हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

इजरायलबाट कामदारको माग नआएपछि छनोट भएका ४१ जना अलपत्र

काठमाडौं – सरकारले इजरायलमा केयर गिभर कामदारका रुपमा पठाउन छानेका एक सय १९ युवायुवतीमध्ये ४१ जना अलपत्र परेका छन्।

वैदेशिक रोजगार विभागले दुई वर्षअघि केयर गिभरका लागि दुई चरणमा गरेर एक सय १९ जनालाई छानेको थियो। एक वर्षअघि पहिलो चरणमा ५९ र ६ महिनाअघि दोस्रो चरणमा ६० जनालाई विभागले छनोट गरेको थियो। यसमध्ये अहिलेसम्म ७८ जनामात्र इजरायल गएका छन्। बाँकी ४१ जना अलपत्र परेका हुन्। विभाग कर्मचारीका अनुसार इजरायलबाट माग नै नआएपछि छानिएका सबैलाई उडाउन सकिएको छैन।

पछिल्लो समय केयर गिभरको माग नै आउन छाडेकाले यो संकटमा परेको कर्मचारी बताउँछन्। ‘पाइलट प्रोजेक्ट’को रूपमा दुई वर्षअघि सुरु गरिएको दोस्रो चरणको कार्यक्रम सफल भएर ठूलो संख्याका युवायुवती रोजगारीका लागि इजरायल जान थाल्ने वैदेशिक रोजगार विभाग र इजरायली दूतावासबीचको समझदारी थियो।

‘आर्थिक र सुरक्षाको दृष्टिकोणले राम्रो मानिएको इजरायलमा रोजगारीका लागि जान सहज होस् भनेर विभागको तर्फबाट गर्नुपर्ने सबै प्रक्रिया पूरा गरिसकेका थियौं,’ विभागका एक धिकारीले भने, ‘तर कार्यतालिका अनुसार इजरायलबाट केयर गिभरको माग नआउँदा छानिएका व्यक्तिहरु उड्न पाएका छैनन्। नयाँ कार्यक्रम पनि अघि बढ्न सकेको छैन।’

विभाग स्रोतका अनुसार नेपाली मेनपावरको अवरोधका कारण इजरायलबाट कामदारको माग नआएको हो। विभागका ती अधिकारीले भने, ‘इजरायलमा ठूलो संख्यामा केयर गिभरको माग रहे पनि इजरायली सरकारले माग संकलनका लागि नियुक्त गरेका एजेन्टले नेपालका म्यानपावरको प्रलोभनमा परेर माग पठाउन नसकेका हुन्।’

केही वर्षअघिसम्म म्यानपावरले नै कामदार पठाउने इजरायलमा उनीहरूले बदमासी गरेपछि त्यहाँको सरकारले जिटुजी (दुवै देशका सरकारी निकायको सहभागिता) प्रक्रियाद्वारा मात्र केयर गिभर लैजाने निर्णय गरेको थियो। सोही निर्णय अनुसार दुई वर्षभित्र तीन सय युवायुवतीलाई केयर गिभरका लागि इजरायल लैजाने ‘पाइलट प्रोजेक्ट’ सुरु गरिएको थियो ।

उक्त कार्यक्रम अनुसार अघिल्लो वर्ष पहिलो चरणमा ५९ जना युवायुवती केयर गिभरको काम गर्न इजरायल उडिसकेका छन्। त्यहाँ गएका सबैले राम्रो क्षमता देखाएपछि ६ महिनाअघि विभागले दोस्रो चरणको कार्यक्रम थालेको थियो। ‘दोस्रो चरणमा इजरायल उड्न विभागका तर्फबाट गर्नुपर्ने कुनै पनि काम बाँकी छैन,’ ती अधिकारीले भने, ‘तर उताबाट माग नआउँदा तयारी अवस्थामा रहेका युवायुवतीलाई पठाउन सकिएको छैन।’ महिनामा एक लाख रुपैयाँभन्दा बढी पारिश्रमिक पाइने र जाँदा (हवाई भाडा, स्वास्थ्य परीक्षणसहित) एक लाख रुपैयाँभन्दा बढी खर्च नहुने भएकाले पछिल्लो समयमा युवायुवतीले इजरायल रोजगारी निकै मन पराएका छन्।

केयर गिभरको तीन महिने तालिम लिएका युवायुवती सोही काममा लागि सक्षम हुने भए पनि केयरगिभरका लागि नर्सिङ, अनमी, अहेब अध्ययन गरेकाले समेत प्रतिस्पर्धा गरेका थिए। पहिलो चरणको केयर गिभरका लागि इजरायल जानेमा अधिकांश नर्स, अहेब, अनमी थिए। इजरायलमा केयर गिभरको काम वृद्धवृद्धा र बालबालिकाको रेखदेख गर्नु हो।

विभाग स्रोतका अनुसार युवायुवतीका लागि निकै आकर्षक र सुरक्षित मानिएको केयर गिभरका लागि सरकारले नै युवायुवती पठाउन थालेपछि म्यानपावर सञ्चालक आत्तिएका हुन्। विभागका कर्मचारीका अनुसार ‘पाइलट प्रोजेक्ट’ सुरु हुँदा नै सरकारी तवरबाट सुरु गरिएको केयर गिभरलाई आफैं सुरु गर्ने प्रयास गरेका म्यानपावरले नेपालमा गरेको प्रयासमा सफलता प्राप्त नगरेपछि इजरायलमा छनोट भएका एजेन्टसँग सम्पर्क बढाएका हुन्।

‘सुरुको सम्झौता अनुसार इजरायलका अधिकारीले त्यहाँ केयर गिभरको थुपै्र माग रहेको बताएका थिए,’ एक कर्मचारीले भने, ‘कार्यक्रम सुरु भएको अर्को वर्ष नै माग नआउनु म्यानपावरको खेल हो।’ इजरायल सरकारले त्यहाँ चारवटा एजेन्टलाई कामदारको माग संकलन गर्ने जिम्मा दिएको बताइएको छ।

म्यानपावरले कामदार इजरायल पठाउने हो भने ८–१० लाख रुपैयाँसम्म लिने तर सरकारी तवरबाट जाँदा एक लाख रुपैयाँभन्दा बढी खर्च नहुने बताइन्छ। इजरायलबाट माग आउन छाडेपछि छानिएका युवायुवती चिन्तित छन्। कतिपय भने अन्य काममा लाग्न थालेका छन्।

विभागका महानिर्देशक दिलीप चापागाईं इजरायलको रोजगारीसुचारु गर्ने प्रयास भइरहेको बताउँछन्। विभागका कर्मचारी समयमा उड्न नपाउँदा केयर गिभरका लागि छानिएका मध्ये एकजना सरकारी सेवामा प्रवेश गरिसकेका छन् भने अर्का एक रोजगारीका लागि युरोप गइसकेका छन्। जिटुजी प्रक्रियामा इजरायल जान पाइने आसमा १० हजारभन्दा बढीले तीन महिने तालिम लिएर नयाँ कार्यक्रम पर्खेको बताइन्छ। पहिलो चरणमा ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष केयर गिभरका लागि छनोट भएका थिए। नागरिक दैनिक |

२३ मङ्सिर २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution