विश्वको सबैभन्दा धेरै घुमिने मन्दिरको रुपमा लुम्बिनी वर्ल्ड बुक अफ रेकर्डमा सूचीकृत
काठमाडौं – वर्ल्ड बुक अफ रेकर्डले नेपालको पशुपतिनाथ र लुम्बिनीलाई सूचीकृत गरेको छ । पशुपतिनाथलाई सबैभन्दा पुरानो पौराणिक मन्दिरको रुपमा सूचीकृत गरेको छ भने लुम्बिनीलाई विश्वकै सबैभन्दा बढी घुमिने मन्दिरको रुपमा सूचीकृत गरेको हो ।
यस्तै होजल द्धारीकाजलाई पनि वल्र्ड बुक अफ रेकर्डले सम्मान गरेको छ । यस होटललाई वल्र्ड स्टाण्डराइज प्रमाणपत्रबाट सम्मान गरेको हो ।
यता लामो समयदेखि निर्माण र बैंकिङ क्षेत्रमा योगदान पुर्याउँदै आएका हिमालयन बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठलाई नेशनल एक्सलेन्स अवार्ड २०१८ बाट सम्मान गरेको छ ।
उनले हिमालयन बैंकको अध्यक्षता आफ्नो भाइ प्रचण्डबाबु श्रेष्ठलाई सुम्पने उद्घोष पनि गरेका छन् ।आइतबार एक कार्यक्रमका बीच व्लर्ड बुक अफ रेकर्डले सम्मान गरेको हो ।
कार्यक्रममा पर्यटनमन्त्री रबिन्द्र अधिकारी, भारतीय जनता पार्टीका बरिष्ठ नेता कलराज मिश्र, द्धारिका होटलकी अध्यक्ष अम्बिका श्रेष्ठ लगायतको उपस्थिति थियो ।
विश्व रेकर्डका लागि सर्टिफाइ गर्ने संस्था वल्र्ड बुक अफ रेकर्ड हो ।
यसले व्यक्ति, ठाउँ, मन्दिर, संघसंस्था, आर्थिक तथा सामाजिक रुपमा टेवा पुर्याउने मठ मन्दिर लगायतलाई सर्टिफाई गर्दै आएको हो । वल्र्ड बुक अफ रेकर्ड इङ्ल्याण्डको संस्था हो ।
२६ कार्तिक २०७५