ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजले सोनाम ल्होछार शुभकामना आदानप्रदान कार्यक्रम गर्ने
ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजले बिगतको जस्तै यसपाली पनि २८५५ औ फाग/ड्वा ल्हो (सुँगुर बर्ग) सोनाम ल्होछारको शुभ अबसरमा शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक ल्होछार महोत्सव गर्ने भएको छ |
काठमाडौंको सुकेधारा स्थित नब दुर्ग पार्टी प्यालेसमा २०७५ माघ १९ गते शनिबार आयोजन गरेको ल्होछार कार्यक्रमको प्रमुख अतिथि सम्माननीय पुर्ब प्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य एंब बरिस्ठ नेता नेकपाका झलनाथ खनाल र विशिष्ट अतिथि माननीय भुमि सुधार, कृषि तथा सहकारी बिकास मन्त्री प्रदेश नं ३ का दावा दोर्जे लामा उपस्थित रहने ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजका अध्यक्ष सरोज मोहन लामा तामाङले जानकारी दिनु भएको छ |
सोनाम ल्होछारको शुभ अबसरमा विभिन्न गीतसंगीतमा ह्याङ्ला नाचगान / तामाङ सेलोमा सांस्कृतिक कार्यक्रम,तामाङ खाना, भेषभुसा, बाध्यबादन प्रदर्शनको साथमा ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजलाई स्थापनकाल देखि आजसम्म आर्थिक, भौतिक, नैतिक र अन्य सबै प्रकारका सहयोग गर्नुहुने समाजसेवी, कलाकार, पत्रकार, संघ/संस्था र विभिन्न ब्यक्तिहरुलाई सम्मान पत्र/प्रशंसा पत्रद्वारा सम्मान गर्ने कार्यक्रम रहेको समाजले बताएको छ |
कार्यक्रममा उपस्थितको लागि सबैलाई हार्दिक निमन्त्रणा गरेको छ |