हेडलाईन

मिथ्यांकमा टेक्दै भारतीय ‘मोटिभेसनल स्पिकर’ विवेक बिन्द्राले गरे नेपालको दुष्प्रचार         पहिलो वुद्धिष्ट सर्किट यात्रा असार पूर्णीमादेखि          अन्ततः रवि लामिछानेले बिहे गरे निकितासँग         तामाङ समाज कतारले सोनाम ल्होछार भव्यताको साथ मनाउने         इन्द्रिरा गोले थेन कुमार तामाङला स्वररि छार तामाङ व्हाई (भिडियो)         युएईमा सोनाम ल्होछार भव्यताको साथ मनाउने         कतारमा नेपाल तामाङ घेदुङले सोनाम ल्होछार भव्यताको साथ मनाउने         यस कारण म साउदी अरबबाट भागेँ……         नेपाली जनसम्पर्क समिति इजरायलको सभापतिमा खगेश्वर अधिकारी निर्वाचित         जापानको रोजगारीमा सलबलाउँदै छन् ‘बिचौलिया’         जापान जाने सपना र नेपालको कन्सल्टेन्सी बजारमा चर्चामा रहेको शब्द एन फोर (N4) ?         ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजले सोनाम ल्होछार शुभकामना आदानप्रदानको कार्यक्रम गर्ने         जापानको नगोयामा सोनाम ल्होछार भव्यताको साथ मनाउने         एनआईसी एशिया डिबेन्चर २०८५/८६ निश्कासन         प्रतिस्पर्धाको आधारमा कामदार लिन जापानलाई नेपालको प्रस्ताव        

मानवतस्करी: नेपाली किशोरीहरू चीन लैजाने क्रम बढेपछि सीमामा कडाइ

नेपाली किशोरीहरूलाई काम गराउन अवैध रूपमा तिब्बततर्फ लैजाने क्रम बढेको भन्दै चीनसँग जोडिएको सीमानाकामा नेपाली पक्षले कडाइ गर्न थालेको छ।

रसुवादेखि उत्तरतर्फ पर्ने चीनको केरुङमा रेस्टुराँ र डान्सबारमा काम लगाइने गरेका नेपाली किशोरीहरू श्रम र यौन शोषणमा पर्ने गरेको पाइएको माइती नेपालका पदाधिकारीले बताएका छन्।

रसुवाका स्थानीय बासिन्दाले स्थायी बसोबासको प्रमाण देखाएर केरुङ जान पाउँछन्। तर अन्य जिल्लाका किशोरीहरूलाई नक्कली ‍प्रमाण बनाएर तिब्बततर्फ लग्ने गरिएको बताइएको छ।

केही समयदेखि रसुवागढी नाका चीन र नेपालबीच आवतजावत र सामान आयात-निर्यातका लागि एकमात्र नाकाका रूपमा सञ्चालनमा छ।
अन्य जिल्लाका नेपालीलाई रसुवागढी नाका हुँदै चीन जान प्रवेशाज्ञा नै चाहिन्छ। तर रसुवाका बासिन्दाहरूले चीनको केरुङसम्म जाने विशेष सुविधा पाएका छन्।

त्यसको फाइदा उठाउँदै नेपाली किशोरीहरूलाई राम्रो आय हुने कामको प्रलोभनमा पारेर केरुङ लैजाने क्रम बढ्दै गएको अधिकारीहरू बताउँछन्।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख सन्तोष तामाङले भने, “केही गिरोहलाई समातेर हामीले मानव बेचबिखनको मुद्दा पनि चलाएका छौँ। शोषण हुन सक्ने देखेर हामीले केही किशोरीलाई फर्कायौँ र केहीलाई रोक्यौँ।”

बीस वर्ष नपुगेका युवतीलाई रसुवागढी नाकामै रोक्ने, जानेहरूको कागजपत्र अध्ययन गर्ने, परिवारसँग कुरा गर्ने र जोखिममा पर्नसक्ने देखिए उनीहरूलाई फर्काउने गरिएको छ।
पछिल्लो पाँच महिनामा एक सय जनाभन्दा बढी किशोरीलाई फर्काइएको छ।

अझै पनि केरुङमा विभिन्न डान्सबार र रेस्टुराँमा पाँच सय नेपाली किशोरी रहेको अनुमान मानव बेचविखनविरुद्ध काम गर्दै आएको संस्था माइती नेपालले जनाएको छ।

त्यो संस्थाका अच्युतकुमार नेपालले भने, “त्यहाँ काम लगाइदिन्छु भनेर लैजाने अनि बन्धक‍जस्तो बनाएर श्रम शोषण र यौन शोषण गर्ने गराएको पाइयो। भारतमा जस्तो चीनमा वस्तुगत अनुगमन गरेर प्रतिवेदन बनाउन गाह्रो छ।”

नेपाल र चीन बीचको अन्तर्राष्ट्रिय नाकाका रूपमा रहेको केरुङ बजार विस्तारका क्रममा रहेको र तातोपानी नाका पनि खोल्ने तयारी भइरहेकाले चीन जाने नाकामा अझै कडाइ र सीमाका जिल्लामा जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने उपनिर्देशक नेपालको भनाइ छ।

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

सरकारले म्यानमार र ओमनका राजदुतलाई फिर्ता बोलाउँदै

काठमाडौं, १२ पुस । सरकारले म्यानमार र ओमनका लागि नेपाली राजदुतहरुलाई फिर्ता बोलाउने प्रक्रिया सुरु गरेको छ ।... बाँकी यता

tamang online / December 27, 2018

आफ्नो प्रेम साँचो हो की झुटो यसरी थाहा पाउनुहोस्

प्रेममा रहेका जोडीहरु एक-अर्काका लागि ज्यान दिनेसम्मको गफ गर्छन् । धेरै प्रेमीहरुले आफ्नो मायालुलाई फकाउँदा... बाँकी यता

tamang online / December 20, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution