हेडलाईन

साईप्रसमा सोनाम ल्होछार मनाउने अन्तिम तयारी         पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन         अन्तर्राष्ट्रिय तामाङ परिषदको अध्यक्षतामा के.एम. तामाङ         नेपाल तामाङ घेदुङ इजरायलको हार्दिक निमन्त्रणा         जातीय बहुलवादबीचको एकता नै नेपालीको सुन्दर पक्ष : मन्त्री पण्डित         लोपोन्मुख कुसुन्डा जातिलाई भत्ताको खुसी         इजरायलबाट अत्याधुनिक प्रविधि भित्र्याउन प्रयास गर्नेछु : प्रस्तावित राजदूत डा. अन्जान शाक्य         ‘दि भ्वाइस अफ नेपाल’का उत्कृष्ठ ४ फाइनलिष्ट घोषणा         प्रस्तावित राजदूतको नाम संसदीय समितिबाट अनुमोदन         इजरायलबाट कामदारको माग नआएपछि छनोट भएका ४१ जना अलपत्र         राजदूत शेर्पामाथि लागेको मानव तस्करीको आरोपबारे छानबिन गर्न समिति गठन         मातृभाषामा शिक्षा: नीतिमा छ, कार्यान्वयनमा छैन         मेक्सीकोकी भनिसा पोन्स बनिन् मिस वर्ल्ड २०१८         नायिका आशिका तामाङको जीवन : उनलाई त्यस्तो मन पर्दैनथ्यो, सम्बन्ध टुट्यो         बौद्ध दर्शनमा आकर्षण : गति लिँदै लुम्बिनी बौद्ध विश्वविद्यालय        

लुका मोड्रीचले तोडे रोनाल्डो र मेसीको एकाधिकार !

काठमाडौं, १८ मंसिर । विश्व फुटबलका प्रभावशाली खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै सन् २०१८ को ब्यालोन डी’ ओर अवार्ड क्रोएसियाका कप्तान एवं स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीचले जितेका छन् । फ्रान्सको पेरिसमा सोमबार राती विशेष समारोहबीच मोड्रीचलाई विश्व फुटबलकै चर्चित अवार्ड प्रदान गरिएको हो ।

३३ बर्षीय मोड्रीचले पहिलो पटक यस अवार्ड जितेका हुन् । मोड्रीचले यसअघि अवार्डमा अधिपत्य जमाउँदै आएका क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीको एकाधिकारलाई समेत तोडेका छन् । विशेषगरी विश्वकप फुटबल र च्याम्पियन्स लिग फुटबलको उपाधि र उपलब्धिको सेरोफेरोमा घुम्दै आएको ब्यालोन डी’ ओरका लागि यसपटक मोड्रीचनै वास्तबिक हकदार थिए |

क्रोएसियालाई रुस विश्वकपको फाइनलसम्म पुरयाउन र रियललाई च्याम्पियन्स लिग जिताउन मोड्रीचको भूमिका उल्लेख्य थियो । त्यसैले मोड्रीच विश्व फुटबलकै उत्कृष्ट खेलाडी बने र पहिलो पटक ब्यालोन डी’ ओर अवार्डमा नाम लेखाए ।

मोड्रीचले यसपटक पनि उपाधिको दावेदार रोनाल्डोलाई पछि पारेका छन् । रोनाल्डो र मेसी यस अवार्ड पाउने सर्वाधिक सफल खेलाडी हुन् । पछिल्लो १० संस्करणमा रोनाल्डो र मेसीले पाँचपाँच पटक उपाधि जितेका थिए । सन् २००७ मा ब्राजिलियन खेलाडी काकाले यस अवार्ड जितेपछि रोनाल्डो र मेसीबीच अवार्डका लागि प्रतिस्पर्धा हुँदै आएको थियो ।

जो दौडमा थिए

रोनाल्डो र मेसीसँगै यसपटक विश्वकप विजेता फ्रान्सका युवा स्ट्राईकर एम्बापे सहित ३० खना खेलाडी ब्यालोन डी’ ओर अवार्डको दौडमा थिए । यसपटक रोनाल्डो दोस्रो स्थानमा रहँदा एट्लेटिको म्याड्रिड फरवार्ड एन्टोइन ग्रिजम्यान तेस्रो स्थानमा रहे । चौथो स्थान हात पारेका एम्बापेले उत्कृष्ट युवा खेलाडीलाई प्रदान गरिने कोपा ट्रफी भने हात पारे । मेसी यसपटक पाँचौ स्थानमा रहे ।

यसैगरी इजिप्टका मोहमद सलाह छैटौं, राफेल भाराने सातौं र इडेन हाजार्ड आठौं, केभिन डि ब्रुएन नवौं र हेरी केनले १०औं स्थानमा अटाए । शीर्ष दशमा नपरेका नेमार १२औं स्थानमा रहे । अवार्डका लागि विश्वभरका एकसय ८० जना पत्रकारले मतदान गरेका थिए । फ्रान्सले सन् १९५६ देखि प्रत्येक वर्ष यो अवार्ड प्रदान गर्दै आएको छ ।

सन् २०१० देखि सन् २०१५ सम्म विश्व फुटबल महासंघ ९फिफा० सँग मिलेर यो अवार्ड प्रदान गरिएको थियो । सन् २०१६ देखि फिफा र फ्रान्सेली फुटबलले बेग्लाबेग्लै विश्वको उत्कृष्ट फुटबल खेलाडी अवार्ड प्रदान गर्दै आएका छन् । फिफाले गत अक्टोबरमा प्रदान गरेको बर्षको सर्वोत्कृष्ट फुटबल खेलाडी ९फिफा बर्ष खेलाडी० को अवार्ड पनि मोड्रीचलेनै जितेका थिए ।

मोड्रीचको सफल बर्ष

विश्व फुटबलका सबै अवार्ड जितेका मोड्रीचका लागि सन् २०१८ सफल बर्षको रुपमा रहेको छ । मोड्रीच आफैले यो बर्ष आफ्नालागि जीवनकै खुशीको बर्ष भनेका छन् । ‘यस बर्ष मेरालागि निकै उल्लेख्य रह्यो । ब्यालोन डी’ ओर र फुटबलले मलाई दिलाएको सफलतालाई म शब्दमा ब्यक्त गर्न सक्दिन,’ मोड्रीचले भने ।

एक पछि अर्को उपाधि चुमिरहेका मोड्रीचले गत अक्टोबरमा फिफाद्वारा प्रदान गरिएको बर्षको सर्वोत्कृष्ट फुटबल खेलाडी फिफा बर्ष खेलाडीको अवार्ड पनि कुम्लयाएका थिए । फिफा बर्ष खेलाडी अवार्डमा मोड्रीचले मोहमद सलाहलाई पछि पारेका थिए ।

मोड्रीचले यसबर्ष युरोपियन फुटबल महासंघ ९युइएफए० ले प्रदान गर्दै आएको युइएफए पुरुष वर्ष खेलाडी अवार्ड पनि जितेका थिए । उक्त अवार्ड जित्दा उनले रोनाल्डो र मोहमद सलाहलाई नै पछि पारेका थिए । रुस विश्वकपमा वेष्ट प्लेयर अर्वाड जितेका मोड्रीचले यसैबर्ष मिडफिल्डर अप दी इयर अवार्ड पनि जिते । रियलले च्याम्पियन्स लिग जित्दा मोड्रीचले उत्कृष्ट मिडफिल्डरको अवार्ड हात पारेका थिए । उनले ‘गोल ५०’ को अवार्ड पनि जितिसकेका छन् ।

युद्धबाट उम्किएका मोड्रीच

क्रोएसियाको निर्माण १९९१ मा युगोस्लाभियाको विघटनपछि भएको हो । युद्धको दौरानमा यहाँका मानिसले धेरै यातना सहे । सर्वियाका सैनिकले क्रोएसियालीमाथि धेरै अत्याचार गरेका थिए । त्यहाँ गैर सर्वीयाली आदीबासीविरुद्ध हत्या, आतंक र निस्काशनको अभियान चलाइएको थियो । जसमा धेरै क्रोएसियाली मारिए ।

धेरैले यातना सहे र कयौं घरबार बिहिन बने । मर्नेहरुमध्ये लुका मोड्रीचका हजुरबुवा लुका मोड्रिक सिनियर पनि थिए । मोड्रीच ६ वर्षको हुँदा बाल्कन युद्धको समयमा विद्रोही समुहले उनको हजुरबुवाको हत्या गरेको थियो । हजुरबुवाको हत्या हुँदा उनी हजुरबुवासँगै थिए ।

त्यतिबेला उनका बाबु क्रोएसियाको आर्मीबाट युद्ध लडिरहेका थिए । युद्ध ग्रस्त भूमिमा मोड्रीचको परिवार शरणार्थीको रुपमा बसेको थियो । जराद शहरमा उनको परिवार निकै कष्टसाथ बस्यो । मोड्रीचले सात वर्षसम्म शरणार्थी जीवन बिताए । शरणार्थी जीवन बिताइरहेको अवस्थामा उनी आफुलाई राम्रो मानिस बनाउने चिन्ता आफ्नो परिवारमा रहेको पाउँथे ।

उक्त कठिन अवस्थामा पनि उनले आफ्नो फुटबल खेल्ने इच्छालाई दबाएनन् र फुटबल खेल्न थाले । वरीपरी ग्रेनड र बुलेटको आवाज आउँथ्यो । तर कार पार्क गर्ने ठाउँमा मोड्रीच फुटबल खेलाइरहेका हुन्थे । उनले खेल्ने फुटबल पटक पटक पन्चर भइरहन्थ्यो ।

उनीभित्रको फुटबल खेल्ने इच्छा र इखका कारण उनी अहिलेका सबैभन्दा शक्तिशाली फुटबलर बनेका हुन् । सन् २००५ मा उनी क्रोएसियाको डाइनामो जाग्रेब क्लबमा १० वर्षको लागि अनुबन्धित भए । अनुबन्धित भएसँगै उनले त्यसबाट आएको पैसाबाट आफ्नो परिवारका लागि एक फ्ल्याट खरिद गरेका थिए ।

सन् २००८ मा टोट्टनहामले उनलाई एक करोड ६५ लाख पाउण्डमा खरिद गरेको थियो । उक्त संझौता ६ वर्षको लागि थियो । प्रिमियर लिगमा रहँदा उनले तीनसय खेलमा २२ गोल गरेका थिए । यद्यपि सन् २०१२ मा उनी रियल म्याड्रिडमा आबद्ध भए ।

रियलले उनलाई तीन करोड पाउण्डमा खरिद गरेको थियो । त्यसयता मोड्रीच रियलमै आबद्ध छन् । रियल म्याड्रिडबाट उनले धेरै उपाधि जितेका छन् । मोड्रीचले क्रोएसियाबाट अन्तर्राष्ट्रिय फुटबलको सुरुवात सन् २००६ मा गरे ।

उनले पहिलो खेल अर्जेन्टिनासँग खेलेका थिए । पहिलो गोल भने इटालीविरुद्ध गरेका थिए । आक्रामक मिडफिल्डरको रुपमा परिचित उनको ब्यक्तिगत स्वभाव निकै शान्त छ । एजेन्सी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

पहिलो डेटमा कसले बिल तिर्ने, पुरुष वा महिला ?

जब मैले डेटिङ गर्न सुरु गरेँ तब मेरी आमाले मलाई खानपिन कहिले पनि निःशुल्क हुँदैन भन्ने गर्नु गर्थिन् ।उनले... बाँकी यता

tamang online / December 2, 2018

सर्पको सेक्स गर्ने तरिका बुझेपछि अचम्ममा पर्नुहुनेछ तपाईं !

बीबीसी सेक्स संसारको सबैभन्दा जटिल मसला हो । प्रकृतिले यसलाई यति जटिल बनाएको छ जसबारे जति अनुसन्धान गर्यो... बाँकी यता

tamang online / November 25, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution