हेडलाईन

ट्याक्सी चढ्ने हो ? अब ५ मिनेटमा घरमै लिन आउँछ         इजरायलमा नेपाली दुतावासले २५६३ औं बुद्ध जयन्ती मनाउने,नेपाली समुदायको संघसंस्थालाई सहभागी हुन आव्हान         प्रधानमन्त्री ओली र इजरायली प्रधानमन्त्री नेतान्याहु बीच टेलिफोन वार्ता         श्रीलंका बम विस्फोटमा परी ५० को मृत्यु ,दुई सयभन्दा बढी मानिसहरु घाइते         भारतीय दूतावासद्वारा तामाङ वस्तिमा रहेको छ्योइफेल गुम्बाको पुनर्निर्माण         ह्योल्मो समाज इजरायलले बार्षिक उत्सव तथा साधारण सभाको साथमा २५६३ औं बुद्ध जयन्ति मनाउने तयारी         कुलमान घिसिङको निर्देशन ‘ट्रेड युनियनको चुनावमा गाडी नदिनु’         स्वयम्भू र हनुमानढोका जोड्ने गुरुयोजना सार्वजनिक         महिलालाई चरित्रहीन भनेपछि बुद्धले मुखियाको एक हात समातेर बजाउन लगाए ताली         विप्लव समूहलाई नेपाल बन्द फिर्ता गर्न तामाङ घेदुङको माग         दोलखाको शैलुङमा हजारौं पर्यटक         इजरायलको टिकट काटेकी सुनिताको घरमा ‘अवैध प्रेमी’को लास         नेपाली युवतीलाई केन्याको डान्स बार पुर्याउने मानव तस्करी पक्राउ         अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलले नयाँ बर्ष २०७६ भव्यताको साथ मनायो         नेपाल, भारत र चीनकी चेलीले एकसाथ सगरमाथा चढ्ने        

सोनाम ल्होछार र ग्याल्बो ल्होछारमा फरक छ – देवेन्द्र लामा तामाङ

-सन्देश थिङ

तामाङ समुदायको महान साँस्कृतिक पर्व २८५५ फाग ल्हो बँदेल बर्ग सोनाम ल्होछार यही माघ २२ गते नेपाल सहित विश्वका विभिन्न क्षेत्रमा मनाईदै छ । सोही दिनको अवसर पारेर सो दिनभन्दा अघि र पछि पनि विभिन्न कार्यक्रमहरु गर्ने तय भईसकेको छ । नेपालमा विशेष गरी तामाङहरुले पनि लामा लेख्ने चलन चलेको छ अनि तामाङ समुदायभित्रै पनि सोनाम र ग्याल्बो ल्होछार मनाउने छुट्टा–छुट्टै तामाङहरु छन् । वास्तवमा लामा र तामाङमा के फरक छ ? अनि ग्याल्बो ल्होछार र सोनाम ल्होछारमा के समानता र असमानताहरु छन् ? यसै विषयमा मकवानपुरका चर्चित तामाङ लेखक, तामाङविज्ञ र ईतिहासका खोजकर्ता देवेन्द्र लामा तामाङसँग हाम्रा संवाददाता सन्देश थिङले कुराकानी गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंश–

१.ल्होछार वा ल्होसार भनेको के हो ?

–सामान्य अर्थमा ल्होछार (ल्होसार) भनेको बुद्धिष्टहरुको नयाँ बर्ष हो । तामाङ भाषामा ‘ल्हो’ भनेको ‘वर्ष’ र ‘छार’ भनेको ‘नयाँ’ हो । त्यसैले यो बुद्धिष्टहरुको नयाँ वर्ष नै हो ।

२. ल्होछार धर्म हो कि सँस्कृति हो ?

–ल्होछार धर्म होइन सँस्कृति हो । किनभने धेरै समय अगाडि देखि नै अन्नबाली फलेर बाली भित्राईसकेपछि विभिन्न किसिमका साँस्कृति कार्यक्रम गर्दै एकअर्कामा खुशी साटासाट गरी ल्होछार मनाउने परम्पराको सुरुवात भएको ईतिहासमा देखिन्छ । त्यसैले यो धर्म नभई सँस्कृति हो र यो साँस्कृतिक पर्व हो ।

३. ल्होछार क–कसले मनाउँछन् ?

–विषेशगरी ल्होसार तिब्बतीहरु ,कोरियनहरु र अन्य देशहरुमा पनि मनाइन्छ । त्यस्तै नेपालमा चाहिँ तामाङ, गुरुङ, शेर्पालगयतका जाति र बौद्धधर्मालम्वीहरुले मनाउने गर्छन् ।

४. ल्होछार कसरी मनाईन्छ ?

–ल्होछारमा प्रतिपदाको दिनमा सबैभन्दा सुरुमा घरहरु साफा सुग्घर गर्ने र नुहाईधुवाई गरेर लामाहरुबाट पुजापाठ गराईन्छ । पुजापाठ गरेर लुङ्दर राखीसकेपछि औँशीको तिथिमा राति ११ बजे ल्हो फालेर विभिन्न परिकारहरु बनाइन्छ । जस्तै ः पञ्चाअमृत अर्थात दुच्छे, खम्सी, गथुम्बा, छेमार लाखङहरु बनाएर मनाइन्छ । बिहानै लामा गुरुले ला म्हेन्दो (टटेलाको फुल) को टिका लगाउँदै आर्शिवाद दिनुहुन्छ । अनि आफूभन्दा ठूला मान्छे सबैलाई ढोगेर आर्शिवाद लिइन्छ । ल्होछारमा बिषेश गरी नयाँ नयाँ कार्यहरु बारे सोच्ने, कहिले नभेटेको आफन्तहरु भेट्ने घुम्ने अनि बिभिन्न साँस्कृति कार्यक्रम गरेर भावानत्मक रुपमा मिलेर मनाइन्छ ।

५. ल्होछार किन मनाईन्छ ? यसको के फाईदा छ ?

–आ–आफ्नो जातिको पहिचानको लागि ल्होछार मनाइन्छ र अहिले चलिरहेको परम्परा सँस्कृतिमध्ये ल्होछार विश्वको सवैभन्द पुरानो र पहिलो परम्परा र सँस्कृति पनि हो । वास्तवमा यस परम्पराबाट अरु परम्पराको समेत सुरु भएको छ ।

६. ल्होछारप्रति सरकारले हेर्ने दृष्टिकोण कस्तो छ ? सरकारबाट सहयोग वा असहयोग कस्तो अवस्था छ ?

–ल्होछारप्रति सरकारले हेर्ने दृष्टिकोण राम्रो छैन । किनभने हिन्दु धर्मालम्वीहरुको दशैँ तिहारमा कयौँ दिन सरकारी बिदा दिईएता पनि त्यसैगरी सरकारले ल्होछारमा बिदा दिएको छैन । एक वर्षमा एकपटक भएको ल्होछार बिदालाई समेत सरकारले हटाईदिएको छ । यद्यपि सरकारले यस निर्णयलाई केही सच्याएको भने छ । यसबाट सरकारले देशमा धार्मिक सहिष्णुता र धर्म निरपेक्ष भनेर संविधानमा लेखेपनि विशेष जातिको पर्वलाई मात्र प्रशय दिएर सबै वराबर भन्ने भ्रम मात्रै छरेको छ । सरकारले पञ्चायति राज्यकालको जस्तो भेदभावपूर्ण व्यवहार गरेको छ । यस विषयमा सरकारलाई सधैँ खबरदारी गरिरहन आवश्यक छ ।

७. ल्होछार जस्ता चाडपर्वलाई लिएर अहिले कस्तो अवस्था छ ? कस्ता उदेश्यहरु लिएर अगाडि बढ्नुपर्छ ?

–प्रजातन्त्र आउनु भन्दा अगाडि धेरै बाधा अड्चनहरु थिए तर अहिले त्यस्तो अवस्था प्रत्यक्ष रुपमा छैन । तरपनि सरकारले सबैलाई समानरुपमा हेरेको देखिँदैन । ल्होछारलाई धेरै खर्च गरेर तडकभडक गरेर मनाउनु हँुदैन । अफूसँग जति छ त्यतिमा नै खुशी भएर भावनात्मक रुपमा मनाउनुपर्छ । पर्व भनेको खर्चबाट भन्दा नि भावनात्मक रुपमा मनाउनुपर्छ ।

८. यसपालीको ल्होछारमा के कस्ता योजनाहरु छन् ?

–यसवर्ष ल्होछार ठाउँ ठाउँमा विभिन्न कार्यक्रमहरु गरेर मनाईदै छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेमा ल्होछार मेला हुँदैछ । त्यस्तै बुढीचौर ,मनहरी, हेटौँडा लगायतका क्षेत्रमा ल्होछार साँझ, साँस्कृतिक कार्यक्रम तथा विभिन्न स्थानहरुमा पनि छुट्टाछुट्टै कार्यहरुको आयोजना गरिँदैछ ।

९. केही तामाङहरुले आफ्नो थरमा ‘लामा’ लेख्ने गर्छन् । के लामा र तामाङ एउटै हो ? किन तामाङहरुले लामा लेख्न थाले ?

–‘तामाङ’ एउटा जात हो भने ‘लामा’ पद हो । तामाङ भित्र विभिन्न थरहरु हुन्छन् त्यही थर भित्र आफ्नो आफ्नो वंश पनि छ । यस अर्थमा पनि लामा र तामाङ भनेको एउटै होईन । लामा भनेको धर्मको विद्वान हो । धर्मसम्वन्धी धेरै पढेर , अध्ययन गरेर ज्ञान प्राप्त गरेको ब्यक्ति नै लामा हो । पहिले पहिले तामाङ जातिलाई राज्यले घृण गर्ने भएकाले लामा लेख्न थालिएको ईतिहासमा पाईन्छ ।

१०. तामाङ समुदायभित्रै पनि सोनाम र ग्याल्बो ल्होछार दुबैलाई मनाउने समुदाय छन् । ग्याल्बो ल्होछार र सोनाम ल्होछारमा के फरक छ ?

–सोनाम ल्होछार २८५५ औँ र ग्याल्बो ल्होछार २१४६ औँ भयो । सोनाम भन्दा ७ सय बर्ष पछाडि मात्र ग्याल्बो आएको हो । अनि पछि अरु अरु पात्रोहरु आएका हुन् । सोनाम ल्होछार विश्वमा पुरानो सँस्कृति हो भने लगभग १५–२० ओटा देशमा मनाइन्छ । चीन , कोरिया लगयत देशहरुमा सोनाम ल्होछारकै दिनमा नयाँ बर्ष सुरु हुने गर्छन् ।

१. समय र संवादका लागि धन्यवाद ।

–हजुरहरुलाई पनि धन्यवाद ।

साभार-रेडियो ताम्सालिंङबाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

ताप्लेजुङ हेलिकप्टर दुर्घटना: ‘मौसम खराबसँगै हतारो’

ताप्लेजुङ - करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा... बाँकी यता

tamang online / February 28, 2019

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution