कतारमा नेपाल तामाङ घेदुङले सोनाम ल्होछार भव्यताको साथ मनाउने
याम्बु -नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिती दोहा कतारले मञ्जुश्री संवत्: २८५५ फाग् /ड्वा- ल्हो (सुँगुर) बर्षको पावन अबसरमा सोनाम ल्होछार बृहत् साँस्कृतिक कार्यक्रम आउँदो १ फेब्रुअरी २०१९ (शुक्रबार) दोहा स्थित कर्निसमा अबस्थित (गल्फ होराईजन) होटलमा भव्यताको साथ मनाउने भएको छ |
कार्यक्रमको लागि नेपालबाट अतिथि कलाकारहरु गायक तथा नायक आरम्भ तामाङ, गायक तथा संगीतकार छेवाङ तेन्जिङ लामा तामाङ र गायिका लक्ष्मी स्याङतान तामाङसंगै स्थानिय कलाकार हरुको साथमा तामाङ हरुको पौराणिक संस्कार, ईतिहास झल्किने किसिमको विभिन्न झाँकी हरु प्रस्तुत गरिने, तामाङ सेलो, डफ्फु सेलो, म्हेन्दो माया, गित गायन र नृत्य दुबै बिधामा बेजोड प्रस्तुति गर्ने कार्यक्रम रहेको छ | |
सोनाम ल्होछार प्रबर्द्धन, हाम्रो साँस्कृतिक सरोकार !!ताम्सालिङ् प्रदेशको निर्माण, हाम्रो राजनीतिक आधार !! भन्ने मुल नाराका साथ तामाङ जातिको उत्थान, साथै कला, संस्कृति, भाषा, लिपि, भेषभुषा, धर्म,संस्कार मौलिक पहिचानको संरक्षण तथा सम्बर्द्धन गर्ने उदेश्यका साथ आयोजना गरिएको कार्यक्रमबाट मुनाफा केही % प्रतिशत रकम परोपकार, कल्याणकारी, समाजिक कार्यमा सहयोग गर्ने जनाएको छ |
दोहा शहरको विभिन्न स्थानबाट पाल्नु हुने शुभेच्छुक, शुभचिन्तकहरुको लागि नि:शुल्क आवतजावत गर्न यातायातको व्यवस्था आयोजकले गरेको छ |