हेडलाईन

इजरायलमा कट्टरपन्थी यहुदी नेता बेन आरी माथि प्रतिबन्ध         कमरेड विप्लवलाई खुलापत्र – जनताको जिउधनको रक्षा होस् !         नेपाल आदिवासी जनजाती महासंघ इजरायलको सद्भाव भ्रमण कार्यक्रम सम्पन्न         युनियन हाइड्रोपावरको चैत १३ गतेदेखि आइपीओ खुल्ने         सीके राउतले गरे पार्टीको नाम परिवर्तन, यस्ता छन् निर्णय         प्रवासी सृजनशील महिला समुह (दमक) इजरायलको तेश्रो वार्षिकोत्सव सम्पन्न         इजरायलमा २१४६ औं ग्याल्पो लोसार भव्यताको साथ सम्पन्न (फोटो फिचर)         किरात याक्थुङ चुम्लुङ इजरायलको छैटौँ वार्षिकोत्सव तथा अधिवेशन हुदै         इजरायलमा नवनियुक्त नेपाली राजदुत शाक्यलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न(भिडियो)         जनसम्पर्क समिति इजरायलको परिचायात्मक तथा वनभोज कार्यक्रम सम्पन्न         विद्यालयमा बौद्ध शिक्षा लागू हुने तयारी         पोखरामा कोकोम्हेन्दो साहित्य समाजको नियमित रचना वाचनको १२ औं श्रृंखला सम्पन्न         झापाली समाज इजरायलको तेश्रो अधिवेशन सम्पन्न,अध्यक्षमा सन्दीप भण्डारी         नेपालले बङ्गलादेशलाई ३-० ले हरायो, आज पनि मञ्जलीकुमारी योञ्जन तामाङले ठोके गोल         एटिएमको ब्यालेन्स स्लिपले निम्त्याउँन सक्छ क्यान्सर !        

तामाङ सोसाइटी अफ न्युयोर्क द्वारा सामाजिक न्याय र परिवर्तनको लागि महिला सशक्तीकरण कार्यक्रम समपन्न

अमेरिका – तामाङ सोसाइटी अफ न्युयोर्कले “सामाजिक न्याय र परिवर्तनको लागि महिला सशक्तीकरण” विषयमा एक कार्यक्रम आयोजना गरेकोछ । डिसेम्बर २२ तारिखको दिन न्युयोर्क स्थित एल्महर्ष्ट हस्पिटलको सभाकक्षमा सम्पन्न भएको सो कार्यक्रमको उद्देश्य सबै वर्ग र उमेरका नेपाली महिलाहरुलाई घरेलु हिंसा, यौन शोषण, महिला अधिकार, शिक्षा, स्वास्थ्य, अर्थ, लैङ्गिक समानता सम्बन्धी ज्ञानको अभिवृद्धि गराएर महिलाहरुलाई सशक्त रुपमा अघि बढ्न प्रोत्साहित गर्नु रहेको छ । कार्यक्रममा विभिन्न क्षेत्रमा ख्यातिप्राप्त र सफल महिला व्यक्तित्वहरु नेपाल प्रहरीका पूर्व डिआइजी पार्वती थापामगर, घरेलु हिंसा तथा यौन शोषण बिरुद्धको सामाजिक अभियन्ता तथा जर्सी सिटी मेयरका सल्लाहकार डा.विष्णुमाया परियार, संयुक्त राष्ट्र संघ स्थित अन्तर्राष्ट्रिय अनुसन्धानविद कविता निरौला, दन्त चिकित्शक तथा एन.आर.एन.आई.सी.सी. अमेरिकाका युवा संयोजक डा. वर्षा मोक्तान र बैंकर अमृता लामा अतिथि वक्ताका रहेका थिए

न्युयोर्क स्थित नेपाल सरकारका महावाणिज्यदूत पुष्प राज भट्टराई प्रमुख अतिथि रहेको पहिलो चरणको कार्यक्रममा तामाङ सोसाईटी अफ नर्थ अमेरिका केन्द्रिय कमिटिका अध्यक्ष लक्यान लामा, एन.आर.एन. अमेरिकाका महासचिव बि.आर. लामा र आदिवासी जनजाति महासंघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष तथा मुस्ताङ किदुग यु.एस.ए. का अध्यक्ष राजकुमार विष्ट विशेष अतिथि रहेका थिए । यसै गरि अतिथिको रुपमा नेपाल सरकारका पुर्व सभासद तथा राष्ट्रिय आदिवासी जनजाति महिला संघका पूर्व अध्यक्ष शान्ति जिरेल, आदिवाशी जनजाति महिला महासंघ अमेरिकाकी अध्यक्ष संगिनी रानामगर, हिमालयन बुद्धिष्ट कम्युनिटी यु.एस.ए.का अध्यक्ष छेपाक दोर्जी गुरुङ, मगर संघ अमेरिका केन्द्रिय कमिटी अध्यक्ष कुलदीप रानामगर, शेर्पा किदुग यु.एस.ए.का अध्यक्ष उर्गेन शेर्पा, किरात यकथुम चुम्लुङका अध्यक्ष दिपेश लिम्बु, गुरुङ (तमु) सोसाईटीका अध्यक्ष पदम गुरुङ, किरात राई सोसाईटी अफ अमेरिकाका अध्यक्ष भारती राई, एन.आर.एन. अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष राम हरि अधिकारी, एन.आर.एन. अमेरिका न्युयोर्क च्याप्टरका महिला संयोजक कञ्चन बस्नेत, नेपाली अमेरिकन कलाकार संघका अध्यक्ष सुमन बुढामगर, एभेरेष्ट टाईम्सका सम्पादक ङिमा पाख्रीन, टुटुल्को डट कमका सञ्चालक ज्योति कुमार श्रेष्ठ, तामाङ समाज उत्तर अमेरिकाका सल्हाकारहरु ईन्द्र तामाङ, सुबास लामा, सुर्य तामाङ, ग्यालसुम्दो सेवा संस्थाका अध्यक्ष छिरिङ राप्के लामा, जनजाति महासंघका महासचिव प्रेम गुरुङ र विभिन्न संस्थाका पदाधिकारी तथा सल्लाहकारहरु उपस्थित थिए ।

 

दुई चरणमा विभाजन गरि शुरु गरेको कार्यक्रम, प्रमुख अतिथि द्वारा पानसमा दिप प्रज्वलन गरि पहिलो चरणको कार्यक्रम उदघाटन गरिएको थियो भने उक्त कार्यक्रमको सभापति संस्थाकी अध्यक्ष गोमा योन्जनले गर्नु भएको थियो । संस्थाका सचिव दिपेन्द्र लामाले उद्घोषण गरि शुरु गरेको प्रथम चरणको कार्यक्रम युवा पुस्ताका फुर्साङ डोल्मा तामाङ र सोनिका लामाले सञ्चालन गरेका थिए । उदघाटन लगतै नेपाल र अमेरिकाको राष्ट्रियगान बाट कार्यक्रमको शुरुवात भएको थियो । रिया तामाङ, ईसिका लिम्बु, परिसा रुम्बा, गरिमा रानामगर, निनिमा राई, फर्टुन राई र छिरिङ डोमा शेर्पाले नेपाली राष्ट्रिगान गाएका थिए भने छोईङ तामाङले अमेरिकाको राष्ट्रियगान गाएकी थिइन् । कार्यक्रममा शर्मिला वाईबा, छिरिङ योञ्जन, सुरज मोक्तान, सन्देश लामा, रिन्चेन तामाङ, रेश्मि गौचन तथा द फ्याम ब्याण्डका बिजय वाईबा, कमल गुरुङ र याङजी शेर्पाले विविध मनोरञ्जनात्मक र सन्देशमुलक नृत्य तथा सांगितिक प्रस्तुति दिएका थिए । प्रस्तुत नृत्यहरुको निर्देशन बिजय वाईबाले गरेका थिए भने संगीत र सम्पादन कमल गुरुङले गरेका थिए । कार्यक्रममा शर्मिला वाईबाले नेपालको बस्तु स्थितिमा सपनाको खोजिमा हिडेको चेलिले भोग्न परेको कठिन परिस्थितिको बारेमा कन्टेम्पोरेरि डान्स र रिन्चेन तामाङ, रेश्मि गौचन र टिम द्वारा किशोरीहरुले भोग्न सक्ने बुलिईङ झल्काउने एक्ट प्रस्तुत गरेका थिए । त्यसै गरि सोनिका लामाले विगतमा आफुले भोगेको बुलिईङ बारे सुनाउँदा कार्यक्रममा उपस्थित सबै भावुक भएका थिए ।

