हेडलाईन

मिथ्यांकमा टेक्दै भारतीय ‘मोटिभेसनल स्पिकर’ विवेक बिन्द्राले गरे नेपालको दुष्प्रचार         पहिलो वुद्धिष्ट सर्किट यात्रा असार पूर्णीमादेखि          अन्ततः रवि लामिछानेले बिहे गरे निकितासँग         तामाङ समाज कतारले सोनाम ल्होछार भव्यताको साथ मनाउने         इन्द्रिरा गोले थेन कुमार तामाङला स्वररि छार तामाङ व्हाई (भिडियो)         युएईमा सोनाम ल्होछार भव्यताको साथ मनाउने         कतारमा नेपाल तामाङ घेदुङले सोनाम ल्होछार भव्यताको साथ मनाउने         यस कारण म साउदी अरबबाट भागेँ……         नेपाली जनसम्पर्क समिति इजरायलको सभापतिमा खगेश्वर अधिकारी निर्वाचित         जापानको रोजगारीमा सलबलाउँदै छन् ‘बिचौलिया’         जापान जाने सपना र नेपालको कन्सल्टेन्सी बजारमा चर्चामा रहेको शब्द एन फोर (N4) ?         ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजले सोनाम ल्होछार शुभकामना आदानप्रदानको कार्यक्रम गर्ने         जापानको नगोयामा सोनाम ल्होछार भव्यताको साथ मनाउने         एनआईसी एशिया डिबेन्चर २०८५/८६ निश्कासन         प्रतिस्पर्धाको आधारमा कामदार लिन जापानलाई नेपालको प्रस्ताव        

मलेसियाका राजा सुल्तानले गद्दी त्याग गरेको घोषणा

क्वालालम्पुर : मलेसियाका राजा सुल्तान मुहम्मद पाँचौंले राजगद्दी त्याग गरेको राजप्रासाद अधिकारीहरुले आइतबार बताएका छन्। यो घोषणासँगै मलेसियाका राजा बिदामा बस्नुको कारणबारे केही सातादेखिको चलिरहेको अडकलबाजी समाप्त भएको छ।

मलेसियाली राजाले रुसी पूर्व सुन्दरीसँग विवाह गरेको अनुमान पनि गरिएको छ। मुस्लिम–बहुल मलेसियामा सन् १९५७ यता कुनै राजाले राजगद्दी त्याग गरेको यो पहिलो घटना हो।

राजप्रासाद कार्यालयको वक्तव्यमा भनिएको छ, “महाराजाधिराज सुल्तानले जनवरी ६ तारिखबाट लागू हुनेगरी १५औं राजाका रुपमा गद्दी त्याग गर्नुभएको राजदरबारले जानकारी दिएको छ।”

तर राजप्रासाद कार्यालयले ४९ वर्षीय राजाले राजगद्दी त्याग गर्नुको कुनै कारण खुलाएको छैन। राजा सुल्तानले सन् २०१६ डिसेम्बरमा राजगद्दी सम्हालेका थिए। उनले गत नोभेम्बरमा औषधि उपचारका लागि भन्दै लामो विदा लिएका थिए।

उनले विदा लिएलगत्तै केही अनलाइन सञ्चार माध्यममा राजा सुल्तानले रुसकी पूर्व सुन्दरी (मिस मस्को) सँग विवाह गरेको खबर आएको थियो।

मलेसियामा संवैधानिक राजतन्त्रात्मक व्यवस्था छ। मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा हुने अनौठो प्रचलन छ।

रासस 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

सरकारले म्यानमार र ओमनका राजदुतलाई फिर्ता बोलाउँदै

काठमाडौं, १२ पुस । सरकारले म्यानमार र ओमनका लागि नेपाली राजदुतहरुलाई फिर्ता बोलाउने प्रक्रिया सुरु गरेको छ ।... बाँकी यता

tamang online / December 27, 2018

आफ्नो प्रेम साँचो हो की झुटो यसरी थाहा पाउनुहोस्

प्रेममा रहेका जोडीहरु एक-अर्काका लागि ज्यान दिनेसम्मको गफ गर्छन् । धेरै प्रेमीहरुले आफ्नो मायालुलाई फकाउँदा... बाँकी यता

tamang online / December 20, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution