हेडलाईन

श्रीलंका बम विस्फोटमा परी ५० को मृत्यु ,दुई सयभन्दा बढी मानिसहरु घाइते         भारतीय दूतावासद्वारा तामाङ वस्तिमा रहेको छ्योइफेल गुम्बाको पुनर्निर्माण         ह्योल्मो समाज इजरायलले बार्षिक उत्सव तथा साधारण सभाको साथमा २५६३ औं बुद्ध जयन्ति मनाउने तयारी         कुलमान घिसिङको निर्देशन ‘ट्रेड युनियनको चुनावमा गाडी नदिनु’         स्वयम्भू र हनुमानढोका जोड्ने गुरुयोजना सार्वजनिक         महिलालाई चरित्रहीन भनेपछि बुद्धले मुखियाको एक हात समातेर बजाउन लगाए ताली         विप्लव समूहलाई नेपाल बन्द फिर्ता गर्न तामाङ घेदुङको माग         दोलखाको शैलुङमा हजारौं पर्यटक         इजरायलको टिकट काटेकी सुनिताको घरमा ‘अवैध प्रेमी’को लास         नेपाली युवतीलाई केन्याको डान्स बार पुर्याउने मानव तस्करी पक्राउ         अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलले नयाँ बर्ष २०७६ भव्यताको साथ मनायो         नेपाल, भारत र चीनकी चेलीले एकसाथ सगरमाथा चढ्ने         थाङ्का पेन्टिङबाट गाउँमैं रोजगारी         केन्याको रंगीला बारबाट १२ नेपाली युवती पक्राउ         हामी जुटौं हाम्रै लागि : इजरायलमा नयाँ बर्ष सांगितिक साँझ २०७६ भव्यताको साथ सम्पन्न        

बौद्धधर्म:कार्तिक पूर्णिमा सामञफल पर्व

भगवानले अजात शत्रु राजालाई कार्तिक पूर्णिमाको दिनको रात्रिमा सामञफल सुत्त धर्म देशना लाई उपदेश गर्नु भएको थियो। त्यसैले कार्तिक पूर्णिमाको दिन लाई “सामञफल” दिन भनेर यो पर्वलाई निर्धारित रुपमा मनाउने चलन गरिन्छ। 

“सामञफल” को मतलब हो, भिक्षु धारण गर्नुको लाभ लाई उपदेश गर्नु भएको दिन हुनाले कार्तिक पूर्णिमाको दिन लाई “संघहरुको दिन” भनेर पनि बोलाउन सकिन्छ। सामञफल सुत्त दीघनिकाय, सीलखन्धवग्ग पालिमा आउछ। सामञफल सुत्त भिक्षु संघहरु को लागि एउटा दर्पण छायाँ जस्तै हो। 

आफ्नो सील आचरण राम्रो छ, राम्रो छैन भन्ने लाई यस सुत्त द्वारा छर्लङ्ग प्रतिबिम्बित हुन सक्दछ। सामञफल सुत्त मनुष्य दायकाहरु को लागि पारद (पारा) को तराजु जस्तै हो। आफुहरुले मान्यतर दिएर पुज्ने गुरू आचर्यहरु को आचरण सहि ठिक छ, ठिक सहि छैन भन्ने कुरा लाई यस सुत्त को माध्याम द्वारा तौलिएर हेर्न सकिन्छ। 

अजात शत्रुले पनि ज्ञान कलिलो छँदाको बेलामा देवदत्तको व्यवस्थित आन्दोलन लाई मान्नु परेर, देवदत्त संग प्रभावित भएर मान्यतर दिँदै नजिक बाट पुज्न पुगेका थिए। झुठा गलत गुरू बाट अन्त्यता संसार भरी उल्टो घनघोर कालो अन्धकार पल्टाई दिएझैं गुरू गलत थाप्नु कारण जन्म दिने पिताजी बिम्बिसार लाई हत्या गरेर मार्ने सम्म ठुलो महा कसूर गर्नु परेको थियो। 

अजात शत्रुले पिता बिम्बिसार लाई हत्या गरे पश्चात बाट प्रत्येक रातमा निद्रा नलाग्ने रोग वेदनाले ग्रस्त सताउन थाल्यो। अजात शत्रुको आँखामा सहस्त्र भालाले हजार ठाँउ भन्दा बडि रोपाई खाएर दुःख वेदना अनुभूति गरेका थिए। त्यस वेदनाको पीडा बाट छुट्कारा पाउन लाई कुनै पनि वैद्य उत्तम जडी औषधिहरु ले पनि नीको पार्न सकेन। 

कार्तिक पूर्णिमाको एक रातमा अजात शत्रुलाई थरीथरीका समस्स्त आमात्यहरु मिलेर सम्मेलन समूह समाज द्वारा आयोजित गरेर सिर्सिरे हिउँ बादल धुस्से मनोरञ्जन नराम्रा पाँच प्रकारका दृश्यहरु बाट लुप्त भएको छर्लङ्ग खुल्ला सुनसान संभावना शांतको आनंदले भरीभराउ भएको कार्तिक पूर्णिमा रात्रीको रमणिय हेरेर अनुभूति परिभोग गर्न सक्ने रात्री हो। असाध्यै रमाईलो भएको एउटा रात्री हो। हेर्न अथवा दृश्य प्रर्दसन गर्न सु योग्य भएको शुभ एक रात्रीहो भनेर कार्तिक पूर्णिमा रात्रीको वर्णन गरे। 

अजात शत्रु वास्तवमा रमणिय मनमोहर सौन्दर्य परिभोग अनुभूति गर्न चाहने एक प्रकारका व्यक्ति भएको देखिन्छ।अजात शत्रुले अहिलेको जस्तो रमणिय शांत रात्रीमा कुन प्रकारका भिक्षु ब्रह्मणहरु को दर्शन गरे वहाँको चित्तसुख शांत छर्लङ्ग हुन सक्ला भनेर सोद्धा आमात्यहरुले वहाँ हरु का नजिकमा भएका छः प्रकारका तित्थियहरु मध्ये वहाँहरु का नाम लाई भनेर बताए। 

राजाको अनुसार परामर्श दिने पुद्गलहरु धेरै जसो सम्मा दृष्टि नभएका लाई याद होस भयो। पुराणकस्सप गुरुले अक्रिया वाद = केहि पनि गर्न नपर्ने भन्ने सम्प्रदायक वादि थिए। झंझट, केहि पनि नगर्ने, नगर्नु भन्ने वादि संग मिल्दछ। 

अजितकेसकम्बल गुरु पनि नत्थिकवाद = केहि पनि छैन भन्ने सम्प्रदायक वादि थिए। मक्खलिगोसाल गुरु चाहिँ अहेतुक = कारण कार्य लाई त्याग्ने सम्प्रदायक वादि थिए। 

पकुध कच्चयन गुरु चाहिँ अकतवाद = अकर्तवादि जस्तै अपरिवर्तनिय केहि पनि गर्न नपर्ने, केहि गर्न पनि नपर्ने केहि बनाउनु पनि नपर्ने सम्प्रदायक वादि थिए। सञ्चय बेलट्ठ गुरु चाहिँ अमरा विक्खेप वाद = जोगिएर घुमाउँदै बाँच्ने सम्प्रदायक वादि थिए। निकण्ठनाटपुत्त गुरु चाहिँ चातुयामसंवरवाद = चार प्रकारका नियंत्रित गरेर रोक्ने तीन प्रकारका कर्म लाई संयम गर्ने जैन सम्प्रदायक वादि थिए। 

अजात शतूरु राजाले आमात्यहरु को यस वृतान्त प्रमर्श प्रस्तुत लाई अस्वीकार गरेर गुरु जीवक लाई प्रश्न गर्दा जीवकको परामर्श अनुसार गौतम बुद्ध भगवान कहाँ जान लाई प्रबन्ध मिलाई दिनु भयो। गुरु जीवक ले महा राजको नजिकमा मा पुरुष अंगरक्षकहरु एक जना पनि नराखि कन स्त्री अंगरक्षकहरु लाई पुरुषहरु को पोशाक लगाउन लगाएर पछि लाग्न लगाउनु भयो। 

हाथि सवारी पाँचसय मा अंगरक्षकहरु बनाएर स्त्री सैनिक पाँच सय लाई पछि लागेर सुरक्षा गर्न लाई हुकुम दिएर भगवानको विहारमा जान प्रबन्ध मिलाई दिनु भयो। 

अजात शत्रु राजा भगवान कहाँ भगवान लाई दर्शन गर्न गएको बेला कार्तिक पूर्णिमाको दिनको जाडो रात थियो। त्यस बेला भगवान ले राजगृह नगरको नजिक जीवक आँम्र (आँपको) बगैचा (उद्यान) मा विहार लिनु भएको थियो। भगवानले लिनु भएको वन विहारमा गएको बेला रात परेको एउटा, घनघोर जंगल वृक्षहरु ले ढाकेको एउटा, त्यस दुई कारणले पछि लागेर आउनेहरु सबैले आगोको राँको बाल्दै समायोजन गरेर जानु पर्ने थियो। त्यस अग्नि को राँको लाई पोराण वाक्य अनुसार रस्ता देखाउने वाला अग्नि अथवा प्रकाश (राँको) म्यानमार मा = တန္ေဆာင္တိုင္ थाई मा = ลอยกระทง भन्ने गरिन्छ। यो पर्व लाई Asia मा धेरै ठाउँ मा बडो धुमधामका साथ दिप जलाएर, अग्निको Balloon उडाउँदै धेरै रहर लाग्दो गरी मनाउने प्रथा धेरै पौराणिक छ।

अजात शत्रु र सुरक्षा धरौती परिषद्हरु कार्तिक महिनाको पूर्णिमाको रातमा राँको बालेर बाटो देखाउने वाला अग्नि अथवा प्रकाश (राँको) को लहर म्यानमार मा = တန္ေဆာင္တိုင္ थाई मा = ลอยกระทง बाल्दै आएको लाई आधार लिएर यो उत्सव पर्व लाई यसैको माध्यम बाट नै मान्ने रटना भएर आयो। अजात शत्रुले भगवान संग बिन्ति चडाएर आफुलाई जान्न इच्छा भएको बिषय बारेमा प्रश्न का  साथ बिन्ति चढाए। 

“महा अतुलनिय भगवान” लोकमा अठ्ठार प्रकारको विद्या आदि गरिएको ले प्रसिद्ध भएको ले जस्तै प्रतक्षमा तत्कालिन उपस्थिति लाभ गर्न सक्ने हुन्छ। तेस्तै गरी भिक्षु धारण गर्नाले प्रतक्षमा तत्कालिन उपस्थिति लाभ गर्न सक्ने हुन्छर भगवान ? छः जना तित्थिय गुरुहरु लाई सोधि सकेको छु। उनिहरु सबैले आफ्नो सम्प्रदाय लाई मात्र बताएर आफ्नो कला अनुसार घुमाउने गर्दछन् भगवान। भनेर “सामञफल” भिक्षु धारण गर्नुको प्रतक्षमा तत्कालिन उपस्थिति लाभ गर्न सक्ने बारेमा प्रश्न राखे।

भगवानको उत्तर लाई सारांश छोट्करीमा व्याख्या गर्ने हो भने, भिक्षु धारण गर्नुको प्रतक्षमा तत्कालिन उपस्थिति लाभ गर्न सक्नेहरु मध्ये- 

१ राजाको जीवन सम्बन्धित राज दण्ड बाट छुट्कार हुने लाभ हुन्छ। 

२ कर उठाउनुको अबिभार बाट छुट्कार हुने लाभ हुन्छ। 

३ पातिमोक्खसंवरसील द्वारा शुद्ध परिपूर्ण अपाय बाट छुट्कार हुने लाभ हुन्छ। 

४ दुश्चरित धर्महरु बाट जोगिएर दुश्चरित दुःख बाट मुक्त भएर चुळसील द्वारा पूर्ण परिशुद्ध हुने लाभ हुन्छ। 

५ रङ्गमञ्च नृत्य उत्सव त्यौहार पर्वहरु आदि, खेल बाजी प्रतियोगिता आदि, नराम्रा शब्द कुराको विविधता आदिहरु बाट जोगिएर त्यस दुःखहरु बाट छुट्कारा पाएर मज्झिमसील द्वारा सम्पन्न हुने लाभ हुन्छ। 

६ नक्षत्र ज्योतिष यात्रा सुमात्रा उपचार गर्दिने आदिहरु बाट जोगिएर आजीवपरिसुद्धिसील द्वारा उचित ठिक महा सील द्वारा सम्पन्न हुने लाभ हुन्छ। 

७ छः प्रकारका ईन्द्रियहरु बाट अकुसल नहुने गरी नियंत्रित गरेर रोक्न सक्ने लाभ हुन्छ। 

८ सति (स्मृति) द्वारा परिपुर्ण हुने लाभ हुन्छ। 

९ सम्पजञ भन्ने राम्रो नराम्रो लाई विवेक गरेर छुट्याउन सक्ने धर्म ज्ञान हुने लाभ हुन्छ। 

११ सन्तोस- आजीविका गर्न सन्तुष्टि हुने लाभ हुन्छ। 

१२ पाँच प्रकारका नीवरण (रोक्ने धर्म) बाट छुट्कारा पाउन सक्ने लाभ हुन्छ। 

१३ आठ पर्कारका विज्जाञाण द्वारा परिपूर्ण भएर मार्ग फल प्राप्त गर्न सक्ने लाभ हुन्छ। माथि उल्लेखनिय लाभ धर्महरु सामञफल भन्ने भिक्षु धारण द्वारा प्रतक्ष रुपमा तत्कालिन उपस्थिति लाभ गर्न सक्ने धर्महरु हुन्।

अजात शत्रु राजाले सामञफल धर्म देशना लाई श्रमण गर्न पाएको हुनाले निद्रा नलाग्ने रोग विल्कुलै हराएर गयो। त्रि रत्न प्रति गम्भिरता संग डुबेर श्रद्धा विश्वास भएर आयो। पृथक पुद्गलहरु मध्ये त्रिरत्न प्रति परिपूर्ण विश्वास गरेर रुचाउँने आदर-सत्कार गर्ने पुद्गल द्वारा एतदग्ग अभिलेख बद्ध भए। धेरै दुःख कष्टकर भएको अवीचि नरकमा पतन हुन नपरि हल्का दुःख भोग भोग गर्नु पर्ने लोहकुम्भी सानो नरकमा पिता लाई हत्या गरेको भोग गर्नु पर्ने भए। पछि आउने अनागत कालमा “विजितावी” नामक द्वारा पच्चेका (प्रत्येक) बुद्ध हुने छन्। 

अजात शत्रु राजाले प्रथम संगायना चडाउँदा दायक द्वारा आफ्नो अभिनेत्रि कर्तव्य लाई निभाएका थिए। भगवानको धातुहरु लाई संकलित सुरक्षा गरेर मठहरु निर्माण गरेका थिए। बुद्ध सासन सम्वत लाई अचूक ठिक तरिकाले विगत कार्य उपयोग अनुमति गर्न पाइएकोमा अजात शत्रु राजाको ठुलो उपकार छ। 

त्यस पश्चात सीरिधम्मासोक (श्रीधर्मासोक) राजाले अजात शत्रु राजाले संकलन जम्मा पारेर राखेका धातु हरु लाई खोजि गरेर ८४,००० चैत्यहरु निर्माण गरी पुजा गरेर सासन गरेका हुनाले पछि आउने बुद्ध धार्मिकहरु लाई पनि सरलता संग दर्शन गर्ने मौका मिल्यो। 

अनुवाद – बिष्णु धनञ्जय






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

ताप्लेजुङ हेलिकप्टर दुर्घटना: ‘मौसम खराबसँगै हतारो’

ताप्लेजुङ - करिब १२ हजार फिट अग्लो स्थानमा रहेको ताप्लेजुङको पाथीभराको मौसम बुधबार बिग्रिरहेको थियो । छिनछिनमा... बाँकी यता

tamang online / February 28, 2019

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution