरुषले हिंसा नगर्न सक्छ ।

हामीकहाँ बलात्कार एवं घरेलु हिंसालाई सामाजिक इज्जत र प्रतिष्ठासँग जोड्ने गरिन्छ । त्यसैले तुरुन्त सार्वजनिक गर्न हिच्किचाउने प्रवृत्ति छ । सकेसम्म गोप्य रूपमा मिलेमतोमा टुंग्याइन्छ । कुनै पीडित पक्षले हिम्मत गरे पनि कतिपय अवस्थामा शारीरिक कमजोरी र पीडाका कारण तत्काल उजुरी हाल्न जान नसक्ने पनि हुनसक्छ । कतिपयमा शिक्षित हुँदै जाँदा हिंसा लुकाउनु हुँदैन भन्ने ज्ञान आउँदै जान्छ र तबमात्र उजुरी पर्छ । तसर्थ यौन हिंसाको उजुरी हाल्ने म्याद तोकिनु हुँदैन ।

उजुरी दिए न्याय पाउन सकिन्छ भन्ने विश्वास सरकारप्रति नागरिकको हुनुपर्छ । निर्मला हत्याकाण्डको जस्तो छानबिन भए सरकारप्रति पीडित व्यक्तिले विश्वास कसरी गर्ने ? यौन हिंसा र महिला हिंसाको सम्बन्धमा छानबिन निष्पक्ष हुनुपर्छ ।

अन्त्यमा, नारी भएकै कारण एक्लै बाहिर हिँड्न डराउनुपर्ने वातावरण अन्त्य हुनुपर्छ । यसमा नारी–पुरुष सबैको समान भूमिका रहन्छ । नारी–पुरुष एकअर्कालाई दोषारोपण गर्ने होइन, हरेक सम्बन्धमा सम्मानको भावना निर्माण गर्नुपर्छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

ताप्लेजुङ हेलिकप्टर दुर्घटना: ‘मौसम खराबसँगै हतारो’

ताप्लेजुङ - करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा... बाँकी यता

tamang online / February 28, 2019

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution