हेडलाईन

मिथ्यांकमा टेक्दै भारतीय ‘मोटिभेसनल स्पिकर’ विवेक बिन्द्राले गरे नेपालको दुष्प्रचार         पहिलो वुद्धिष्ट सर्किट यात्रा असार पूर्णीमादेखि          अन्ततः रवि लामिछानेले बिहे गरे निकितासँग         तामाङ समाज कतारले सोनाम ल्होछार भव्यताको साथ मनाउने         इन्द्रिरा गोले थेन कुमार तामाङला स्वररि छार तामाङ व्हाई (भिडियो)         युएईमा सोनाम ल्होछार भव्यताको साथ मनाउने         कतारमा नेपाल तामाङ घेदुङले सोनाम ल्होछार भव्यताको साथ मनाउने         यस कारण म साउदी अरबबाट भागेँ……         नेपाली जनसम्पर्क समिति इजरायलको सभापतिमा खगेश्वर अधिकारी निर्वाचित         जापानको रोजगारीमा सलबलाउँदै छन् ‘बिचौलिया’         जापान जाने सपना र नेपालको कन्सल्टेन्सी बजारमा चर्चामा रहेको शब्द एन फोर (N4) ?         ह्याङ्ला दोलखा-काठमाडौं तामाङ समाजले सोनाम ल्होछार शुभकामना आदानप्रदानको कार्यक्रम गर्ने         जापानको नगोयामा सोनाम ल्होछार भव्यताको साथ मनाउने         एनआईसी एशिया डिबेन्चर २०८५/८६ निश्कासन         प्रतिस्पर्धाको आधारमा कामदार लिन जापानलाई नेपालको प्रस्ताव        

मेक्सिकोतर्फको सीमा बन्द गर्ने राष्ट्रपति ट्रम्पको धम्की

मेक्सिको । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको मेक्सिकोसँगको सबै सिमाना बन्द गरिदिने चेतावनी दिएको बताइएको छ ।

अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा मध्य अमेरिकी देशहरूबाट आप्रवासीको आगमन जारी रहेको र त्यस क्रममा शान्ति सुरक्षामा बाधा पुगेको भन्दै उनले सो चेतावानी दिएको समाचारमा जनाइएको छ ।

साथै अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको व्यापारसमेत बन्द गरिदिने धम्की दिएको पनि एक अर्को समाचारमा जनाइएको छ ।

आवश्यक परिस्थतिअनुसार सीमास्थित सुरक्षा फौजलाई शक्ति प्रयोग गर्न समेत आफूले अनुमति दिएको ट्रम्पले बताएका छन् ।

मेक्सिकोको सीमा क्षेत्रबाट प्राय हन्डुरसका आप्रवासी हजार किलोमिटर यात्रा गरेर मेक्सिकोतर्फ आइपुगेका छन् । यसरी बलजफ्ती आउने क्रममा उनीहरुलाई रोक लगाउन सीमा बन्द गरिने उनले चेतावनी दिएका हुन् ।

ती अमेरिकी देशहरुमा परेका विभिन्न समस्याका कारण आफ्नो देशमा व्याप्त आर्थिक कठिनाई तथा हिंसाबाट बच्न उनीहरू अमेरिका जान चाहन्छन् ।

स्थानीय अधिकारीहरूका अनुसार ती क्षेत्रहरुबाट अहिले पनि थप आप्रवासीहरू आउने क्रम जारी नै रहेको छ । यसरी उनीहरूलाई स्वतन्त्र रुपमा छोडिदिने हो भने यसरी आउनेहरुको कुल सङ्ख्या १० हजार पुग्नेछ ।

यसअघि राष्ट्रपति ट्रम्पले सीमा क्षेत्रमा करिब ६ हजार जना सुरक्षाकर्मी परिचालन गरेको जानकारी दिएका थिए । उनले हालैमात्र पनि यसरी ती व्यक्ति अमेरिका प्रवेश गर्न खोज्नुलाई आप्रवासीहरुको अतिक्रमणको सङ्ज्ञा दिएका थिए ।

उनले ती व्यक्तिहरुलाई आक्रमणकारीको पनि सङ्ज्ञा दिएका थिए । उनले आप्रवासीलाई कुनै पनि हालतमा अमेरिका प्रवेश गर्न नदिइने र यदि आवश्यक परेमा मेक्सिकोतर्फको सीमा र व्यापारिक सम्बन्ध समेत अमेरिकाले चाहेको समय सम्मका लागि बन्द गरिदिने बताएका छन् । रासस÷एएफपी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

सरकारले म्यानमार र ओमनका राजदुतलाई फिर्ता बोलाउँदै

काठमाडौं, १२ पुस । सरकारले म्यानमार र ओमनका लागि नेपाली राजदुतहरुलाई फिर्ता बोलाउने प्रक्रिया सुरु गरेको छ ।... बाँकी यता

tamang online / December 27, 2018

आफ्नो प्रेम साँचो हो की झुटो यसरी थाहा पाउनुहोस्

प्रेममा रहेका जोडीहरु एक-अर्काका लागि ज्यान दिनेसम्मको गफ गर्छन् । धेरै प्रेमीहरुले आफ्नो मायालुलाई फकाउँदा... बाँकी यता

tamang online / December 20, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution