इजरायलमा मगर संघले माघेसंक्रान्ति भव्यताको साथ मनाउने
तेलअविव – नेपाल मगर संघ शाखा इजरायलले आउँदो १८ जनवरी २०१९ (शुक्रबार) साँझ इजरायलको तेलअविव शहर स्थित कापाइम,१० (KAPAYIM 10 ) को हलमा “भेषभुषा ,भाषा,धर्म संस्कृतिको संरक्षण एवम विश्वभरिको मगरहरुको एकता अहिलेको आवस्यकता” भन्ने मुल नारा सहित मगर माघे सकराती पर्व बिभिन्न मगर परिकारहरुको साथमा स्थानीय कलाकारहरुको वेजोड प्रस्तुति सहित रात्रिभोज कार्यक्रम गरि भव्यताको साथ मनाउने भएको छ |
इजरायलस्थित सम्पूर्ण समाजसेवी संघ,संस्था,मिडियाकर्मी लगाएत समस्त नेपाली भाषीहरुलाई उपस्थितिको लागि नेपाल मगर संघ शाखा इजरायलले हार्दिक अनुरोध गरेको छ |