आफ्नो मन्तव्य व्यक्त गर्दै नेपाल सरकारका महावाणिज्यदुत पुष्प राज भट्टराई लगायत अन्य विशेष अतिथिहरुले यस किसिमको कार्यक्रम नेपाली अमेरिकन समाजमा यो नै पहिलो कार्यक्रम भएको र तामाङ सोसाईटी अफ न्युयोर्कले यो कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्था, कार्यक्रम प्रस्तोता तथा कलाकार भाईबहिनीहरु सबैको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे, केन्द्रीय अध्यक्ष लक्यान लामाले आफ्नो अनुभब साट्दै कन्सेप्ट सहितको कार्यक्रम पस्केर छोटो समयमा नै इतिहास रच्न सफल भएकोमा सोसाईटी र कार्यसमितिलाई बधाई तथा शुभकामना पस्कनु भयो भने एनआरएनए महासचिव बाबुराम तामाङ ज्यु ले अाफ्नो भनाईमा यति मार्मिक र उच्चस्तरिय कार्यक्रम पस्केकोमा आफु चकित भएको र यस्तो कार्यक्रम नेपालमा लाने योजना छ भने तामाङ सोसाईटी अफ न्युयोर्कलाई $५०० सहयोग दिने घोषणा गर्नु भयो त्यसै गरि फिप्नाका वरीष्ठ उपाध्यक्ष राज कुमार विष्ट ज्यु ले आफ्नो भनाईमा शुभकामना पस्कदै अन्य समुदाय केबल नेता बन्नु र सम्मान खाना मात्र संस्था खोलेको अनुभव भयो भन्दै कार्यक्रम पस्कन र कन्सेप्ट ल्याउन तामाङ सोसाईटी अफ न्युयोर्क बाट अन्य संघ संस्थाले सिक्नु पर्ने धारण प्रस्तुत गर्नु भयो |

कार्यक्रमको दोश्रो चरणको सभापतित्व संस्थाकी उपाध्यक्ष निमा गोलेले गर्नु भएको थियो भने प्रमुख अतिथि केन्द्रीय अध्यक्ष लक्यान लामा रहनु भएको थियो । कार्यक्रमका संयोजक निलिमा रुम्बा प्रधानले महिला सशक्तिकरण बारे आफ्नो प्रश्तुति दिए पश्चात मोडेरेटरको भुमिका निर्वाह गर्दै अतिथिवक्ताको रुपमा निम्त्याईएका विभिन्न क्षेत्रमा ख्यातिप्राप्त र सफल महिलाहरु समक्ष सामाजिक न्याय र परिवर्तनका लागि महिला सशक्तिकरण विषय सम्बन्धि विविध प्रश्नहरु राखेकी थिइन् । सोधिएको प्रश्नहरुको जवाफ दिंदै अतिथी वक्ताहरुले नेपाल तथा अमेरिकी समाजमा विध्यमान रहेका लैङगिक असामानता, घरेलु हिंसा तथा यौन शोषण, आर्थिक असामानता बारे प्रकाश पार्दै सामाजिक न्याय तथा परिवर्तनका लागि महिला सशक्तिकरणको आवश्यक्ता रहेको बताए । प्रश्नउत्तर कार्यक्रमको अन्तिम चरणमा अतिथि वक्ताहरु समक्ष कार्यक्रमका सहभागीहरुले यौन शोषण, सामाजिक न्याय, आर्थिक स्वतन्त्रा, निर्मला पन्त हत्याकाण्ड, यौन हिंसा सम्बन्धि हाल चलिरहेको मि टु मुभमेन्ट, आदि विषयमा प्रश्नहरु सोधेका थिए ।

अन्तमा यस सशक्तिकरण कार्यक्रमको उद्देश्यलाई सार्थकता दिनको निम्ति निलिमा रुम्बा प्रधानको संयोजकत्वमा फुर्साङ तामाङ, सोनिका लामा, छिरिङ योञ्जन, सन्देश लामा,सुरज मोक्तान, शर्मिला वाईबा, पासाङ पाख्रीन, रिन्चेन तामाङ, रेश्मि गौचन, बिजय वाईबा, कमल गुरुङ र याङजि शेर्पा सम्मिलित एक कोर टिम गठन गरिएको घोषणा गर्नुका साथै कार्यक्रमका अतिथि वक्ताहरुलाई खदा लगाएर सम्मान गर्दै कार्यक्रमको समापन गरिएको थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

ताप्लेजुङ हेलिकप्टर दुर्घटना: ‘मौसम खराबसँगै हतारो’

ताप्लेजुङ - करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा... बाँकी यता

tamang online / February 28, 2019

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution