हेडलाईन

अमेरिकामा बुद्ध पुर्णिमालाई अन्तराष्टिय ध्यान दिवसको रुपमा मनाउने घोषणा         शिवम् सिमेन्टको आईपीओ विक्री खुल्यो, कति कित्तासम्म भर्न पाइन्छ ?         टोकियोमा सोनाम ल्होछार २८५५ भव्य रुपमा सम्पन्न         बद्री पङ्गेनी अध्यक्ष रहेको संस्थाद्वारा पशुपति शर्माको गीत पुनःयूट्युबमा राख्न आग्रह         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन्न         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन         युट्युवबाट आफैंले हटाएको पशुपति शर्माको गीतमा के छ त्यस्तो ? (पूर्णपाठसहित)         जीवन शर्मा भन्छन्– शब्द चयनमा पशुपति शर्माजीको ध्यान पुगेन कि ?         सत्तापक्षीय आक्रोशपछि पशुपति शर्माले युट्युबबाट हटाए ‘लुट्न सके लुट’         मेरो पतिलाई पूर्वमन्त्री गुप्ताले फसाए’ – सर्मिला तामाङ         यी ५ प्रकारका व्यक्तिसँग कहिल्यै साथी नबन्नुस्, नत्र दु:ख पाउनुहोला!         इजरायलसँग सातै प्रदेशमा प्रविधि तालिम केन्द्र खोल्न प्रस्ताव         रुस्लानसालिङ (ताम्सालिङ)जिन्दावाद !         जैस ए मोहम्मद : जसले मोदीलाई हत्याको धम्की दियो,कश्मीरमा घातक हमला गर्नेको कथा         काश्मिरमा भारतीय ४२ सुरक्षाकर्मी मारिए,जवाफी कारवाही गर्ने तयारीमा भारत,जम्मुमा कर्फ्यू        

जेरुसलेम किन महत्वपूर्ण छ ?

दक्षिण एसियामा कश्मिर, मध्यपूर्वमा जेरुसलेम अनि उता मेक्सिको अमेरिका लगायत धेरै देशहरुमा सिमा विवादको समस्या छ , यि ठाँउहरुमध्य सबैभन्दा मुख्य विवादित तर आस्थाको केन्द्र हो जेरुसलेम , अब्राहमीक धर्महरु जस्तै यहुदि, मुसलमान अनि इसाईहरुको आस्थाको केन्द्र यो शहर अनि सिमाबारे केहि एतिहासिक कुरा अनि केही आजभोलीका कुरा गर्न जाँदैछौं ।

सन् १९४७ को संयूक्त राष्ट्रसंघीय योजना मुताबिक जेरुसलेमलाई एउटा स्वतन्त्र शहर घोषणा गरिने अनुमान गरिएको थियो । तर त्यसको १ बर्षपछि इजरायलको स्वतन्त्रता घोषणा पछि जेरुसलेमको स्वतन्त्र शहरको घोषणा त्यसै तुहिएर गयो र जेरुसलेम शहर बिभाजीत भयो । सन् १९४९ मा हरियो मसीले शहरलाई बिभाजन रेखाले बाँढियो जसलाई अहिलेपनि हरियो लाइन नै भनिन्छ । पश्चिमी भाग इज्रेलको नियन्त्रणमा अनि पूर्वी जोर्डन नियन्त्रणमा । सन् १९६७ को युद्धमा इज्रेलले पूर्वी जेरुसलेम पनि ६ दिनको युद्ध पश्चात कब्जा गर्यो । जेरुसलेमलाई अहिले आएर प्यालेसटाइनले आफ्नो भूभाग दावी गर्दछ भने इजरायलले आफ्नो र यसै घनघोर बैमनस्यता बिच अमेरिकी राष्ट्रपती ट्रम्पले सन् २०१७ डिसेम्बर ६ मा इजरायलको राजधानी जेरुसलेम भएको र अब अमेरिकी दुतावास पनि तेल अबीबबाट जेरुसलेममा सार्ने निर्णय समेत गरेका थिए जुन पछि गएर संयुक्त राष्ट्रसंघ सदस्यहरुले रुजु गरेनन् । नेपालले पनि यस प्रस्तावको विरोधमा मतदान गरेको थियो र यसरी ट्रम्पले यस निर्णय प्रस्तावमा हार खाएपछि अमेरिका सरकारको संयुक्त राष्ट्रसंघकी दुत निकी हेलीले वडो कठोर र प्रस्तावमा असहयोगी राष्ट्रहरुलाई पेच पर्ने अभिव्यक्ति पनि दिएकी थिइन् । त्यसपछि जेरुसलेमको बिवाद झन चुलीमै पुगेको छ । हजारौं प्यालेस्टाइनी आन्दोलनकारीहरु मारिइसकेका छनभने हजारौ घाइते छन् । सडकमा अमेरिकी निर्णयको बिरुद्ध हजारौं आन्दोलनकारीहरु उत्रिएका छन् । स्तानाबुल, जर्काता, कराँची, शिकागो अनि टोकीयो सम्म यी बिरोध र्याली र प्रदर्शनहरु भइरहेका छन् । यी प्रदर्शन र बिरोधमा अमेरिकी राष्ट्रपती बिरुद्ध नारावाजी हुने गरेका छन भने जेरुसलेम प्यालेस्टाइनको भन्ने नाराहरु पनि सुनिन्छन् । जेरुसलेम अब सिमामात्र नभई एउटा धर्म अनि सम्प्रदायको आँचको आवाज र युद्ध पनि भइसकेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् . डिसेम्बर १४ सन् २०१७ बाट इजरायलले भयंकर मिसाइल, रकेट, लन्चर आदि हमास आतंककारीको निशानालाई केन्द्रबिन्दु बनाएर प्रहार गरेको छ । अहिले यि आक्रमणहरु केहि मत्थर भएपनि बेलाबेलामा विवाद चुलिने गर्दछ ।

जेरुसलेम किन महत्वपूर्ण छ ?

बिश्वका ३ वटा ठूला अब्राहामीक धर्महरु क्रिस्चियन, मुसलमान अनि जुडीस्म अर्थात यहुदीधर्मको पनि धार्मीक केन्द्रबिन्दु यहि शहर भएकाले यस शहर संवेदनशील र महत्वपूर्ण छ । ईशापूर्व १८०० मा अब्राहामले आफ्ना पुत्र इशाकको झण्डै बलिदान दिएका र सो नगर्नका लागि भगवान स्ययम आएर जेरुसलेमकै धर्तीमा भन्नुभएको बिश्वास गरिन्छ । यसअर्थमा ईस्लाम, जुडीस्म अनि क्रिस्चियन ३ वटै धर्ममा जेरुसलेमलाई बाचा गरिएको धर्तीक रुपमा लिइन्छ । बाईबल समयमा पनि जेरुसलेममा जान नसक्नेहरुले प्रार्थना गर्दा जेरुसलेम तर्फ फर्केर गर्दा भगवानले प्रार्थना सुन्ने बिश्वास रहेको पाइन्छ । यहुदीहरुले पनि कहिकतै बिदा हुनुपरेमा बिश्वको जुनै कुनामा भएपनि अर्को बर्ष जेरुसलेममा भेटौला भन्ने चलन शदियौं देखि छ ।

जेरुसलेममा को बस्दछन् ?

लगभग ८ लाख ५० हजार जना जेरुसलेममा बस्दछन् । यिनमा ३७ प्रतिशत अरबी छन् भने ६१ प्रतिशत यहुदी छन् । यी डाटाहरु हामीले इन्डीपेन्डेन्ट थीकं ट्याकं जेरुसलेम इन्सटिट्यूटबाट साभार गरेका हौ । यहुदी जनसख्याँमा करिब २ लाख कडा अर्थोडक्स यहुदीहरु छन भने बाँकी धर्म निरपेक्ष अनि मध्यमधारका यहुदीहरु हुन् । बाँकी अरबी जनसख्याँमा ९४ प्रतिशत मुसलमान र ६ प्रतिशत क्रिस्चियनहरु छन् ।  इजरायलले अमेरिकाको दुतावासका लागि सन् १९८९ मा जेरुसलेममा ९९ बर्षका लागि जग्गाको टुक्रा प्रतिबर्ष केवल १ डलरमा भाडामा लिएको थियो । यो जग्गाको टुक्रा आज २८ बर्षपछि पनि उस्तै छ ।

यहुदीका लागि किन महत्वपूर्ण छ जेरुसलेम ?

ईशापूर्व ५८६ मा बेबीलोनीयन्सहरुले जेरुसलेम शहरनै ध्वस्त पारेकामा रोमनहरुले पून यस शहर बनाएका हुन् । २००० बर्ष देशनिकाला भएका यहुदीहरुले हजारौं बर्षसम्म जेरुसलेमलाई पुस्तौंपुस्ताको हृदयमा राखेका हुन् , यस्तै रितले यहुदीहरुको अथक प्रयासले नै सन् १९४८ मा नयाँ यहुदी राष्ट्रका रुपमा इजरायल घोषणा भएको हो ।

क्रिस्चियनका लागि किन महत्वपूर्ण छ जेरुसलेम ?

यता क्रिस्चियनहरुमा पनि बेथलेहम जिससको जन्मथलो हो भने नजारेथमा जिसस हुर्किएका हुन् । लियोनार्दो दा भिन्जीले चित्रण गर्न खोजेका लास्ट सपर अर्थात अन्तिम रात्रिभोज पनि जिसस पक्राउ पर्न अघि जेरुसलेममै भएको तथ्य छ ।

ईस्लामका लागि किन महत्वपूर्ण छ जेरुसलेम ?

अरबी भाषामा जेरुसलेमको अर्थ पवित्र शहर हुन्छ, ईस्लाम प्रार्थनाको पनि दिशा पनि जेरुसलेम नै हो र पछि गएर मक्का तर्फ हेरेर प्रार्थना गर्ने चलन शुरु भएको हो । ईस्लामलाई अब्राहम परिवारको धर्मको निरन्तरताका रुपमा लिइन्छ र अब्राहम परिवारका सम्पूर्ण धर्मको धरोहर नै जेरुसलेम शहर हो । ईस्लामीक शाषकहरुले जेरुसलेममा १२ सय बर्ष शाषन गरेका हुन् । ईस्लामको मुख्य तिर्थस्थल मध्य एक सोलोमनको मन्दिर पनि जेरुसलेममै रहेको छ । ईस्लाम परम्परामा मोहम्मदले मक्काबाट जेरुसलेमसम्म यात्रा सकाएरसात स्वर्गतर्फ यात्रा तय गर्नुभएको हो ।

जेरुसलेमको बिवाद आजकोे बिश्वको सबैभन्दा ठूलो अनि जोखिमपूर्ण बिवाद हो । अब अमेरिका पनि यस बिवादमा प्रत्यक्ष रुपमा तानिएको छ, अब इजरायल र प्यालेस्टाइनको जेरुसलेम बिवाद सिमा बाहिर गएको छ । भौगोलिक भन्दा पनि धार्मीक अनि पहिचानको युद्ध भएको छ ।

शिघ्रानुशिघ्र यस समस्याले हल पाओस् ।

लाइभमाण्डु






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

विदेशबाट फर्कनेलाई विमानस्थलमा कडाइ गर्न लागेपछि रेखा थापा आक्रोसित

काठमाडौं । सरकार पछिल्लो समय विदेशबाट हवाइ यात्रुले ल्याउने सामानमा कडाइ गर्न एक्सनमा उत्रेको छ । धेरै समय... बाँकी यता

tamang online / February 7, 2019

सरकारले म्यानमार र ओमनका राजदुतलाई फिर्ता बोलाउँदै

काठमाडौं, १२ पुस । सरकारले म्यानमार र ओमनका लागि नेपाली राजदुतहरुलाई फिर्ता बोलाउने प्रक्रिया सुरु गरेको छ ।... बाँकी यता

tamang online / December 27, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution