हेडलाईन

मिथ्यांकमा टेक्दै भारतीय ‘मोटिभेसनल स्पिकर’ विवेक बिन्द्राले गरे नेपालको दुष्प्रचार         पहिलो वुद्धिष्ट सर्किट यात्रा असार पूर्णीमादेखि          अन्ततः रवि लामिछानेले बिहे गरे निकितासँग         तामाङ समाज कतारले सोनाम ल्होछार भव्यताको साथ मनाउने         इन्द्रिरा गोले थेन कुमार तामाङला स्वररि छार तामाङ व्हाई (भिडियो)         युएईमा सोनाम ल्होछार भव्यताको साथ मनाउने         कतारमा नेपाल तामाङ घेदुङले सोनाम ल्होछार भव्यताको साथ मनाउने         यस कारण म साउदी अरबबाट भागेँ……         नेपाली जनसम्पर्क समिति इजरायलको सभापतिमा खगेश्वर अधिकारी निर्वाचित         जापानको रोजगारीमा सलबलाउँदै छन् ‘बिचौलिया’         जापान जाने सपना र नेपालको कन्सल्टेन्सी बजारमा चर्चामा रहेको शब्द एन फोर (N4) ?         ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजले सोनाम ल्होछार शुभकामना आदानप्रदानको कार्यक्रम गर्ने         जापानको नगोयामा सोनाम ल्होछार भव्यताको साथ मनाउने         एनआईसी एशिया डिबेन्चर २०८५/८६ निश्कासन         प्रतिस्पर्धाको आधारमा कामदार लिन जापानलाई नेपालको प्रस्ताव        

मनमोहन अधिकारीले नयाँसडकमा एक्लै नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद भन्दै नारा लगाउदा…

पञ्चायती शासन जल्दोबल्दो अवस्थामा थियो । राजनीतिक दल प्रतिबन्धित रहेको समयमा दलका नेताहरूमा आवेग चर्को थियो । त्यसमध्ये मनमोहन अधिकारी पञ्चायत विरुद्ध कडा रूपमा प्रस्तुत हुन्थे ।

कम्युनिष्ट पार्टीहरूमा खुट्टा तानातान र मतभेद हुने क्रम बढेपछि केही समयसम्म सुस्ताएका उनले २०३६ सालतिर आफ्नो छुट्टै दल नेपाल कम्युनिष्ट पार्टी (मनमोहन) खोलेका थिए । दल सानो भए पनि हिम्मत ठूलो !

एकदिन असन डबलीको पश्चिमतिर सडकमै भेटिए कमरेड मनमोहनजी । सामान्य शिष्टाचारपछि मैले कुरा गर्न खोजें । उनलाई अब यसले अन्तर्वार्ता लिने सुर कस्यो भन्ने लाग्यो क्यार । गम्भीर लवजमा भनिहाले, “हामीलाई जोगाएर राख्नोस् है । नत्र बीउ नै मासिएला !” म राष्ट्रिय समाचार समिति (रासस) को प्रमुख समाचारदाता थिएँ ।

सरकारी स्वामित्व भएको समाचार संस्थाको पत्रकारमाथि कम्युनिष्ट नेता सशंकित हुनु स्वाभाविकै थियो । दलका नेताको राजनीतिक वक्तव्य पूरा छापिंदैन, केही गरी छापिइहाले पनि तोडमोड गरेर आउँछ भन्ने लागेर उनले सजग गराउन माथिका कुरा भनेका रहेछन् । मैले अन्तर्वार्ता लिन खोजेको होइन भनेपछि बल्ल उनी सामान्य भए ।

विरोध प्रदर्शनमा एक्लै 

अग्लो कद भएका कमरेड मनमोहनको व्यक्तित्व आकर्षक थियो । सधैं सुकिलो कोट–पाइन्ट र पालिसले टिलिक्क पारेका जुत्तामा देखिन्थे । भाषण गर्दा अनावश्यक कुरा नबोली विषयमा केन्द्रित भएर प्रखर बोल्ने । उनी मानिसहरूलाई बुझ्न सजिलो होस् भनेर सम्बन्धित विषयको संक्षिप्त इतिहास पनि उल्लेख गर्थे ।

मनमोहनजी एक्लै मूल सडकमा नारा लगाएर हिंडेका दुइटा घटना म झलझली सम्झन्छु । विद्यार्थी आन्दोलनले तातेको काठमाडौं शहरमा सुरक्षाकर्मीको तैनाथी हरदम रहन्थ्यो । चार जना पनि सँगै हिंड्न नपाइने । नयाँसडकमा कुन कुनाबाट कतिबेला जुलूस निस्कन्छ भनेर पूरा बजार नै प्रतीक्षामा थियो ।

त्यसै क्रममा कोट–पाइन्टमा टिपटप मनमोहनजी सुन्धारा हुँदै खिचापोखरीतिरबाट लम्किंदै आए । नयाँसडक टेक्नासाथै कोटको खल्तीबाट कम्युनिष्ट पार्टीको झण्डा झिकेर एक्लै नारा लगाउन थाले, “नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद ! पञ्चायत शासन मूर्दावाद !”

दुई–चार पटक नारा लगाउन के भ्याएका थिए, प्रहरीले कठालो समातिहाल्यो । उनलाई झ्याइँकुटी पारेर भ्यानमा हालियो र हनुमानढोका प्रहरी कार्यालयतिर लगियो ।

त्यस्तै अर्को घटना सम्भवतः २०३६ सालको आन्दोलनताकाको हो । मनमोहनजी वीर अस्पतालतिरबाट भोटाहिटी मोडमा आए । उसैगरी कम्युनिष्ट पार्टीको हँसिया हथौडा अंकित झण्डा निकालेर एक्लै नारा लगाउन थाले । प्रहरीले तत्कालै समातेर झण्डा खोस्यो र भ्यानमा राखेर दौडाइहाल्यो ।

यसरी मनमोहनजीले असनमा भएको भेटमा भने जस्तै साँच्चै कम्युनिष्ट आन्दोलनको बीउका रूपमा भूमिका निर्वाह गरे । कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको निधन भएपछि उनको पार्टीसँग एकता भएर २०४३ सालमा कम्युनिष्ट पार्टी (माक्र्सवादी) बन्यो, जसको महासचिव मनमोहन बने । अलिपछि भने उनले ‘कम्युनिष्ट’ नाम ट्रेडमार्क मात्र हो भन्न थालेका थिए ।

मनमोहनजीले २०४५ सालमा पञ्चायत विरुद्ध नेपाली कांग्रेससँग मिलेर आन्दोलन चर्काउने प्रस्ताव गरेछन् । तर, गणेशमान सिंहजीले ‘कम्युनिष्ट पार्टीहरू धेरै छन्, कुनलाई लिने बरु मिलेर आए विचार गरौंला’ भनेछन् ।

त्यसै क्रममा २०४६ सालको आन्दोलन अगाडि मनमोहन नेतृत्वको नेकपा माक्र्सवादी, मदन भण्डारी नेतृत्वको नेकपा माले र अन्य समूह मिलेर संयुक्त वाम मोर्चा बन्यो र कांग्रेससँग मिलेर पञ्चायत विरुद्ध संयुक्त आन्दोलन गर्‍यो ।

जनआन्दोलनको सफलतापछि माले र माक्र्सवादी पार्टीबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) बन्यो, जसको पहिलो अध्यक्ष मनमोहनजी भए । २०५१ को मध्यावधि निर्वाचनमा सबैभन्दा ठूलो दलको हैसियतमा नेकपा (एमाले) बाट उनी प्रधानमन्त्री पनि भए ।

त्यो भूमिगत बसाइ

मनमोहन अधिकारीसँग मेरो चिनजान २००९ सालदेखि नै थियो । त्यतिबेला सग्लै पार्टी थियो, नेपाल कम्युनिष्ट पार्टी । मनमोहनजी पार्टीका महासचिव थिए ।

उतिबेला म संस्कृत छात्र संघमा आबद्ध थिएँ । आलुमा दोहोरो भन्सार महसुलको विरोधमा मकवानपुर, भीमफेदीका व्यापारीहरूले गरेको आन्दोलनलाई उत्कर्षमा पुर्‍याउन म पनि भीमफेदी गएको थिएँ । चार वटा विद्यार्थी संघबाट चार जना गएका थियौं ।

त्यहाँ मेरो सक्रियता देखेपछि नेपाल कम्युनिष्ट पार्टीले मसँग सम्पर्क बढायो । समर्थक हुँदै २००९ सालमा पार्टीको सदस्य नै भएँ ।

जेल तथा सिंहदरबार कब्जा गर्ने के.आई. सिंह काण्डसँग मुछेर सरकारले पार्टीलाई अवैध घोषित गरेपछि हामीले भूमिगत रूपमा काम गर्न थाल्यौं । पोलिटब्यूरोमा मनमोहनसँगै पुष्पलाल, तुलसीलाल अमात्य, कमर शाह, शैलेन्द्रकुमार उपाध्याय थिए ।

पुष्पलाल, मनमोहनहरूले हामी सदस्यहरूलाई हप्ताको दुई–तीन दिन प्रशिक्षण दिन्थे । जिल्ला कमिटीका सम्मेलनहरूमा पोलिटब्यूरो सदस्यहरू प्रायः सहभागी हुन्थे ।

यस्तो सम्मेलनमा हामी सुकुलमा सुत्थ्यौं । इँटाको सिरानी लगाउँथ्यौं । ओढ्ने कुरा भने सहभागी आफैंले लगिन्थ्यो ।

त्यति पुरानो चिनजान भएकाले पनि होला, मनमोहनजीले ‘बीउ जोगाउन’ मलाई सजग पारेका ।

-भैरव रिसाल

 

 

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

सरकारले म्यानमार र ओमनका राजदुतलाई फिर्ता बोलाउँदै

काठमाडौं, १२ पुस । सरकारले म्यानमार र ओमनका लागि नेपाली राजदुतहरुलाई फिर्ता बोलाउने प्रक्रिया सुरु गरेको छ ।... बाँकी यता

tamang online / December 27, 2018

आफ्नो प्रेम साँचो हो की झुटो यसरी थाहा पाउनुहोस्

प्रेममा रहेका जोडीहरु एक-अर्काका लागि ज्यान दिनेसम्मको गफ गर्छन् । धेरै प्रेमीहरुले आफ्नो मायालुलाई फकाउँदा... बाँकी यता

tamang online / December 20, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution