हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

मृतक जमुना थापाको सवालमा एनआरएनए इजरायलको प्रेस विज्ञाप्ति

तेलअविव- इजरायल कार्यरत नेपाली भाषी चेली जमुना थापाको निधनको  सवालमा सामाजिक संजालमा विभिन्न कुराहरु आएकोमा सत्य तथ्यबारे जानकारी गर्नको लागि एनआरएनए इजरायलले प्रेस विज्ञाप्ति जारी गरेको छ | पूर्ण अंश :

एनआएएनए इजरायलको प्रेस विज्ञाप्ति

नेपाली नागरिकतामा जमुना थापा नाम भएकी बिराटनगर उपमहानगरपालिका घर भै भारतिय राहदानी बाहक बर्ष ४३ कि नेहा शर्मा बैदेशिक रोजगारको क्रममा ५ बर्षदेखि इजरायलमा रहेको र २२ नोभेम्बर २०१८ बिहीबार बेलुका ६;३० बजे इजरायलको आसदोद भन्ने स्थानमा काम गरी रहेको अवस्थामा अकस्मात बेहोस भै ढलेपछि अस्पताल पुर्याउंदा ASTHMA ATTACKED को कारण ब्रेन डेड भै सकेको अस्पतालले पुष्टी गरेपछि मृतकको शरीरको भित्री अंगहरु मृतकका बुबा पुष्करराज थापा, मृतकका दाजु,छोराहरु लगायत निजका आफन्तहरुको परामर्श र मन्जुरीमा इजरायलको ट्रमा सेन्टरलाई दान दिन मन्जुर भै दान दिई सकेको बिषयलाई भ्रम फैलाएर इजरायल स्थित केही फेसबुक प्रयोगकर्ताहरुले सामाजिक संजालमा बिना आधार आ-आफ्नो मनोमानी ढंगले आपत्तीजनक र भ्रामक समाचारहरु सम्प्रेषण गरी रहेको र मृतकका आफन्तहरुलाई समेत चोट पुग्ने गरी फोटो तथा भिडियो लाईभहरु सामाजिक संजालमा पोष्ट गरिएकोमा गैर आवाशिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको गम्भिर ध्यानाकर्षण भएको छ।

उक्त घट्नाको बारेमा सत्यतथ्य बुझ्न र आबश्यक सरसल्लाह,परामर्श र सर-सहयोगकोलागि ट्रमा सेन्टरमा पुगेका यस संस्थाका महासचिव तेन्जिन शेर्पा र एनआरएनए एनसीसी इजरायललाई समेत लक्षित गरी कपोलकल्पित लान्छना लगाएर सार्वजानिक गरिएका लाईभ भिडियोहरु समेत खेद्जनक छन्। संसारका कुनैपनि मानिसले आफू ज्यूँदो हुँदा आफ्नो स्व:ईच्छाले आफ्ना शरीरका अंगहरु मर्नोपरान्त दान दिन सक्छ भने कुनैपनि मृतकका आफन्तले मृतकका शरीरका अंगहरु परोपकारकोलागि मृत्यूवरण पश्चात दान गर्न सक्छन्। हाल इजरायलमा मृत्यूवरण गरेकि जमुना थापा भनिने नेहा शर्माको भित्री अंगहरु परिवारको मन्जुरीमा बिश्व विख्यात गैर नाफामूलक परोपकारी संस्था ट्रमा सेन्टरलाई दान गरिएको हो पैसामा बेचिएको होईन्। खरानी अनि माटो भएर जाने मृतकको अंगहरु दान गरेर अंगभंग भएका कुनैपनि रोगी बिरामीले निशुल्क प्रत्यारोपण गर्न पाउँदा उसलाई नयाँ जीवन प्राप्त हुनेछ त्यो पनि एउटा बिशिस्ट परोपकार हो। ट्रमा सेन्टर भनेको चोटपटकबाट मृत्युको मुखमा पुगेका घाइतेहरूलाई नयाँ जीवन दिने ठाउँ हो। दुर्घटना वा प्रकोपस्थलबाट सामान्य अस्पतालका आकस्मिक कक्षमा पुर्यापइने घाइतेलेहरुले आवश्यक सबै किसिमका विशेषज्ञ सेवाहरु पाउन सक्दैनन्। गम्भीर घाइतेहरुलाई उचित समयमा ट्रमा सेन्टरमा पुर्याउन सके चोटपटकलागेका बिरामीहरू पहिलाकै अवस्थामा फर्किन र अंगभंग भएकाहरुले समेत नयाँ जीवन पाउन सक्ने भएकोले ट्रमा सेन्टर जस्तो परोपकारी संस्थालाई आर्थिक लेनदेनमा आरोपित गर्नु अपराध नै हो। मृतकका आफन्तहरुले मन्जुरी गरेका कुराहरुमा बिना अख्तियारका मानिसहरुले सामाजिक संजालमा जताभावी बोल्न र लेख्ने क्रियाकलाप संवेदनहीनताको पराकाष्टा हो भन्ने हाम्रो ठहर छ। बिना आधार नियतवस सिमा नाघेर आफैले आफैलाई वकिल हो भन्ने ठानी तथ्यहीन,कपोल्पल्पित कुराहरु अशिस्ट र असभ्य भासामा लेख्न र बोल्न बन्द गरौँ भन्ने हाम्रो सविनय अपिल छ ।

यस्ता कृयाकलाप र गतिविधिले कसैलाई न्याय गर्न सक्दैन झन् सामाजिक मर्यादा र शिष्टतामा खलल पुग्न सक्ने भएकोले इजरायलमा रहेका फेसबुक प्रयोगकर्ता सबै दिदीबहिनी तथा दाजुभाइहरु यस्ता गतिविधिमा संलग्न नहुन र संलग्न हुनेहरुले यस्ता गतिविधिहरु बन्द गर्न हुन गैर आवाशिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल सम्बन्धित सबैमा हार्दिक निबेदन गर्दै यो प्रेस बिज्ञप्ति जारी गर्दछ।

बिज्ञप्तिमा लेखिएका घट्नासंग सम्बन्धित कुराहरुको सत्यतथ्य प्रमाणहरु एनआरएनए एनसीसीमा सुरक्षित रहेको व्यहोरा पनि सरोकारवालाहरु सबैमा अवगत गराउंछौं। मृतक जमुना थापा भनिने नेहा शर्माको बुबा पुष्करराज थापासंग गैर आवाशिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्का महासचिव तेन्जिन शेर्पाले अस्पतालबाट गरेको टेलीफोन सम्वादबाट ट्रमा सेन्टरलाई दान दिएको मृतकका भित्री अंग परिवारजन र आफन्तहरुको सहमति र मन्जुरीमा दिएको प्रमाणित हुन्छ। उक्त अडियो संवाद यसै बिज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ ।

अन्तमा अप्रत्यशित रुपमा असमायिक मृत्युवरण गर्नु भएकी अमुना थापा भनिने नेहा शर्माको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन प्रति एनआरएनए इजरायल हार्दिक समवेदन प्रकट गर्दछौ |

तेन्जिन शेर्पा                                   शान्त ज्ञवाली अधिकारी
महासचिव                                        कार्यवाहक अध्यक्ष






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution