जनसम्पर्क समिति इजरायलको दोश्रो अधिवेशन हुने , प्रमुख अतिथिमा महालक्ष्मी उपाध्याय
तेलअविव – नेपाली जनसम्पर्क समिति इजरायलको दोश्रो अधिवेशन आउँदो १८ जनवरी २०१९ (शुक्रबार) तेलअविव स्थित यसोधमला ४० मा हुने भएको छ ।
अधिवेशनमा प्रमुख अतिथि नेपालबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व राज्यमन्त्रि महालक्ष्मी उपाध्याय डिना इजरायल आउने भएको छ । साथै कांग्रेस महाधिवेशन प्रतिनिधि युवा नेत्री मुना भुसाल पनि आउने नेपाली जनसम्पर्क समिति इजरायल जानकारी दिएको छ |
ऐतिहासिक अधिबेशनलाई सफल बनाउन इजरायलवासी नेपालीहरुलाई गरिमामय उपस्थितिको लागि नेपाली जनसम्पर्क समिति इजरायलले बिशेष अनुरोध गरको छ ।