हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नेपाली युवाको जापान सपना : कहिले पाइन्छ जान ?

काठमाडौं – जापानको मन्त्रिपरिषद्ले नेपालसँगै चीन, थाइल्यान्ड, भियतनाम, फिलिपिन्स, इन्डोनेसिया, म्यानमार, कम्बोडिया र मङ्गोलिया आदि देशबाट कामदार लैजाने निर्णय गरेपछि नेपाली श्रम बजारमा त्यसबारे चर्चा बढेको छ । कामदार आयातका लागि जापानले १४ वटा क्षेत्र पहिचान गरेको छ ।

आवश्यक प्रक्रिया अगाडि बढाउन जापानले दुई साताअघि नेपाललाई मस्यौदा प्रस्ताव ‘मेमोरेन्डम अफ को–अपरेसन’ (एमओसी) पठाएको थियो । जापानले पठाएको उक्त प्रस्तावमा हेरचाह गर्ने क्षेत्र, भवन निर्माण, मसिनरी पार्ट्स र टुल्स, इलेक्ट्रोनिक्स–इलेक्ट्रिकल, सार्वजनिक निर्माण, पानी जहाज निर्माण, सवारी साधन मर्मत, हवाई उड्डयन र विमानस्थल सरसफाइ, होटल रेस्टुरेन्ट, कृषि, माछापालन, खाना र पेय पदार्थ, खाद्य सम्बन्धी सप्लाई चेनहरू समावेश गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दाहालका अनुसार जापानले पठाएको उक्त प्रस्तावमा आन्तरिक छलफल भइरहेको छ । जापानले पठाएको प्रस्तावमा सम्झौता गर्नका लागि जनवरीभित्रै एक प्राविधिक टोली नेपाल पठाउने बताइएको छ ।

उक्त प्राविधिक टोलीसँग हुने द्विपक्षीय छलफलमा नेपाली कामदार जापान कसरी जान्छन् ? कसरी रोजगारी प्राप्त गर्छन् ? गुनासो भए कहाँ राख्ने ? उनीहरूको सुरक्षाको ग्यारेन्टी कसरी हुन्छ भन्ने विषयहरूमा छलफल गरिने श्रम मन्त्रालयले जनाएको छ । नेपालको मुख्य चासोमा सुरक्षा, सेवा सुविधा, कामदार त्यहाँ बस्दा पाउने अतिरिक्त सेवा सुविधा र काम गर्ने अवधि समाप्त भएपछि सकुशल फिर्तीको प्रक्रिया जस्ता विषयहरू रहेका छन् ।

जापान जान चाहने नेपालीहरू जाने प्रक्रियाबारे बुझ्न उत्सुक छन् । तर हालसम्म यसबारे कुनै सरकारी निर्णय भएको छैन । नेपाली कामदार अन्य देशमा काम गर्न जाँदा धेरै भेदभाव सहन्छन्, गाली गलौज सहन्छन् र जिन्दगी खतरामा पारेर काम गर्छन् । तर विकसित मुलुक जापानले नेपाली कामदारहरूलाई आफ्नै देशका कामदारसरह सेवा सुविधा दिन तयार हुन्छ कि हुँदैन ? यसको उत्तर भने सम्झौता भएपछि मात्र पाउन सकिएला ।

नेपाल लगायत नौवटा मुलुकबाट झण्डै साढे तीनलाख विदेशी कामदार भित्र्याउने निर्णय संसदबाट अनुमोदन गरेको जापानले कामदारलाई शून्य खर्चको अवधारणामा जापान ल्याउनेगरी काम अगाडि बढाइने बताइएको छ । बीचमा दलाल नराखी प्रतिस्पर्धाका आधारमा कामदार रोज्ने प्रस्ताव जापानको रहेको बताइएको छ ।

स्रोतका अनुसार जापानले परराष्ट्र मन्त्रालयमार्फत श्रम मन्त्रालयमा पठाएको प्रस्ताव पत्रमा जापानमा काम गर्न जान अनिवार्य रुपमा जापानी भाषा जानेको हुनैपर्ने शर्त राखिएको छ । जापानले चाहेका क्षेत्रहरूमा काम गर्ने सीप र दक्षता दोस्रो शर्त हो । काम गर्न जान चाहने मानिसहरूको जापानी भाषामा दखल र कामको दक्षता दुवै जापानीहरू आफैँ आएर जाँच्ने प्रारम्भिक प्रस्ताव छ ।

श्रम मन्त्रालय स्रोतका अनुसार भाषा परीक्षाको जिम्मा ‘जापान फाउन्डेसन’लाई दिने भनिएको छ । तर यी सबै विषयको टुंगो भने जापानी प्राविधिक टोलीसँग छलफल गरेपछि मात्र लाग्नेछ ।

कामदारलाई कुनै समस्या पर्‍यो भने आफ्नो भाषामै आफ्ना कुराहरू राख्न पाउने, केही तलमाथि भयो भने गुनासो गर्न सक्ने, आधारतभूत गुनासा छन् भने सुन्ने र सहजीकरण गर्ने गरी जापानले सहयोग केन्द्रहरू खोल्ने प्रस्तावमा उल्लेख छ ।

जापानको प्रस्ताव अनुसार भाषा र दक्षता परीक्षा जापानले आफै गर्ने चाहना राखेको छ । बीचमा कुनै पनि दलाल नरहुन् भन्ने उनीहरूको चाहना रहेको श्रम मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । दुई पक्षबीच सरकारी स्तरमा सम्झौता भएपछि मात्र कामदार जापान पठाउने प्रक्रिया अगाडी बढ्ने छ ।

जापान कामदार पठाउने सम्झौता नहुँदै केही दलालहरूले सम्झौता भइसकेको भन्दै जापान जान चाहनेहरूबाट पैसा उठाउन थालिसकेको प्रति मन्त्रालय गम्भीर बनेको छ । केही समय अघि एक विज्ञप्ती जारी गर्दै जापानसँग हालसम्म केही सम्झौता नभएको र कामदार पठाउने टुंगो लागिसकेपछि सरकारले नै पहल गर्ने बताएको थियो । जापान जानका लागि व्याक्तिगत लेनदेन गरेको भेटिएमा कारवाही गरिने मन्त्रालयका सचिव दाहालले बताएको लोकान्तरमा छ ।

माघ १, २०७५

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution