युएईमा सोनाम ल्होछार भव्यताको साथ मनाउने
याम्बु – तामाङ समुदायको महान साँस्कृतिक पर्व २८५५ फाग ल्हो सोनाम ल्होछारको शुभ अबसरमा “तामाङ समाज यूएईको शान, तामाङ संस्कृति तामाङ पहिचान” भन्ने मुल नाराका साथ “सेलो विशेष ल्होछार साँझ 2019 यहि आउँदो ८ फेब्रुअरी २०१९ (शुक्रबार) कर्ल्टान टावर देरा दुबईमा भव्यताको साथ मनाउने भएको छ |
नेपालबाट आमन्त्रीत राष्ट्रिय कलाकार नेपाल तामाङ कलाकार संघका अध्यक्ष एबं संगितकार तथा सेलो गायक सन्जीब वाइबाको साथमा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने तामाङ समाज युएईले जानकारी दिएको छ |
मौलिक धर्म संस्कृति नै समुदायको पहिचान भएकाले तामाङ समाज युएईले स्थापन कालदेखि नै प्रत्येक वर्ष ल्होछार कार्यक्रम आयोजना गरि रोजगारीको लागि युएईमा रहेकातामाङ समुदाय र ल्होछार प्रेमीहरुलाई आफ्नो संस्कृतिको झ–झल्को दिदै आइरहेका छन् ।