हेडलाईन

पशुपतिनाथलाई भगवान् बुद्धकारुपमा पुजियो         तामाङ घेदुङको ६३ बर्ष : एक समीक्षा         नेपाल कुवेत सरोकार समाजको दोश्रो अधिवेशनबाट अध्यक्षमा राम तामाङ निर्वाचित         सिड्नीमा सोनाम ल्होछार २८५५ भव्यताका साथ सम्पन्न         बहुप्रतिभाका धनि ‘ बिजय तामाङ धड्कन “         सत्ता र शक्तिको आडमा कमलपोखरीमा छाया कम्प्लेक्स         इजरायलमा राजदुत शाक्यलाई भव्य स्वागतको तयारी हुँदै         गोरु काटेको आरोपमा तामाङको बाबु-छोरा पक्राउ         अमेरिकामा बुद्ध पुर्णिमालाई अन्तराष्टिय ध्यान दिवसको रुपमा मनाउने घोषणा         शिवम् सिमेन्टको आईपीओ विक्री खुल्यो, कति कित्तासम्म भर्न पाइन्छ ?         टोकियोमा सोनाम ल्होछार २८५५ भव्य रुपमा सम्पन्न         बद्री पङ्गेनी अध्यक्ष रहेको संस्थाद्वारा पशुपति शर्माको गीत पुनःयूट्युबमा राख्न आग्रह         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन्न         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४२ औं स्मृति दिवस सम्पन         युट्युवबाट आफैंले हटाएको पशुपति शर्माको गीतमा के छ त्यस्तो ? (पूर्णपाठसहित)        

हाम्रो पुस्ता नै बन्दुक बोक्ने अन्तिम पुस्ता हो : अध्यक्ष रञ्जित तामाङ

झापा । अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले अब कुनै पनि नेपालीका छोराछोरीहरुले बन्दुक बोक्नु नपर्ने बताएका छन् । तामाङले आफ्नो पुस्ता नै बन्दुक बोक्ने अन्तिम पुस्ता भएको दाबी गरेका छन् ।

तामाङले मुलुकमा २४० वर्षदेखि सामन्तवादले जकडिएको सत्ताको तखता पल्टाउन हिजो बन्दुक बोक्न बाध्य भएपनि अब त्यो स्थिति नरहेको बताए ।

बिहीबार गृहजिल्ला झापाको गौरादह नगरपालिकामा अनेरास्ववियु र अखिल (क्रान्तिकारी) द्वारा संयुक्त रुपमा आयोजित सहिद स्मृति सभालाई सम्बोधन गर्दै तामाङले सो धारणा राखेका हुन् ।

अबको लडाइँ विकास र समृद्धिका लागि हुने बताउँदै तामाङले भने, ‘हाम्रो पुस्ता नै बन्दुक बोक्ने अन्तिम पुस्ता हो। अबको नयाँ पुस्ताले फेरि बन्दुक बोक्नु पर्दैन ।’

नयाँ संविधानले नै जनताको सबै आकांक्षा पूरा गर्ने बाटो खोलेकाले अब कसैले हतियार उठाउनु नपर्ने तामाङले जिकिर गरे।

अखिल (क्रान्तिकारी)का तत्कालीन झापा जिल्ला अध्यक्ष रमेश सुवेदी र उपाध्यक्ष विष्णु प्रधानको विक्रम संवत् २०६१ साल मंसिर ३ गते हत्या भएको थियो। सोही दिनको स्मरणमा अखिल क्रान्तिकारी झापाले सहिद स्मृति सभा आयोजना गरेको हाे । सुवेदी र प्रधानको सम्झना र सम्मानमा रक्तदान तथा श्रद्धाञ्जली कार्यक्रम राखिएको क्रान्तिकारीका झापा अध्यक्ष अनिल सुवेदीले बताए। अनलाइनखबर |

६ मंसिर २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपति भण्डारीद्वारा कुलमान घिसिङलाई अर्थ–उद्यम तर्फ कान्तिपुर आइकन प्रदान

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा... बाँकी यता

tamang online / February 18, 2019

विदेशबाट फर्कनेलाई विमानस्थलमा कडाइ गर्न लागेपछि रेखा थापा आक्रोसित

काठमाडौं । सरकार पछिल्लो समय विदेशबाट हवाइ यात्रुले ल्याउने सामानमा कडाइ गर्न एक्सनमा उत्रेको छ । धेरै समय... बाँकी यता

tamang online / February 7, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2019: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution