सानिमाको ‘थ्री इन वान खाता’, सेयर कारोबार घरैबाट गर्न सकिने
काठमाडौं : सानिमा बैंकले अनलाइनबाटै सेयर कारोबारको राफसाफ गर्न मिल्ने गरी नयाँ ‘थ्री इन वान खाता’ योजना ल्याएको छ । यो खातामार्फत संसारको कुनैपनि स्थानबाट सेयर कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
यस्तै, बैंक तथा डिम्याट खाताको राफसाफ गर्न पनि कतै धाउनु नपर्ने बैंकको दाबी छ । सेयरको राफसाफ लगानीकर्ता आफैले घरैबाट गर्न सक्नेछन् ।