हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

विदेशको लोभ देखाएर ठग्ने दलाल गाउँ गाउँमा सक्रिय

पात्र नम्बर १ः रौतहटका शुसिल पासवान । गाउँका अधिकांश साथीहरु विदेसिए ।सबै सहपाठीले विदेशबाट महिनै पिच्छे पैसा पठाएको देखेपछि शुसिलमा पनि विदेशको हुटहुटि चल्यो। अनि चिनेजानेकै एक दलालको सहारामा विदेसिने योजना उनले बनाए। तर दलाललाई डेढ लाख तिरेर कतार जाने अनि मनग्गे पैसा कमाउने सपना देखेका शुसिलको सपना बीचैमा तुहिन्छ। विदेश जाने त कता हो कता एजेन्टलाई दिएको डेढ लाख असुल्न पनि शुसिललाई मुस्किल पर्छ। आजित भएपछि शुसिल आफ्नो डुबेका पैसा उठ्ने आशमा वैदेशिक रोजगार विभागमा उजुरी गर्न रौतहट बाट काठमाडौं आउछन्।

पात्र नम्बर २: सुर्खेत साल्कोटका धर्मेन्द्र पाण्डे । ७ लाखमा पोल्याण्ड पठाइदिन्छु भन्दै १ वर्षमा उतैको पीआर पनि मिल्छ भन्ने दलालको पछिलाग्दा पाण्डेले पाउनु सम्मको दुखः पाए । १ लाख तीस हजार रुपैयाँ बुझाएका पाण्डे अहिले त्यो पैसा उठ्ला कि भन्ने आशमा राजधानी आइपुगेका छन् ।

तर बेला बेला मात्र पाण्डेको फोन उठाउने ति एजेन्टले अझै पनि धर्मेन्द्रलाई राम्रो देश पठाइदिन्छु अरु १ लाख पैसा थप भन्न छाडेका छैनन्।
पात्र नम्बर ३ः लक्षिराम डाँगी घर रोल्पा । गाउँमा कहिले काहीं घोडा देखेका रोल्पा तालावाङ्गका लक्षिराम डाँगीलाई एक दलालले घोडाको रेखदेख गर्ने कामका लागि टर्की पठाइदिने भनेर पÞmकाउछन् । डाँगी नफकिउन पनि कसरी । मासिक झन्डै एक लाख रुपैयाँ तलब पाइने, त्यो पनि घोडाको हेरचाह गरेर। डाँगीले हुन्छ भने अनि टर्की पठाइदिने दलाललाई बुझाए एक लाखको बिटो । फेरी केही समयपछि भिसाको फोटोकपी देखाएर थप एक लाख माग्ने दलालले भिसाको म्याद सकिन लाग्यो, उड्ने दिन आयो भनेर ८ लाख जम्मा गर्न भन्छन् । एक लाख कमाइ हुने सपनाले डाँगीले ८ लाख जम्मा गर्छन तर ८ लाख जम्मागरेपछि भने उनलाई टर्की उडाउने दलाल फरार हुन्छन् ।

पात्र नम्बर ४ः चन्द्र विक, घर सुनसरी चकरघट्टी । युद्दग्रस्त र लामो समय प्रतिबन्धको सूचीमा परेको अफगानिस्तान पठाइदिने दलालको झुटा आश्वासनमा परेर चन्द्रले दलाललाई ८ लाख बुझाउछन् । तर अफगानिस्तानको सपनाले चन्द्रलाई अफगानिस्तान होइन दिल्ली पुर्याउछ । दलालले पैसा लिएर दलाल सम्पर्कविहीन भएपछि चन्द्रलाई घरखर्च चलाउनै धौ धौ पर्छ । एक त आर्थिक कठिनाई झन् त्यस माथि साथि भाई र साहु सँग लिएको ऋण र त्यसको ब्याजले पिरोल्न थालेपछि चन्द्र दिल्ली तिर लाग्छन् रोजगारीको खोजीमा। दाईलाई अफगानिस्तान पठाईदिन्छु भन्दै ८ लाख दलालले खाएर भागेपछि चन्द्रकी बहिनी टिका पैसा खाने दलाल पक्राउ पर्ला अनि पैसा असुल होला भन्ने आशमा वैदेशिक रोजगार विभागमा उजुरी गर्न पुग्छिन् ।

विदेशिने नाममा दलालको पासोमा परेका केही प्रतिनिधि पात्र मात्र हुन् यी त । आर्थिक वर्ष २०७४ र ०७५ मा मात्र विदेश पठाइदिने नाममा १ हजार १ सय नौ नेपाली विभिन्न व्यक्ति बाट ठगिएका वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउछ । ती ११ सय नौ जनाले ७५ करोड ३७ लाख १० हजार रुपैया एजेन्टले खाएको भन्दै असुल गरिदिन विभागमा उजुरी गरेका छन् । जस मध्ये १५ करोड २४ लाख ४५ हजार रकम विभागले असुल उपर गराईदिएको छ भने १ सय ९१ जना बिरुद्द अदालतमा मुद्दा नै दर्ता गरिएको छ । आर्थिक वर्ष ०७५ र ०७६ को पहिलो ३ महिनामा मात्र १५ करोड भन्दा बढी ठगिएको भन्दै २७८ जनाले विभिन्न व्यक्ति बिरुद्द उजुरी दर्ता गराएका छन् ।

विदेशिने नाममा ठगिएका नेपाली तथा तिनका आफन्त

गरिवी, अशिक्षा, बेरोजगारी अनि लहडले धेरै नेपाली नेपालमै ठगिन्छन, कोही आफन्तबाटै ठगिन्छन कोही भने आखाँ चिम्लेर कसैलाई विश्वास गर्दा फस्छन्। वैदेशिक रोजगार सम्बन्धी पर्याप्त जनचेतनाको अभावमा सयौ नेपालीको लाखौ रुपैयाँ डुबेको छ।
सरकारले एजेन्टको व्यस्था खारेज गरेपनि अझै पनि गाउँ गाउँमा अवैध दलालको बिगबिगी छ।

सरकारी अधिकारी भने सरकारले एजेन्टको व्यवस्था खारेज गरिसकेकाले कसैलाई पनि विश्वासको भरमा पैसा र पासपोर्ट नबुझाउन आग्रह गर्छन । वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईं सरकारबाट सुचिकृत मेनपावर होरहोइन,त्यो मेनपावरले आपूmले जान खोजेको देश पठाउन विदेशको माग ल्याएर पूर्व स्वीकृति लिएको छ÷छैन बुझेर मात्र विदेश जाने प्रक्रिया सुरु गर्न आग्रह गर्छन।

यता वैदेशिक रोजगार व्यवसायी भने राज्यले एजेन्ट नियन्त्रण गर्न नसक्दा समस्या झन बढेको बताउछन् । वैदेशिक रोजगार व्यवसायी किरण किशोर घिमिरेको बुझाइमा विदेसिने कामदार स्वयं सचेत नबन्नु, विदेश जान मेनपावरमा सिधा सम्पर्क नगर्नु र राज्यले मेनपावरलाई मात्र दोष देख्ने प्रवृत्तिले वैदेशिक रोजगारका समस्या बढेका हुन् । तर सरकारी अधिकारी भने सीमित स्रोत ÷साधनले गर्दा वैदेशिक रोजगारमा जाने कामदारका समस्या न्यूनीकरणमा समस्या झेल्नु परेको भन्दै आफ्नो बचाऊ गर्छन् ।

वैदेशिक रोजगारका जानकार मधुविलास पण्डित वैदेशिक रोजगार सम्बन्धी सूचना र सही जानकारी स्थानीयतहमा पुर्याउन सके यस्ता ठगी केही हदसम्म न्यूनीकरण हुने विश्वास राख्छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution