हेडलाईन

अश्लिल अन्तर्वार्ता दिने परि तामाङ प्रहरीको फन्दामा         दुबै मिर्गौला पीडित आशोक लामा तामाङको लागि सहयोग अभियान सञ्चालन         काभ्रेमा प्रहरी र बिप्लवका कार्यकर्ता बीच गोलि हानहान         डिम्याट खाता के हो ? कसरी सञ्चालन हुन्छ ?         प्रधानमन्त्रीले सेयर किन्नको लागि दुईवटा डिम्याट खाता खोले, कति किन्लान् ?         आदिवासी जनजातिको सूचि पुनरावलोकन गर्न सिफारिस         दाहालविरुद्ध अमेरिकामा उजुरी, पक्राउ गर्न माग (उजुरीपत्रसहित)         नेपाल तामाङ घेदुङ इजरायलको पाँचौ अधिवेशन मे महिनामा हुदै         इजरायलमा कट्टरपन्थी यहुदी नेता बेन आरी माथि प्रतिबन्ध         कमरेड विप्लवलाई खुलापत्र – जनताको जिउधनको रक्षा होस् !         नेपाल आदिवासी जनजाती महासंघ इजरायलको सद्भाव भ्रमण कार्यक्रम सम्पन्न         युनियन हाइड्रोपावरको चैत १३ गतेदेखि आइपीओ खुल्ने         सीके राउतले गरे पार्टीको नाम परिवर्तन, यस्ता छन् निर्णय         प्रवासी सृजनशील महिला समुह (दमक) इजरायलको तेश्रो वार्षिकोत्सव सम्पन्न         इजरायलमा २१४६ औं ग्याल्पो लोसार भव्यताको साथ सम्पन्न (फोटो फिचर)        

गण्डकी प्रदेश सरकारले दिएको बिदा प्रशासनले मानेनन्

पोखरा – गुरुङ जातीहरुको पर्व तमु ल्होसारमा प्रदेश सरकारले बिदा दियो। कर्मचारी कोही बिदा मानेर कार्यालय गएनन्, कोही घरतर्फ लागे, कोही बिदा मनाउन। तर, संघमातहतका कार्यालय भने बिदाको दिन आईतबार पनि नियमित रुपमा खुला थिए।

गण्डकी प्रदेश सरकारले दिएको बिदाको उनीहरुले वास्ता गरेनन्। प्रदेशको बिदालाई सरकारी कार्यालय, वित्तीय संस्थाहरुले कार्यान्वयन गरेनन्। संघ सरकारको मातहतमा रहेका कार्यालयहरु खुले। प्रादेशिक संरचना र प्रदेश मातहतका मन्त्रालय तथा मन्त्रालय मातहतका कार्यालय मात्र बन्द भए। ‘प्रदेशको बिदा मान भनेर संघ सरकारले भनेको छैन्,’ कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले भने, ‘हामी संघ मातहतका कर्मचारी हौँ, नेपाल सरकारले तोकेको बिदा मात्रै मान्छौँ।’

संघीय सरकार मातहत रहेको भन्दै बिदा नमानेका ती कार्यालयमा सेवाग्राहीको भने उपस्थिती थिएन। ‘संघ सरकारले नै निर्णय गरेर कानुनमा आएपछि बिदा कार्यान्वयन गर्न सकिन्छ, यो विषयमा संघ र प्रदेशबिचमा समन्वय पनि हुनुपर्ने हो, प्रदेशले मात्र बिदा दिँदैमा हामी कार्यान्वयन गर्न सक्दैनौँ’ उनले भने।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव फणिन्द्रमणि पोखरेलले यी कार्यालयहरु हालसम्म पनि संघ सरकार मातहत नै रहेको र संघ सरकारले बिदा दिने निर्णय नगरेको हुँदा प्रदेश सरकारको बिदा पूर्णरुपमा कार्यान्वयन नभएको बताए।

अर्कोपटकदेखि भने बिदा कार्यान्वयन पूर्णरुपमा सफल हुने उनको भनाई छ। बिदा सफल तर कसरी भन्ने प्रश्नमा उनले भने, ‘मंसिर तेश्रो साता भएको अन्तर प्रदेश परिषदमा प्रदेशले ६ दिनसम्म बिदा दिन सक्ने भन्ने विषयमा छलफल भएको रहेछ, सोही प्रस्ताव गृहमन्त्रालयले मन्त्रिपरिषदको बैठकमा लगेको छ, उक्त प्रस्ताव पारित भएपछि यो समस्या आउँदैन्।’

प्रदेशले बिदा दिएतापनि संघीय सरकार मातहतका कार्यालय जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, निर्वाचन, कारागार, नेपाल राष्ट्र बैंक, निजी तथा सरकारी बैंक तथा वित्तीय संस्थाहरु भने खुलेका थिए। गण्डकी प्रदेशमा जनैपुर्णिमा, तीज, ल्हाेसार लगाएतमा विदाको माग गरेपनि प्रदेश सरकारले दिएको थिएन। गुरुङ जाती विशेषको पर्व भएतापनि गण्डकी प्रदेशमा जनसंख्यागत आधारमा गुरुङहरु चौथो स्थानमा रहेका छन्।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

ताप्लेजुङ हेलिकप्टर दुर्घटना: ‘मौसम खराबसँगै हतारो’

ताप्लेजुङ - करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा... बाँकी यता

tamang online / February 28, 2019

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution