हेडलाईन

जातीय बहुलवादबीचको एकता नै नेपालीको सुन्दर पक्ष : मन्त्री पण्डित         लोपोन्मुख कुसुन्डा जातिलाई भत्ताको खुसी         इजरायलबाट अत्याधुनिक प्रविधि भित्र्याउन प्रयास गर्नेछु : प्रस्तावित राजदूत डा. अन्जान शाक्य         ‘दि भ्वाइस अफ नेपाल’का उत्कृष्ठ ४ फाइनलिष्ट घोषणा         प्रस्तावित राजदूतको नाम संसदीय समितिबाट अनुमोदन         इजरायलबाट कामदारको माग नआएपछि छनोट भएका ४१ जना अलपत्र         राजदूत शेर्पामाथि लागेको मानव तस्करीको आरोपबारे छानबिन गर्न समिति गठन         मातृभाषामा शिक्षा: नीतिमा छ, कार्यान्वयनमा छैन         मेक्सीकोकी भनिसा पोन्स बनिन् मिस वर्ल्ड २०१८         नायिका आशिका तामाङको जीवन : उनलाई त्यस्तो मन पर्दैनथ्यो, सम्बन्ध टुट्यो         बौद्ध दर्शनमा आकर्षण : गति लिँदै लुम्बिनी बौद्ध विश्वविद्यालय         मिस वर्ल्डमा श्रृंखला खतिवडाको बलियो दाबेदारी,लाइभ कसरी हेर्ने ?         मिस नेपाल श्रृंखला खतिवडाको बलियो दाबेदारी         मनमोहन अधिकारीले नयाँसडकमा एक्लै नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद भन्दै नारा लगाउदा…         मिस वर्ल्ड प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा हुँदै, शृङ्खला खतिवडाले के गर्लिन ?        

म्हपूजाको महत्व : ‘थःतः थःम्ह म्हमसिया अति दुःख सिल रे !

‘थःतः थःम्ह म्हमसिया अति दुःख सिल रे,’ नेवारी भाषाको प्रचलित गीत गाएपछि संस्कृतिविद् सत्यमोहन जोशीले नेपालीमा अथ्र्याए, ‘आफूले आफैंलाई नचिनेर अति दुःख पाइयो रे ।’ म्हपूजाको पृष्ठभूमि सोध्नासाथ संस्कृतिविद् जोशीले उल्लिखित नेवारी गीत सुनाए ।

‘त्यतिबेला काठमाडौं उपत्यकालाई नेपाल मण्डल भनिन्थ्यो । वस्ती विस्तार हुनुपहिले यहाँ विशाल ताल थियो । बिस्तारै बस्ती विस्तार बस्यो । बागमतीकिनार वारिपारि बस्ती सुरु भयो,’ उनले सुनाए, ‘बस्ती विस्तारपछि खेतीपाती सुरु गरियो ।

ओडारमा बस्ने मानिस सभ्य हुँदै गए । यस्तो कुरा सुनाउँदा काल्पनिक लाग्न सक्छ । कृषियुग सुरु भएपछि मानिसलाई खान पुग्यो । लगाउन पुग्यो । ओत लाग्ने ठाउँ पनि भयो । तैपनि मानिसलाई त्यतिले चित्त बुझेन ।’

अनि ?

मानिस चिन्तनशील प्राणी हो । ‘सूर्य सधैं पूर्वबाट उदाउँछ । पश्चिमबाट अस्ताउँछ । दिन हुन्छ । रात हुन्छ,’ उनले थपे, ‘मानिसलाई कौतूहल भयो । मानवजीवन भनेको खानु, लगाउनु, बाँच्नुमात्रै होइन रहेछ । मानिसमा चिन्तन गर्ने तत्व ज्ञान पनि रहेछ भन्ने उसले थाहा पायो । उसले म बोल्दा भित्रबाट आउने बोली कसरी आएको होला ? त्यो बोली मभित्र कहाँ होला ? भनेर सोच–विचार गर्न थाल्यो ।’

मौसम परिवर्तन हुनु, पानी पर्नु, इन्द्रधनुष लाग्नु र सपना देख्नुलाई पनि उसले अनौठो मान्न थाल्यो । त्यसले उसलाई अचम्मित पार्यो । तर, त्योभन्दा बढी मभित्रबाट आउने बोली भनेको कुन तत्व होला भनेर चिन्तन गर्न थाल्यो । ‘त्यसबारे जान्न खोज्दा उसले विचार गर्यो,’ उनले प्रस््याए, त्यतिबेला उनले थःतः थःम्ह म्हमसिया अति दुःख सिल रे गीत गायो ।’

‘उसले आफूले आफैंलाई चिन्न सकेन । आफूले आफैंलाई चिन्नका लागि शरीरको प्रतिछायाँ बनाई मण्डल बनायो,’ उनले जोडे, ‘त्यही मण्डलमा फक्रन लागेको कमलको प्रतिक बनाए । ऊभित्रको बोल्ने तत्वको प्रतिनिधित्व गराउने चिउँडोदेखि निधारसम्म लम्बाइको बत्तीको प्रतिक बनाए ।’

त्यसपछि ?

‘त्यसपछि,’ उनले भने, ‘म्हपूजा गरे । पूजा गरिन्जेल त्यो बत्ती निभाउनुहुँदैन । पूजा सकेपछि बलिरहेको बत्ती पूजामा बसेकालाई ढोगाइन्छ । त्यसपछि पूजामा बसेकाको मण्डलअघि राखिन्छ ।’ म्हपूजा सामूहिक रूपमा गरिन्छ । सम्बन्धित परिवारमा रहेका सबैको एकैपटक पूजा गरिन्छ । पास्नी गरेकादेखि परिवारका सबैको पूजा गरिन्छ ।

पूजा गर्दा ब्राह्मण चाहिँदैन । सम्बन्धित परिवारका घरमुली महिलाले पूजा गर्छन् । ‘म्हपूजा मातृसत्ताप्रधान हो । उनीहरूकै तजबिजमा पूजा गरिन्छ,’ संस्कृतिविद् सत्यमोहन जोशीले बताए, ‘घरमुलीमा पनि मर्यादाक्रम हुन्छ । उमेरले पाको घरमुली भए पनि ऊ माथि बस्न पाउँदैन । उमेरले ऊ भतिजा होलान् । मर्यादाले ऊ काका पनि हुन सक्छ ।’

म्हपूजा गर्दा मन्त्रोच्चारण गरिँदैन । म्हपूजामा मण्डललाई पूजा गरिन्छ । पूजा सकिएपछि घरमुलीलाई एकजनाले ढोगे पुग्छ । ‘पूजामा डोरो पनि बाँधिदिने गरिन्छ । डोरो बाँध्नुको पनि अर्थ छ,’ जोशीको कथन छ, ‘त्यतिबेला भूतप्रेतले दुःख दिन्थे । त्यसबाट बच्न डोरो बाँधिदिने गरिन्थ्यो । त्यसले आज पनि निरन्तरता पाएको छ ।’

म्हपूजा गर्दा ओखर, बिमिरो र कटुस अनिवार्य चाहिन्छ । त्यसबाहेक मौसमअनुसारको फलफूल राखिन्छ । ओखर मजबुत, कटुस ऐश्वर्य र मखमली कहिल्यै नओइलाउने फूल भएकाले पूजामा अनिवार्य मानिएको बताइन्छ ।

पूजा सकिएपछि हाँस र कुखुराको अन्डा सगुनस्वरूप खुवाइन्छ । सगुन दिँदा तिम्रो स्वास्थ्य राम्रो होस् । चिताएको पूरा होस् भनेर घरमुलीले आशिर्वाद दिने गर्छन् । ‘स्वास्थ्यमात्रै राम्रो भएर हुँदैन शरीरभित्रका तत्व (आत्म) राम्रो हुनुपर्छ भन्ने म्हपूजाको अभीष्ट हो । त्यही भएर आत्मपूजा गरिएको हो । शरीरभित्रको तत्व जान्ने, थाहा पाउने तत्व पत्ता लगाउन मण्डलमा आत्मको प्रतिक बनाएर त्यसको प्रतिनिधित्व गरी म्हपूजा थालिएको जोशीले बताए ।

‘म्हपूजा खर्चिलो छ,’ उनले गर्व गरे, ‘तर, म्हपूजा हिंसारहित हुन्छ । ऋतु परिवर्तनको प्रतिक पनि हो म्हपूजा ।’ नेवार समुदायले देउसी–भैलो खेल्दैनन् । त्यसको साटो ऋतुपरक लोकगीत गाउँछन् । तिहारमा धनाश्री गाउँछन् । धनाश्री गायो भने तिहार आएको संकेत गर्छ । सम्बन्धित परिवारका जोकोही परदेशमा भए पनि म्हपूजामा उनीहरूको मण्डल बनाएर पूजा गर्ने गरिन्छ ।

दीपेन्द्र राई / रातोपाटी

***
देशको नामबाट संवतको नाम राखिनु गौरवको विषय हो : महासचिव वैद्य

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले नेपाल संवत् ११३९ को अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेको छ ।

उक्त पार्टीका महासचिव मोहन वैद्यले आज एक शुभकामना सन्देश जारी गरी देशको नामबाट संवतको नाम राखिनु अत्यन्तै गौरवको विषय भएको बताए । नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाःबाट उठाइएको राष्ट्रिय स्वाभिमान, राष्ट्रिय पहिचान र उत्पीडित वर्ग, जाति तथा समुदायको मुक्ति अभियान पूरा गर्नेतर्फ सबै लाग्नुपर्नेमा वैद्यले जोड दिएका छन् ।

शुभकामना सन्देशमा उनले सबै उत्पीडित समुदाय र श्रमजीवी वर्गको स्वतन्त्रता, मुक्ति र देशको सर्वभौमिकताको अभियान अझै सशक्त रुपमा अगाडि बढाउनका लागि जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

रासस

****
आज नेपाल सम्बत ११३९, गरिब नागरिकको ऋणमोचन गरिदिने शङ्खधर साख्वाकाे सम्झना

आज नेपाल सम्बत ११३९, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । राष्टिय विभूति शङ्खधर साख्वाले ९३७ सालमा गरिब नागरिकको ऋणमोचन गरी नेपाल सम्बतको शुरुवात गराउनुभएको थियो । नेपाल सम्बतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्बतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डाक्टर त्रिरत्न मानन्धरले बताउनुभयोे ।

नेपाल सम्बतलाई काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका ठाउँमा नयाँ वर्षका रूपमा मनाउने गरिन्छ ।

यसैबीच नेवा मंक खलःका संस्थापक पद्यमरत्न तुलाधरको निधनका कारण काठमाडौंमा नेपाल सम्बतका अवसरमा आयोजना गरिने सबै औपचारिक कार्यक्रम स्थगित गरिएको छ ।

भक्तपुरको थिमीमा रहेको राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले भने नेपाल सम्बतको अवसरमा प्रत्येक वर्ष गर्दै भएको कायर्कमलाई निरन्तरता दिने भएको छ ।

आजै नेवार समुदायमा म्हः अर्थात आत्मा पूजा पनि गरिन्छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरुले आफ्नो आत्म अर्थात म्ह पूजा पर्व मनाउने गर्दछन् ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्मा पूजा गरी आत्मसन्तुष्ट बन्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन सार्थक हुने विश्वास गरिन्छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतले तिहार तथा नेपाल सम्बतको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उज्यालो |

पत्रपत्रिकाबाट 

२२ कार्तिक २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

पहिलो डेटमा कसले बिल तिर्ने, पुरुष वा महिला ?

जब मैले डेटिङ गर्न सुरु गरेँ तब मेरी आमाले मलाई खानपिन कहिले पनि निःशुल्क हुँदैन भन्ने गर्नु गर्थिन् ।उनले... बाँकी यता

tamang online / December 2, 2018

सर्पको सेक्स गर्ने तरिका बुझेपछि अचम्ममा पर्नुहुनेछ तपाईं !

बीबीसी सेक्स संसारको सबैभन्दा जटिल मसला हो । प्रकृतिले यसलाई यति जटिल बनाएको छ जसबारे जति अनुसन्धान गर्यो... बाँकी यता

tamang online / November 25, 2018

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2018: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution