ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजले सोनाम ल्होछार शुभकामना आदानप्रदानको कार्यक्रम गर्ने
याम्बु – ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजले २८५५ फाग / ड्वा ल्हो (सुगुर बर्ष) सोनाम ल्होछारको शुभ अबसरमा नब दुर्ग पार्टी प्यालेस, चाबहिल, काठमाडौंमा माघ १९ गते शनिबार शुभकामना आदानप्रदान तथा बृहत ह्याङ्ला ल्होछार सांस्कृतिक महोत्सव कार्यक्रमको आयोजना गर्ने भएको छ |
कार्यक्रममा प्रमुख अतिथि सम्माननीय पुर्ब प्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य एंब बरिस्ठ नेता नेकपाका झलनाथ खनाल र विशिष्ट अतिथि माननीय भुमि सुधार, कृषि तथा सहकारी बिकास मन्त्री प्रदेश नं ३ का दावा दोर्जे लामा उपस्थित रहने ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजका अध्यक्ष सरोज मोहन लामा तामाङले जानकारी दिनु भएको छ |
सोनाम ल्होछारको शुभ अबसरमा विभिन्न गीतसंगीतमा ह्याङ्ला नाचगान / तामाङ सेलोमा सांस्कृतिक कार्यक्रम,तामाङ खाना, भेषभुसा, बाध्यबादन प्रदर्शनको साथमा ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजलाई स्थापनकाल देखि आजसम्म आर्थिक, भौतिक, नैतिक र अन्य सबै प्रकारका सहयोग गर्नुहुने समाजसेवी, कलाकार, पत्रकार, संघ/संस्था र विभिन्न ब्यक्तिहरुलाई सम्मान पत्र/प्रशंसा पत्रद्वारा सम्मान गर्ने कार्यक्रम रहेको समाजले बताएको छ |