हेडलाईन

इजरायलमा नेपाली दुतावासले २५६३ औं बुद्ध जयन्ती मनाउने,नेपाली समुदायको संघसंस्थालाई सहभागी हुन आव्हान         प्रधानमन्त्री ओली र इजरायली प्रधानमन्त्री नेतान्याहु बीच टेलिफोन वार्ता         श्रीलंका बम विस्फोटमा परी ५० को मृत्यु ,दुई सयभन्दा बढी मानिसहरु घाइते         भारतीय दूतावासद्वारा तामाङ वस्तिमा रहेको छ्योइफेल गुम्बाको पुनर्निर्माण         ह्योल्मो समाज इजरायलले बार्षिक उत्सव तथा साधारण सभाको साथमा २५६३ औं बुद्ध जयन्ति मनाउने तयारी         कुलमान घिसिङको निर्देशन ‘ट्रेड युनियनको चुनावमा गाडी नदिनु’         स्वयम्भू र हनुमानढोका जोड्ने गुरुयोजना सार्वजनिक         महिलालाई चरित्रहीन भनेपछि बुद्धले मुखियाको एक हात समातेर बजाउन लगाए ताली         विप्लव समूहलाई नेपाल बन्द फिर्ता गर्न तामाङ घेदुङको माग         दोलखाको शैलुङमा हजारौं पर्यटक         इजरायलको टिकट काटेकी सुनिताको घरमा ‘अवैध प्रेमी’को लास         नेपाली युवतीलाई केन्याको डान्स बार पुर्याउने मानव तस्करी पक्राउ         अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलले नयाँ बर्ष २०७६ भव्यताको साथ मनायो         नेपाल, भारत र चीनकी चेलीले एकसाथ सगरमाथा चढ्ने         थाङ्का पेन्टिङबाट गाउँमैं रोजगारी        

नेपालका रोहित कुमार पौडेलले तोडे सचिन तेन्दुलकरको रेकर्ड

नेपालका रोहित कुमार पौडेलले आज संयुक्त अरब इमिरेटससँग भएको एक दिवसीय क्रिकेट खेलमा ५८ बलमा ५५ रन बनाए। यसैंसँग उनी अन्तर्राष्ट्रिय क्रिकेटमा अर्ध शतक बनाउने सबैभन्दा कम उमेरका युवा खेलाडी बनेका छन्।

५५ रन बनाउने क्रममा उनले ७ चौका प्रहार गरेका थिए। यसभन्दा पहिला यो रेकर्ड भारतका प्रसिद्ध ब्याटस् म्यान सचिन तेन्दुलकरको नाममा थियो। सचिनले पाकिस्तानविरुद्धको टेष्ट खेलमा ५९ रन बनाउँदा उनी १६ वर्ष २१३ दिनका थिए। १६ वर्ष १४६ दिनको उमेरमा आज रोहितले ५५ रन बनाएर विश्व किर्तिमान बनाएका हुन्।

यस्तै रोहितले पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीको रेकर्ड पनि तोडेका छन्। एक दिवसीय क्रिकेट तर्फ भने शाहिदले १६ वर्ष २१७ दिनको हुँदा श्रीलंका विरुद्ध ३७ बलमा शतक बनाएका थिए।

रोहितले टेष्ट र एक दिवसीय गरी दुवै प्रतियोगितामा कम उमेरमा अर्ध शतक बनाएका हुन्।

रोहितले सन् २०१८ मा नेदरल्याण्सविरुद्ध एक दिवसीय क्रिकेटमा डेब्यु गरेका थिए। उनी एक दिवसीयमा डेब्यु गर्ने कान्छो खेलाडीको चौथो नम्बरमा रहेका छन्। आज भएको खेलमा टस जित्दै ब्याटिङ रोजेको नेपालले ५० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर २ सय ४२ रन जोडेको थियो।

१९.३ ओभरमा युएईलाई अल आउट गर्दै नेपालले १४५ रनले यूएईलाई पराजित गर्दै जित हासिल गरेको हो। सोमपाल कामीले ५ र सन्दीप लामिछानेले ४ विकेट लिएपछि युएईलाई नेपालले ९७ रनमै अल आउट गरेको हो।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

ताप्लेजुङ हेलिकप्टर दुर्घटना: ‘मौसम खराबसँगै हतारो’

ताप्लेजुङ - करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा... बाँकी यता

tamang online / February 28, 2019

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution